Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

पोखरा,९ मंसिर। सहकारीको रकम अपचलनको अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। प्रहरीले गत कात्तिक २५ गते सभापति लामिछानेलाई १३ दिन हिरासतमा राख्ने अनुमति पाएको थियो। प्राप्त म्याद सकिएपछि पुनः २५ दिनको म्याद थपका लागि प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराएको बताइएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए । रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ…

Read More

काठमाडौं,९ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे चासो लिएका छन् । उनले आइतबार संचालन रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग ब्रिफिङ लिन लागेका हुन् । राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा सडक, सिँचाइ, जलविद्यूत, सुरुङमार्गहरु लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रुपमा संचालनमा छन् । यसैबीच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटार स्थित पुरानो सचिवालयमा बस्ने उक्त बैठकमा पनि प्रधानमन्त्री ओली सहभागिता हुने उनको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं, ९ मंसिर। ०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको धरहराको पुननिर्माण गरी आजदेखि सर्वसाधरणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको छ । जसमा चढ्नका लागि नेपाली नागरिकका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाइएको छ । विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट अर्थात् १ सय रुपैयाँमा धरहरा चढ्न पाउनेछन् । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट केही दिनका लागि परीक्षणका रुपमा निःशुल्क धरहरा खुला गरिएको थियो । सार्क राष्ट्रका नागरिक लागि ५ सय शुल्क तोकिएको छ । सार्कबाहेकका विदेशी नागरिकले १ हजार शुल्क तिर्नुपर्नेछ । व्यावसायिक बाहेक राष्ट्रिय महत्वका विज्ञापन शुल्क…

Read More

काठमाडौ,९ मंसिर। आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । उपनिर्वाचन हुने केही जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री समेत पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ४१ पदका लागि ३७६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । उपनिर्वाचन हुने क्षेत्रहरुमा २ लाख २६ हजार ७९९ मतदाता छन् । उपनिर्वाचनका लागि मतपत्रको नमूना समेत आयोगको वेवसाइटमा राखिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले २ लाख ५९ हजार मतपत्र छापिएको जानकारी दिइन्। उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न…

Read More

काठमाडौं,९ मंसिर। एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा गरिएको छ । एसियन क्रिकेट काउन्सिलको आयोजना युएईमा हुने एसिया कपका लागी हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो। एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदैछ । हेमन्त धामी (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाल टिममा रहेका छन् ।

Read More

बुटवल,९ मंसिर । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्नेगरी परिचालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको अवलोकन गर्दै स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी संस्थालाई परिचालन गर्नेगरी सरकारले योजना बनाउने बताएका हुन्। ‘स्थानीय उत्पादन नबढ्दा सम्म अर्थतन्त्र पनि बलियो हुन सक्दैन । आत्मनिर्भरताकालागि स्थानीय उत्पादन बढाउन जरुरी छ । यो काममा विशिष्टीकृत सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहन्छ’उनले भने,‘दुध, मासु, खाद्यन्न लगायत स्थानीय उत्पादन बढाउन सहकारीलाई परिचालित गर्न जरुरी छ । आयातलाई घटाउदै निर्यात बढाउने खालका उत्पादनमा लगानी बढाउन जरुरी छ ।’ विशिष्टीकृत सहकारी संस्थाले…

Read More

बुटवल, ८ मंसिर । बुटवल हस्पिटल प्रा.लि.ले बजार प्रवद्र्धन अभियान अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यलाई अघि बढाएको छ । शुक्रवार बुटवल हस्पिटल प्रा.लि. र कुमारी बैंक लिमिटेड तथा लक्ष्मी सनराइज बैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ । अस्पताल र बैंकहरुबीचको सहकार्यले दुबै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हबका रुपमा चिनाउन सकिने भन्दै उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताए । उनले यस्तो सहकार्य यस क्षेत्रका सघ संस्था, उद्योग प्रतिष्ठान,शैक्षिक संस्था लगायत सबैसँग हुने बताए । उक्त अवसरमा…

Read More

भैरहवा, ८ मंसिर । सिद्धार्थनगर नगरपालिकाको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को अध्यक्षमा उदय कुमार मल्लिक निर्वाचित भएका छन् । सिद्धार्थनगर प्याब्सनको शुक्रबार भैरहवामा भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा मल्लिक सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित मल्लिक सि.बि.पब्लिक हाई स्कूलका प्रधानध्यापक हुन् । त्यस्तै उपाध्यक्षमा राजेन्द्र घिमिरे (काशी नोबल एकेडेमी), सचिवमा सृजना पाठक (लुम्बिनी सृजना इङलिस स्कूल) र कोषाध्यक्षमा राजेश राज जोशी (मुनलाईट सेकेण्डरी बोर्डिङ्ग स्कूलं) निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत तथा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताए । उनका अनुसार सदस्यहरुमा युवराज पोख्रेल (नेपाल नालन्दा सेकेण्डरी स्कूल), लक्ष्मण ज्ञवाली (साई ग्लोबल सेकेण्डरी स्कूल), धर्मेन्द्र…

Read More

भैरहवा, ७ मंसिर। महिला तर्फको यू-१९ किक्रेट खेलको विश्वकप खेल्नका लागि छनौट भएकी नेपाल टिमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ । विश्वकर्माको गृहक्षेत्र ओमसतिया गाउँपालिका कार्यालयले शुक्रवार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टिम छनौट हुँदा विश्वकर्मा सो टिममा सदस्य थिइन् । सम्मान कार्यक्रममा आफ्ना बुवा,आमा सहित उपस्थित भएकी ओमसतिया गाँपालिका-१ नयाँ गाउँको विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा राउत लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए । खेलाडी विश्वकर्माले सम्मानले आफुलाई थप…

Read More

भैरहवा, ७ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन काठमाडौंको सोल्टी होटल एण्ड रिसोर्टले गर्ने भएको छ । जसका लागि दुवै रिसोर्टबीच शुक्रवार सम्झौता भएको छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्स अर्न्तगत रहेको सोल्टी होटलले सम्झौता भएसँगै अब टाइगर प्यालेस रिसोर्टलाई टाइगर्स र प्यालेस वाई सोल्टीको नाम र ब्राण्डबाट व्यवस्थापन तथा सञ्चालन गर्ने बताइएको छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले भैरहवा क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै नेपालमा लक्जरी आतिथ्यताको अग्रणीयतामा आफ्नो स्थानलाई सुदृढ पार्दै यो सहकार्य एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने जनाएको छ ।

Read More