


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २ भदौ । नेपालमा अण्डाको मूल्य घटेको छ । आइतबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले अण्डाको मूल्य घटाएको हो । बैठकले सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको छ । यस अघि संघले असार २८ मा सबैभन्दा ठूलो साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय १०, मिडियम अण्डाको प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो । संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।
भैरहवा, २ भदौ ।भारतबाट भन्सार छलेर भित्राईएको मटर र चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा भन्सार कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भैरहवाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका-४ बुद्ध कोलोनी स्थित गोदाममा लुकाएर राखिएको अवस्थामा चिनी र मटर बरामद गरेको हो ।उक्त सामग्री भण्डारण गरेर राखिएको थियो । विशेषा सूचना आधारमा लुकाएर राखिएको स्थानमा पुग्दा भन्सार छलेर ल्याई भण्डारण गरिएको अवस्थामा ९२ बोरा (२७६० केजी) मटर र ७५ बोरा (३७५० केजी) चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए । पाँच लाख ७६ हजार मूल्यबराबरको उक्त सामग्री नियन्त्रणमा लिएर आवश्यक…
भैरहवा, १ भदौ । रुपन्देहीको भैरहवा क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउनका लागि अनुरोध गरिएको छ । शनिवार राति देखि भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई मोबाइलमा सूचनामुलक म्यासेज पठाउँदै रोहिणी लगायत खोलामा पानीको बहाव बढ्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दाहरुले सतर्कता अपनाउनका लागि अनुरोध गरेको हो । विभागले पठाएको म्यासेजमा भनिएको छ– ‘पछिल्लो तीन घण्टामा रुपन्देही जिल्लाको भैरहवा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने रोहिणी खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकोले…
भैरहवा, १ भदौ । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संगठनको १७ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले संगठनले समयसापेक्ष कार्यक्रम गरेको बताए । उनले पछिल्लो समय रगतको माग बढेको सबैलाई रक्तदान गर्न आग्रह गरे । उनले भने, ‘स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्न सक्छन् । रगतले मानिसको ज्यान बचाउँछ ।’ रेडक्रस सोसाइटीले धेरैपटक रक्तदान गर्ने…
मर्चवार, १ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा रहेको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । मर्चवारी गाउँपालिका-५ स्थित उक्त सहकारीबाट बिहिवार रातिको समयमा चोरी भएको सहकारीका व्यवस्थापक दिनेश मौर्यले जानकारी दिए । उनका अनुसार सहकारीबाट करिब २३ लाख रुपैयाँ चोरी भएको छ । घटनाको जानकारी पश्चात अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय मझगाँवाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए । ‘सहकारीको सिसिटीभी फुटेजमा राती करिब १२ बजे दुई जना व्यक्तिले ताल्चा तोडेर भित्र प्रवेश गरेको देखिएको छ’, उनले भने, ‘चोरी भएको निश्चित रकम एकिन भएको छैन । हामी घटनाको अनुसन्धान गरिरहेका छौँ । छिट्टै…
मर्चवार, १ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा किसानले लगाएको तरकारी र फलफूल नष्ट गरिएको छ । कोटहीमाई गाउँपालिका–४ बैरघाटका किसान रमेश चौधरीले लगाएको करिब तीन लाख मूल्य बराबरको तरकारी र फलफूल नष्ट गरिएको हो । चौधरीका अनुसार रातिको समयमा अज्ञात व्यक्तिले तरकारी र फलफूलका बालीको जरा काटेर नष्ट गरेका हुन् । रोजगारीका लागि सिलसिलमा युवाहरु खाडी मुलुक विदेशिएको अवस्थामा चौधरीले वर्षेनी नगद तथा जिन्सी गरी २ लाख २० हजार रुपैयाँमा पोखरीसहितको दुई बिघा एघार कठ्ठा कृषियोग्य जग्गा लिजमा लिएर माछापालन र तरकारी खेती गर्दै आएका थिए । तर, ‘सामाजिक अपराधी’ ले उनको मिहिनेतमा छुरा चलाएपछि उनी निराश बनेका छन् ।…
भैरहवा, ३२ साउन । रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको केराउ र कपडा बरामद गरेको छ । विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याईएको अवस्थामा ८ लाख ७१ हजार मूल्य बराबरको साम्रगीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टका अनुसार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको ८४ बोरा (२१०० केजी) केराउ र कपडा (लुङगी) ६४ थान बरामद भएको छ । साथै, भन्सार छली प्रयोगमा भएको नम्बर नखुलेको एउटा मिनी ट्रक, लु २ प ७०६, लु १५ प ४९२२, लु १४ प ९९४६ नम्बरको…
भैरहवा, ३२ साउन । भैरहवा भन्सार कार्यालयले भारतबाट भन्सार छलेर भित्राइएको चिनी बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको सहयोगमा मायादेवी गाउँपालिका–३ स्थित एक घरमा लुकाएर राखिएको अवस्थामा १४७ बोरा (७३५० केजी) चिनी बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । बरामद चिनी ५० केजी तौलको बोरामा राखिएको थियो । ‘हामीलाई प्राप्त सूचना अनुसार चिनी भण्डारण गरिएको घरमा पुग्यौँ’, उनले भने,‘बरामद चिनीको बिल बिजक प्रज्ञापन पत्र माग गर्दा प्राप्त नभएपछि नियन्त्रणमा लिएका हौँ ।’ चार लाख ४१ हजार बजार मूल्यबराबरको चिनी बरामद गरेर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा ल्याइएको उनले बताए ।…
काठमाडौं, ३१ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जबरजस्ती करणी र मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका ३४ वर्षीय पारस उर्फ दीपक कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । ०८० मंसिर ५ गते उच्च अदालत विराटनगरले उक्त मुद्दामा बस्नेतलाई १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका बस्नेतले ०७६ मंसिर २१ गते एक युवतीलाई विवाह गर्न नमाने दुरुत्साहनामा फसाइदिने भन्दै धम्की र डर देखाउँदै पटक पटक बलात्कार गरेका थिए । विवाहपश्चात बेचबिखन गर्ने उदेश्यले भारततर्फ लैजाँदै गरेको…
भैरहवा, ३० साउन । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १७३५ रुपैयाँ कायम भएको छ ।