Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,७असोज। नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दर्जाका अधिकृतहरुको सरुवाको गृहकार्य थालिएको छ ।एक वर्ष अवधि पुगेको र कार्यक्षमता कमजोर देखिएका एसपीहरुको सरुवाको गृहकार्य थालिएको हो। कपिलवस्तु, दाङ, बाँके, कास्की, सुनसरी, सप्तरी, मकवानपुर, पूर्वीनवलपरासी लगायत जिल्लाका एसपीहरुको अवधि पुगिसकेको छ भने धनुषा, सर्लाही, बारा, सिरहा लगायत जिल्लाका एसपीहरुको कमाण्ड कन्ट्रोल प्रभावकारी र आर्थिक पारदर्शीता नदेखिएकोले उनीहरुको पनि सरुवा गर्न गृहकार्य थालिएको छ। दस जिल्लाका लागि २५ भन्दा बढी एसपीको दौडधूप भइरहेको छ। एसपीहरु ढकेन्द्र खतिवडा, कोमल शाह, अर्जुन तिमल्सिना, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे आर्कषक जिल्लामा जानका लागि दौडधुपमा लागेको बुझिएको…

Read More

भैरहवा,६असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको आरोपमा प्रहरी आइतबार प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित उनको निवासबाट पक्राउ गरेको थियो।साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

Read More

काठमाडौं,६असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई पक्राउ गरिए त्यसको प्रतिवादमा उत्रने चेतावनी दिएका छन्। गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि पार्टीको केन्द्रीय कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले भने-‘बचत फिर्ता गराउनेमा ध्यान छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ। जुन हामी हुनै दिदैनौ। कुनै हालतमा हुन दिदैनौ।’ उनले आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका छन्। ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु…

Read More

भैरहवा,६असोज। प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा अदालतले पक्राउ गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले बताए। प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीको टोली भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको निवासमा पुग्दा घरको गेट एक घण्टासम्म पनि नखोलिएपछि प्रहरी भर्‍याङ लगाएर कम्पाउन्डबाट घरमा प्रवेश गरेको थियो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

Read More

भैरहवा,६असोज। रुपन्देही प्रहरीले जबरजस्ती करणीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। जसमध्ये चार जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टका अनुसार पक्राउ पर्नेमा भारत महाराजगञ्जका ३७ वर्षीय अफरोज समी, २७ वर्षीय सालु खान, ३१ वर्षीय अत्तर खान र गोरखपुरका २७ वर्षी बब्लु खान, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षिय साहरुख तेली र २५ वर्षिय अकबर खान रहेका छन् । पक्राउ परेका युवाहरुले गत असोज ३ गते जबरजस्ती करणी गरेको पीडित युवतीको आरोप छ। जाहेरी अनुसार युवकहरुलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी…

Read More

दाङ,६असोज। लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुका लागि १४ बुँदे निर्देशन जारी गरेको छ। आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरे भएलग्त्तै कर्मचारीहरुका लागि निर्देशन जारी भएको हो। ‘सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकले गुनासो गर्ने र त्यसलाई सम्बोधन गर्ने गरी योजना बनेको छ’मुख्यमन्त्री चेतनारायण आचार्यले भने,‘बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्बोधन नगर्ने जस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न निर्देशन जारी गरेका हौं ।’ लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिथा…

Read More

कपिलवस्तु,६असोज। कपिलवस्तु प्रहरीले गोली लोड गरेर राखिएको पेस्तोल सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बस्ती जिल्ला गौतमपिपराका ३५ वर्षीय प्रितम कुमार र उत्तर प्रदेशको देबापार हरनखाका २२ वर्षीय सुरज द्विवेदी रहेको प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिकाको सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको अवस्थामा उनीहरुलाई एक थान पेस्तोल र पाँच थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार चेकजाँचका क्रममा पक्राउ परेका द्विवेदीले कम्मर पछाडी लुकाएर राखेको गोली लोडेड सहित मेड ईन कानपुर लेखेको पेस्तोल बरामद भएको हो। त्यस्तै, उनीहरुको साथबाट फेरामाईन ईन्जेक्सन ३…

Read More

दाङ,५असोज। वन्यजन्तुहरुको बासस्थान मासिदैँ जान थालेको छ । जसकारण पछिल्लो समय मानव र वन्यजन्तु द्वन्द्वका घट्नाहरु बढ्दै गएका छन् । बासस्थानको अभावमा उनीहरु मानव बस्तीमा पस्न थालेका छन्। बासस्थानमा रहेर आफ्नो आहाराको सहाराले जीवनयापन गर्दै आएका वन्यजन्तुहरुको बासस्थान मासिँदै गएपछि वासस्थान र आहाराको खोजीमा उनीहरु मानववस्तीमा पस्न थालेपछि दुवै असुरक्षित भएका छन् । दुवै असुरक्षित भएपछि लुम्बिनी प्रदेश सरकारले मानव र वन्यजन्तुबीचको द्धन्द्धको न्यूनिकारणका लागि योजना बनाएर अघि बढेको छ। योजना अनुसार वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका कार्यहरु गरिएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव…

Read More

भैरहवा,५असोज । विश्वमा शान्तिको कामना गर्दै शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय मेगा शुन्य रिट्रिट कार्यक्रम गरिएको छ। शुन्यती अन्तर्राष्ट्रिय फाउण्डेशन (एसआईएफ) को आयोजनामा शनिवार लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा भएको मेगा शुन्य रिट्रिटमा समता विपाशना ध्यान पद्धतीको माध्यमबाट सुख र शान्तीको अनुभूति गराउन र गौतमबुद्धको शिक्षालाई विश्वमा फैलाउने र विश्वमा शान्तिको कामना गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको हो । फाउण्डेशनका निर्देशक डा.राजेश सवेराले शान्तिका अग्रदुत गौतमबुद्धलाई गुरु मानेको बताउँदै ध्यान मार्ग नै शान्तिको मार्ग रहेको बताए। ‘जसले हामीलाई ज्ञान नै तपाईको दुखहरुको मुक्तिको मार्ग हो सिकाउनु भयो । ज्ञानको लागि ध्यान पद्दतीको पनि उहाँले विकास गर्नुभयो ।…

Read More

भैरहवा,४असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा १५ सयले बढेपछि प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More