


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
अर्घाखाँची,२९असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पिठहरुको दर्शन गरेका छन्। मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका स्थित रागामारे मन्दिर र मालारानी मन्दिरको दर्शन गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेर लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाई जोड्नेगरी योजना बनाएको छ । ‘सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ। पुरातात्त्विक सम्पदाको संरक्षणका लागि सरकारले योजना बनाएको छ’, उनले भने, ‘समुदायको साथ, सहयोग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन।’ प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौं लुम्बिनी’ को…
नवलपरासी,२९असोज।भैरहवा-नवलपरासी सडकखण्डमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। नवलपरासीको रामग्राम नगरपालिका-१५ सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। प्रहरीका अनुसार सवारी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चुरामणी भट्टराईको सुनवल नगरपालिका-१३ स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक भट्टराई नेपाल प्रहरीमा हवल्दार पदमा कार्यरत थिए। दुर्घटना पश्चात स्थानीयले हुलाकी सडकमा नाराबाजी गर्दै केही समय सडक अवरुद्ध गरेका थिए ।
झापा,२९असोज। प्रहरीले होटलमा छापा मारेर १२ जना जुवाडेहरुलाई पक्राउ गरेका छ। झापाको शिवसताक्षी नगरपालिकामा रहेको सगरमाथा होटेल जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट तास र ५ लाख ४ हजार ३० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। पक्राउ परेकाहरु उपर जुवा ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा,२९असोज। नेपालको स्थानीय बजारमा दसैपछि एकैदिन सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ। दसैपछि मंगलबार खुलेको बजारमा सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १०० सय रुपैयाँ र चाँदी १९ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।
अर्घाखाँची, २८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि र पशुपालनमैत्री नीति सरकारले अवलम्बन गरेको बताएका छन् । अर्घाखाँची दुग्ध उद्योगको सोमबार अवलोकनको क्रममा किसानहरुसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादित दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनलाई समेटने गरी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका हुन् । ‘समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौं । जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ । विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिने गरी कार्यक्रम बनाउन सकिन्छ’उनले भने,‘त्यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पुर्याउँछौं ।’ यसका साथै…
भैरहवा,२८असोज। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेज,फ्लाई दुबई र थाइ एयर एशियाले व्यावसायिक उडान गर्ने भएका छन्। जसका लागि यी तीन वटै एयरलाइन्स कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार जजिरा एयरवेज र फ्लाई दुबईले कार्तिक महिनाबाट उडान गर्ने तयारी छ भने थाइ एयर एशियाको उडान मिति टुंगो लागेको छैन। सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन्। जजिराको विमान बिहान ७:३० बजे भैरहवा आएर ८:३० बजे कुवेत उड्ने तालिका रहेको छ भने…
भैरहवा,२६ असोज। नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। असोज २० र २२ गते चार प्रदेशका साथै शनिवार बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश गरी नेपालका सबै भू-भागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ । नेपालमा सरदर अक्टोबर दुई तारिखमा मनसुन बहिर्गमन हुने भएतापनि यस वर्षको मनसुन १० दिन ढिलो गरि अक्टोबर १२ मा बाहिरिएको महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिन उल्लेख छ। नेपालमा यस वर्ष १२४ दिनसम्म मनसुन रहन पुगेको छ। जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने…
विरगंज, २६असोज। पर्साको बलिरामपुर क्षेत्रको गण्डक नहरमा दुर्गा भगवानको मूर्ति विसर्जन गर्ने क्रममा एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका-४ का १८ वर्षीय अजितकुमार महतो धानुक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार मृतक धानुक भगवान मूर्ति बिसर्जन गर्नका लागि नहरमा पस्दा डुबेर मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।
हृदयराम गुप्ता मर्चवार, २६ असोज। रुपन्देहीको मर्चवार क्षेत्रमा दुर्गा मूर्ति बिसर्जन हुने स्थललाई व्यवस्थित र सुरक्षित बनाइएको छ । कोटहीमाई गाउँपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा मर्चवारको अधिकांश स्थानका मुर्ति बिसर्जन हुने कोटहीमाई-५ दुईमोहानलाई सुरक्षित तरिकाले व्यवस्थापन गरी तयारी पुरा गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । मूर्ति बिसर्जन र विभिन्न किसिमको धार्मिक कार्यको लागि जल भर्ने क्रममा यसअघि नदीमा डुबेर मृत्युसँगै हुने विभिन्न घटनाहरुलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापन मजबुत बनाइएको गाउँपालिका विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका अध्यक्ष त्रिपाठीले बताए । उनले भने ,‘मुर्ति बिसजर्नमा आएका श्रद्धालुहरु कहाँसम्म जान पाउने, कुन क्षेत्रमा प्रवेश गर्न सक्ने, कुन ठाउँमा…
दाङ,२६ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। विजयादशमीको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास, सुशासनको चाहना पुरा गर्ने अभियानमा आफ्नो भूमिकाहरु अगाडि बढाइरहेको बताए। ‘नागरिकहरुमा आशा, भरोसा र भविष्य प्रतिको विश्वास जगाउन हर प्रयास गरेका छौँ’, शुभकामना सन्देशमा भनिएको छ,‘आफ्नो देशको माटोप्रति प्रेम, नेतृत्वप्रति विश्वास र भविष्यप्रति ढुक्कको वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो । यो दायित्व निभाउन प्रदेश सरकार प्रतिबद्ध छ ।’ यस्तै मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरुले सांस्कृतिक…