


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ४ कार्तिक। भारतको राजस्थानमा सवारी दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ। राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति जयपुर जाँदै गरेको बस र अटो ठोक्किदाँ सवारी दुर्घटना भएको थियो। जसमा आठ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ। मृतकहरु सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ।
भैरहवा, ४ कार्तिक। नेपालको बजारमा आईतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा मूल्य बढ्दै गइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आइतबार प्रतितोला चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको…
काठमाडौ, ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएपछि पार्टीले विरोध प्रर्दशनका लागि प्रत्येक जिल्लाबाट एक सय जनाको दरले नेता कार्यकर्ताहरुलाई पोखरा पुग्न सर्कुलर जारी गरेको छ। शनिबार मध्यरातमा पार्टीका नेता-कार्यकर्ताहरुलाई म्यासेज गरेर जति सक्दो कम्तीमा एक सय जनाको दरले पोखरा पुग्न भनिएको छ । पार्टीले आफ्ना नेता कार्यकर्तालाई मध्यरातमा पठाएको सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११ः३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’ केन्द्रीय सचिवालयको निर्देशनअनुसार प्रदेश…
जलेश्वर,४ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा आयोजित जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार, विदेशी ऋृण थोपार्नु मात्र रहेको दावी गर्दै उनीहरु विरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए । जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा.सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष…
भैरहवा, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा पार्टीले भैरहवामा विरोध प्रर्दशन गरेको छ। रुपन्देही रास्वपाले राजनीतिक प्रतिशोध राखेर सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध प्रर्दशन गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शुक्रवार लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो। सहकारी पीडितलाई न्याय देउ, अधिनायकवादी सरकार मुर्दाबाद, तिमीले गर्ने छल छाम हामी युवालाई बदनाम लगायत लिखित प्लेकार्ड नारासहित नेता,कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्। रास्वपा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवाको बुद्धचोकमा विरोध सभामा नेताहरुले वास्तविक सहकारी ठगलाई कारवाहीको नभएको तर, राजनीतिक…
भैरहवा,३ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार देखि संचालन भएको बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही-११ ले श्रीलंकाको श्रीलंका स्टेट सर्विसलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको श्रीलंकाको टोलीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ८६ रनको बनाएको थियो। जसका लागि श्रीलंकाका राजबिरा र समिरा परेराले समान १६/१६ रन बनाए । यस्तै नानी वासुपल्लीले १५ रन र समन कुमाराले १४ रनको योगदान दिए । बलिङ्ग तर्फ नेक्सस नेपालका सहाब आलमले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिन सफल भए । यस्तै दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २/२ विकेट लिए…
भैरहवा, २ कार्तिक। नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रका खेलाडीको सहभागितामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेक्सस क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमी १८ दशमलव १ ओभरमै समेटिन पुग्यो। उक्त ओभरमा पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो। जसका लागि ३१ बलको सहयोगमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै अर्का खेलाडी अलि हुसेनले २५ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो…
भैरहवा, ३ कार्तिक । भारतका विभिन्न सहरमा बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन विताइरहेका बालबालिकालाई उद्धार गरेर नेपाल ल्याइएको छ । भारतमा रहेर नेपाल-भारतमा मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इण्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो । शुक्रबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाइएको छ । आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरुले सहारा दिने किन इण्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकाहरुमा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् ।…
भैरहवा,२कार्तिक। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर रास्वपाको केन्द्रीय कार्यालयबाट उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कास्कीले शुक्रवारसाँझ रविलाई पक्राउ गरेर कास्की पठाईदिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरलाई पत्राचार गरेको थियो। लामिछाने पक्राऊ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका छन् । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन् । लामिछानेले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै राज्यले…
भैरहवा,२कार्तिक। जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी पोखरा पठाइदिन पत्राचार गरेको छ । कास्की प्रहरीले रविलाई पक्राउ गरि कास्की पठाउन केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरलाई पत्राचार गरेको हो । पत्रमा भनिएको छ-‘प्रस्तुत विश्वमा कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न सम्मानित कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई आएको हुँदा पक्राउ अनुमति यसै साथ…