Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,१३ असोज। अविरल वर्षाका कारण आएको बाढी, पहिरोमा परेर मृत्यु हुनेको संख्या १०४ पुगेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले आइतबार बिहान ९ बजेसम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । हालसम्म ३ हजार ३९ जना बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाले लामो यात्रामा निस्किनुभन्दा अघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९, हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Read More

भैरहवा, १२असोज। निरन्तर वर्षाको आएको बाढी, पहिरो र चट्याङका कारण देशभर मृत्यु हुनेको संख्या ६६ पुगेको नेपाल प्रहरीले जनाएको छ । यस्तै ६९ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीले साँझ साढे ७ बजेसम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेर ६० जना घाइते भएका छन् । त्यस्तै तीन हजार भन्दा बढी नागरिकको उद्दार गरिएको प्रहरीले जनाएको छ। वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले गर्दा सडक अवरुद्ध रहेकोले लामो यात्रामा निस्किनुअघि प्रहरी कार्यालयमा सम्पर्क गर्नका लागि प्रहरीले अनुरोध गरेको छ।

Read More

भैरहवा,१२ असोज। सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। वर्षाका कारण परीक्षाहरू हाललाई स्थगित गर्ने, तत्काल अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्ने निर्णय समेत बैठकले गरेको उनले बताए। बैठकले अवरुद्ध भएका विद्युत, खानेपानी टेलिफोनको सूचारुका लागि पहल गर्न…

Read More

हृदयराम गुप्ता भैरहवा, १२ असोज । रुपन्देहीमा चालक र सहचालकसहित ढुध ढुवानी गर्ने गाडी खोलाले बगाएको आशंकामा खोजतलास सुरु गरिएको छ। भे १ च २६७६ नम्बरको गाडीका चालक र सहचालकले भैरहवा, बुटवल लगायत क्षेत्रमा दुध पुर्याउनका लागि सम्मरीमाई गाउँपालिका-५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट एकाबिहानै दुध लिएर निस्किएका थिए। बिहानै निस्किएको गाडी हालसम्म पनि गन्तव्यमा नपुगेकोले खोजतलास भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । मर्चवारबाट उक्त गाडी मार्फत दैनिक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडीको बाटो हुँदै दुध ढुवानी हुने रुट थियो । र, शनिवार पनि सोही बाटो प्रयोग गरिएको आशंका रहेका प्रजिअ अर्यालले बताए । उनले…

Read More

भैरहवा,१२ असोज । निरन्तर भइरहेको वर्षाले आएको बाढी, पहिरो र चट्याङका कारण देशभर ६२ जनाको मृत्यु र ४३ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार विपद्मा ३६ जना घाइते भएका छन् १ हजार ४ सय ५६ जनाको उद्दार गरिएको छ । त्यस्तै कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको बताइएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार अविरल वर्षा शनिवार साँझ देखि विस्तारै कम हुँदै जाने अनुमान गरिएको छ। ‘साँझदेखि वर्ष केही कम हुने भएपनि रोकिने भने होइन, भोलिसम्म…

Read More

भैरहवा,१२असोज। निरन्तर वर्षाका कारण लुम्बिनी प्रदेशका साथै मुलुकको विभिन्न क्षेत्रमा विपद् निम्तिएको छ। ठाउँ ठाउँमा पहिरो खसेको छ। सडकखण्डहरु अवरुद्ध भएका छन् । नदीमा मानिस बेपत्ता हुने देखि लिएर वर्षातको विपद्का कारण मृत्यु समेत भएको छ। विपद्‌बारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले बैठक डाँकेका छन्। यस्तै लुम्बिनी प्रदेशका पनि पहिरोले विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन्। जिल्ला प्रहरीले कार्यालय गुल्मी डीएसपी शंकर पोखरलेका अनुसार पहिरो खस्दा गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ । तम्घास‐रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-११ को उर्लेनी, गुल्मीदरबार गाउँपालिका-४ अन्तर्गत विरबास र छत्रकोट गाउँपालिका-३ अन्तर्गत लुम्छामा पनि सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। अर्घाखाँचीको…

Read More

काठमाडौं,१२असोज। निरन्तर वर्षाका कारण नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालयमा डुबानमा परेको छ। मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो। साथै, एन्फा खेल मैदानसमेत डुबानमा परेको छ। मनोहरा नदीमा आएको बाढी वरपरका घरहरू पनि डुबानमा परेका छन्।भारी वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव अत्यधिक बढेको छ।

Read More

चितवन,१२असोज। निरन्तर वर्षाको कारण नारायणघाट-मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेको छ । जसकारण कारण सडक अवरुद्ध भएको छ। सवारीसाधनको आवगमन रोकिन पुगेको छ। पहिरो खसेर नौ किलोमा सडक दुई फिट भासिएको छ । सडक भासिदा जुगेडीबाट मुग्लिनतर्फ जाँदै गरेको प्र ३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । त्यस्तै पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेको छ । दुई वटा स्काभेटरले पन्छाउन थालेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

Read More

धनकुटा,१२असोज। पहिरोले घर पुरिदा पाख्रिवास नगरपालिका-५ गुरासे देवीथानमा आमाछोरीको मृत्यु भएको छ । मुत्यु हुनेमा ५० बर्षिय रामकुमारी तामाङ र ३५ वर्षिय आशा तामाङ छन् । रामकुमारी आमा र आशा छोरी हुन् । बिहान करिब साढे तीन बजे ढुंगा माटो र काठपातले वनेको एक तले घरमा माथिबाट पहिरो खस्ने क्रममा उक्त घरभित्रमा राखेको सामान निकाल्न जाँदा आमाछोरीको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमाका पौसटमार्टनका लागि जिल्ला अस्पताल धनकुटामा ल्याएको छ । त्यसैगरी अविरल रुपमा परिरहेको वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुगेको प्रहरीले जनाएको छ । छथरजोरपाटी गाउँपालिका-६ सिँधुवामा पहिराले गाइवस्तु राख्ने गोठ पुरिँदा दर्जनभन्दा वढी पशुचौपाय पुरिएको…

Read More

भैरहवा, १२ असोज। लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाडौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परीक्षाहरु चल्नेछन् । चीनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ । सिकाई केन्द्रको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । एचएसके सेन्टरको बोर्ड अनावरण गरेर मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्वविद्यालयको बीचमा चिनियाँ भाषा सिकाई केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई…

Read More