Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

पोखरा,२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतले पक्राउ पूर्जी जारी गरेपछि पोखरामा पार्टीको आकस्मिक बैठक बसेको छ। शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक बसेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति माग गरेको थियो।जसमा जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ। बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने रास्वपाका नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ । अदालतको अनुमति पश्चात प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ…

Read More

भैरहवा,२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले सरकार र सत्तारुढ दलका नेताहरुकोचर्को आलोचना गरेका छन् । पक्राउ पूर्जी जारी भएको विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशित भएसँगै लामिछानेले फेसबुक स्ट्याट्स लेख्दै सरकार र सत्तारुढ दलका नेताहरुको चर्को आलोचना गरेका हुन् । ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले प्रधानमन्त्री केपी ओलीतर्फ ईंगित गर्दै प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ?’ पूर्व उपप्रधान एंव गृहमन्त्री समेत रहेका लामिछानेले पक्राउ पूर्जी जारी गराएर भाटभटेनीको इस्यू पनि मोड्न पाईने बताएका छन्। हेर्नुहोस् रवि लामिछानेको स्ट्याट्स:

Read More

भैरहवा,२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति माग गरेको थियो। जसमा शुक्रबार अदालतले पक्राउ गर्नका लागि अनुमति दिएको प्रहरीले जनाएको छ। जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । अदालतको अनुमति पश्चात प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारी छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सूर्यदर्शनको रकम अपचलन…

Read More

काठमाडौं,२ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलहरुको बैठकमा लोसपा नेपालका अध्यक्ष एवं सत्ता गठबन्धनका नेता महन्थ ठाकुरको सहभागिताले तरंग उत्पन्न भएपछि लोसपाले अध्यक्षलाई झुक्याएर बोलाएको दावी गरेको छ। लोसपा नेपालका महासचिव मनिष मिश्रले अध्यक्ष ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएका कारण गएको बताए । ‘पार्टी सरकारमा छ । विपक्षी दलको बैठकमा जाने कुरा भएन ‘ उनले भने, माओवादी अध्यक्ष प्रचण्डले समसामयिक विषयमा छलफल गर्नुपरेकोले भनेर बोलाएपछि अध्यक्षज्यू जानु भएको हो। त्यहाँ पुग्दा विपक्षी दलका नेताहरु रहेछन् जसलाई विपक्षी दलहरूको बैठक भनी प्रचार गरियो ।’ उनले अध्यक्ष ठाकुर बैठकमा सहभागी भएपछि कुरा सुनेर मात्र फर्किएको…

Read More

भैरहवा,२ कार्तिक। नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएको ८ महिनामै एसपी नवराज कार्कीको जिम्मेवारी खोसेर प्रहरी हेडक्वार्टर तानेको छ। उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार कार्कीलाई मोरङबाट प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। कार्कीलाई हेडक्वार्टर तानेर अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ।

Read More

काठमाडौ,२ कार्तिक। सरकारमा सहभागी भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनबीच तरंग पैदा भएको छ। विपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा महन्थ ठाकुर सहभागी भएपछि सत्ता गठबन्धनबीच तरंग पैदा भएको हो । लोसपाबाट शरदसिंह भण्डारी श्रम मन्त्री छन्। विपक्षी दलहरुको बैठकमा ठाकुरको सहभागितालाई अर्थपूर्ण रुपमा हेरिएको छ। महन्थको सहभागिताले सत्ता गठबन्धनमा असर नपर्ने भएपनि महन्थ सत्ता गठबन्धनबाट असुन्तष्ट रहेको देखिएको छ।

Read More

भैरहवा,२कार्तिक। जिल्ला प्रहरी परिसर भक्तपुरले स्रोत नखुलेको नगद ८ लाख ५० हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुलका ३७ वर्षीय शशीकान्त चौलागाई रहेको प्रहरीले जनाएको छ। प्रहरीलाई उनलाई रकमसहित विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामग्रीहरुसहित मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट पक्राउ गरेको हो। पक्राउ परेका चौलागाई उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Read More

भैरहवा,२कार्तिक। नेपालको स्थानीय बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार सुन प्रतितोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रवार सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो। सुनसँगै चाँदीको मूल्य बढेको छ। बिहीवार १९५० रुपैयाँमा खरिदबिक्री भएको चाँदी शुक्रवार बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

भैरहवा, २ कार्तिक । सरकारले शुक्रबार (आज) र शनिबार (भोलि) ५ वर्षका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेका छ। रोहिणी गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीका अनुसार पालिकामा भिटामिन ए कार्यक्रममार्फत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम संचालनमा छ। दुईदिने अभियानमा रोहिणी गाउँपालिकाका करिब ४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चौधरीले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमका लागि रोहिणी गाउँपालिका अन्तर्गत ७ वटा वडामा ९८ जना महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । ‘प्रत्येक ६–६ महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र…

Read More

भैरहवा, १ कार्तिक । मारवाडी सेवा संघ भैरहवाले काठमाडौंको पशपुति गौशाला धर्मशालामा गैरकानूनी हस्तक्षेप भएकोले मुद्दा किनारा नलागेसम्म हस्तक्षेप रोक्न माग गरेको छ । संघले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै हस्तक्षेप रोक्न आवश्यक सहयोग गरिदिन आग्रह गरेको हो । मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालाको प्रांगणमा असोज २३ गते भएको घटनाले मारवाडी समाजको इतिहासमै अत्यन्तै भयभित एवं कहालीलाग्दो घटना भएको मारवाडी सेवा संघ भैरहवा, रुपन्देहीका उपाध्यक्ष अरुण कुमार अग्रवालले बताए । उनले भने, ‘यो घटनाले हाम्रो सम्पूर्ण समाज डर त्रासको भयले अत्यन्तै चिन्तित छ । घटनापश्चात हाम्रा समाजका व्यक्तिहरुलाई निजी धनसम्पत्ति…

Read More