


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,३०असोज। रुपन्देहीको भैरहवा चारवटा टेष्ट राष्ट्रसहित पाँच देशका क्लबहरुबीच क्रिकेट प्रतियोगिता हुने भएको छ। नेक्सस क्रिकेट एकेडमीको आयोजनामा पर्यटन बोर्डको प्रवद्र्धन र सिद्धार्थनगर नगरपालिकाको सहकार्य कार्तिक ३ गते देखि भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको हो। आयोजकले बुधवार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ। उक्त प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ। प्रतियोगिता दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए। नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रबर्द्धन गर्ने…
बुटवल,३० असोज। रुपन्देहीको जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दसैंको पूर्णिमाका दिन सराय नाच प्रदर्शन गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै असोज ३० गते पूर्णिमामा सराय नाच देखाउन लागिएको समितिले जनाएको छ । समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपोन्मुख सराय नाच संरक्षणका लागि सराय नाच प्रदर्शन गर्न लागिएको बताए । ०७० सालदेखिदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाईं सरेर बुटवल आएकाहरुको पहलमा सराय नाच राखिएको अध्यक्ष थापाले बताए । सराय नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको छ । सराय नाचमा नेपाली सेनाको एक टुकडीले विशेष प्रदर्शन समेत गर्नेछ । समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ बजेदेखि…
काठमाडौं, २९असोज। मुलुकभरमा डेंगु तीव्र रुपमा फैलिदै गएको छ। जसकारण संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको छ। ईपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ७६ जिल्लामा फैलिएको डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ भने ९ जनाको मृत्यु भएको छ। काठमाडौंमा ३ हजार १०३ जनामा डेंगु संक्रमण देखिएसँगै संक्रमण सबैभन्दा बढी काठमाडौं प्रभावित भएको छ। त्यस्तै कास्कीमा २ हजार ८४७ जना ,तनहुँमा २ हजार १०७ जना, पर्वतमा १ हजार ५६२ जना,चितवनमा ९ सय ७१ जना, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३५५ र स्याङ्जामा ३३५ जनामा डेंगु सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।
भैरहवा,३०असोज। नेपालको स्थानीय बजारमा रेकर्ड तोड्दै सुनको मूल्य आकाशिदै गएको छ। बुधवार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य बढेर प्रतितोला सुन १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिले सम्मकै उच्च मूल्य हो। मंगलबार सुन प्रतितोल १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १९२५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधवार प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुटवल,२९असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बदलिदो परिवेश अनुसार नेपाल प्रहरी संगठनलाई थप बलियो बनाउन रुपान्तरण गर्नुपर्ने बताएका छन्। ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधियुक्त बनाउदै रुपान्तरणको आवश्कता रहेको औल्याए। ‘अपराधहरु बढेर गएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी संगठन बदलिदो परिवेश अनुसार आफुलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्ने छ’उनले भने,‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। बदलिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनिकरण गर्न आधुनिकीकरण गरेर…
बुटवल,३० असोज। नेपाल प्रहरीको ६९ औं दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी भएका आचार्यले अमर प्रहरीको स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा राख्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका हुन्। देशमा भएको विभिन्न आन्दोलनहरु, द्धन्द्धका क्रममा सहादत प्राप्त गरेका प्रहरीप्रति श्रद्धाञ्जली, अपांगता भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे। प्रहरी संगठनको स्थापना वि.सं. २०१२ असोज ३१ गते भएको थियो । प्रत्येक बर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा सात हजार पाँच सयलाई लिएर नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित नेपाल प्रहरीले झण्डै…
भक्तपुर,२९असोज। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोटका ३६ वर्षीय प्रेम तामाङ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङको घरमा खानतलासी गर्दा एक थान पेस्तोल र तीन राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
जोमसोम, २९ असोज। मुस्ताङमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-२ मार्फा नजिक ठोक्किदा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ। सवारी दुर्घटनामा घाइते भएका गोरखा आरु चनौटे-९ का मोटरसाइकल चालक ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए। मृतक खड्का काठमाडौंबाट माथिल्लो (अप्पर) मुस्ताङका लागि भ्रमणमा निस्किएका थिए। दुर्घटना पश्चात कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
भैरहवा,२९असोज। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ बढेको हो। मूल्य बढेसँगै पहिलो वर्ग अन्र्तगत भलवारी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १५६रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै दोस्रो वर्ग अन्र्तगत सुर्खेत र दाङ वरपर प्रतिलिटर १५८ र तेसो वर्ग अन्र्तगत काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग…
बुटवल,२९असोज। रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले अवलोकन गरेका छन्। हालै भवन निर्माण सम्पन्न भएर उपचार सेवा सुरु भएको अस्पतालको मंगलबार पूर्वमन्त्री खाँणसहितका नेताहरुले अवलोकन गर्दै अस्पतालले दुखी,गरिब आसहाय विरामीहरुको उपचारमा पनि मद्दत गर्ने विश्वास व्यक्त गरे। अवलोकनका लागि पुगेका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिएका थिए। बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि. पहिलो अस्पताल हो। अस्पतालको अवलोकन प्रश्चात पुर्वमन्त्री खांणले भने- ‘अस्पताल नमुना बनेछ तर बुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा कता-कता पछाडी हो कि भन्ने थियो। अब बुटवल हस्पिटलले त्यसको अन्त्य…