


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २८पुस। लुम्बिनी प्रदेश सरकारले यातायातसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेको छ । यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा यातायातसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेको हो । यातायातसम्बन्धी सेवालाई सहज र सबैको पहुँचमा बनाउनका लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायातसम्बन्धी सेवालाई विस्तार गर्ने निर्णयमा पुगेको हो। मन्त्रालयले गठन गरेको कार्यदललाई सेवाग्राहीहरूले यातायात सेवालाई विस्तार गरिनुपर्ने र सबैको पहुँचमा यातायातसम्बन्धी सेवा पुर्याईनु पर्ने सुझाव दिएका थिए। उक्त सुझावका आधारमा मन्त्रालयले यातायात क्षेत्रको सुधारको पहिलो योजना बनाउँदै यातायात सेवा कार्यालय विस्तारको कामलाई अघि बढाएको हो। मन्त्रालयले यसै योजना अन्तर्गत पहिलो चरणमा बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा विस्तार गरेको…
काठमाडौ,२८पुस। राष्ट्रिय स्वतन्त्र पार्टी एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका लामिछाने गत बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए। जिल्ला प्रहरी कास्कीको हिरासतबाट रिहा भएका लामिछाने शनिवार साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले आइतबार हाजिर भएका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन पुगेका हुन। उक्त सहकारीबाट ६ सय ९०…
भैरहवा,२८पुस। नेपालको बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबारको कारोबार मूल्यको तुलनामा प्रतितोला १६०० ले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेको छ। आज सुन प्रतितोला १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रति तोला १ लाख ५४ हजार एकसयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ८ सय ६० कायम गरिएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ मा कारोबार भएको थियो।
भैरहवा, २७ पुस । विश्वकै प्रसिद्ध संचारमाध्यम द न्यूयोर्क टाइम्सले विश्वका गन्तव्य सूचीमा शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि समावेश गरेको छ । हालै सार्वजनिक गरिएको विश्व ५२ गन्तव्य स्थलमध्ये न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौं स्थानमा राखेको छ । सन् २०२५ मा जाने ५२ स्थानहरु शिर्षकमा ‘नयाँ वर्षले कहाँ लैजान्छ ? हाम्रो वार्षिक सूचीबाट मनपर्नेहरू चयन गरेर आफ्नो यात्रा योजनाहरू सुरु गर्नुहोस्’ भन्दै विश्वका ५२ गन्तव्य स्थलहरुबारे संक्षिप्त जानकारीका साथ न्यूयोर्क टाइम्सले सूची सार्वजनिक गरेको छ । लुम्बिनीको ऐतिहासिक महत्वसहितको जानकारी समेत वेभसाइटमा राखिएको छ । गन्तव्य सूचीमा परेकोले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह…
भैरहवा,२७पुस।रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित पडसरीमा आयोजित तेस्रो खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधी गोलपार्क स्पोर्टस क्लबले उचाल्न सफल भएको छ। युथ क्लब अफ पडसरीद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई सोझो सेटले पराजित गर्दै गोलपार्कले पडसरी भलिबलको उपाधी उचाल्न सफल भएको हो।जससँगै प्रहरी टोलीले उपविजेतामै चित्त बुझाउनु परेको छ। फाईनल खेलको पाँच सेट मध्ये लगातार तीन सेटको जितसँगै गोलपार्क विजयी भएको युथ क्लब अफ पडसरीका उपाध्यक्ष डिबी घर्तीले बताए। विजेताको उपाधीसँगै गोलपार्क स्पोर्टस क्लबले ४५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ।त्यस्तै उपविजेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्न…
भैरहवा, २७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शनिवारदेखी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चपाईँले मुलुकलाई चिनाउने पहिलो माध्यम खेलकुुद बनेको उल्लेख गर्दै खेल क्षेत्रको बिकासका लागि सबै पालिकाहरुले लगानी वृद्धि गर्नुपर्ने बताए । पछिल्लो समय पालिकाहरुले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखन थालेको भन्दै उनले यो सकरात्मक विषय भएको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँले स्वस्थ्य शरिरबाट मात्रै स्वस्थ्य मतिष्कको बिकास हुने हुँदा बिद्यार्थीको सर्वाङ्खिक बिकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश…
काठमाडौ, २७ पुस । काठमाडौ प्रहरीले गत २८ दिनमा ८ सय २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट पक्राउ परेका फरार प्रतिवादीहरुलाई अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरिएको छ । अदालतले विभिन्न कसुरमा उनीहरुविरुद्ध चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको थियो ।
भैरहवा,२७ पुस । भैरहवास्थित चारतारे होटल नान्स परिसरमा ‘क्याफे थट्टिन्थ स्ट्रिट’ संचालनमा आएको छ । आन्तरिक र बाह्यक पर्यटक समेत आउने उक्त होटलमा कफी र बेकरीका पारखीहरुलाई लक्षित गर्दै लगि ‘क्याफे थट्टिन्थ स्ट्रिट’ संचालनमा ल्याइएको हो । बिहानदेखि मध्यरात १२ बजेसम्म संचालनमा रहेको उक्त क्याफेमा कफी, खाजा र बेकरीका स्वाद लिन सकिने ‘क्याफे थट्टिन्थ स्ट्रिट’ का संचालक अभिनाश श्रेष्ठले बताए । ‘हामीले ४० जना बढीलाई एकैपटकमा सेवा प्रवाह गर्न सकिने गरी दुई वटा तलामा क्याफे संचालनमा ल्याएका छौँ’, उनले भने, ‘जसमा हामीले नाफा कमाउने भन्दा पनि पाहुनाहरु समक्ष गुणस्तरीय परिकार पस्किनमा ध्यान दिएका छौँ ।’ क्याफेमा क्यापिचिनो, अमेरिकानो, डबल अमेरिकानो,…
हृदयराम गुप्तामर्चवार, २६ पुस। रुपन्देहीको मर्चवार क्षेत्रमा घुम्ती बन्धयाकरण शिविरमा ८५ जना लाभान्वित भएका छन् । मर्चवारको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकामा सम्पन्न भएको उक्त बन्ध्याकरण शिविरमा महिलाहरुले सेवा लिएपनि पुरुष संख्या शुन्य देखिएको छ । सम्बन्धित स्थानीय तहको आयोजना स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय र सुनौलो परिवार नेपाल (मेरीस्टोप्स)को प्राविधिक सहयोगमा रुपन्देही जिल्लाको हरेक स्थानीय तहमा संचालन हुने शिविरको मर्चवारबाट सुरु भएको छ । ग्त पुस १८ र १९ गते सम्मरीमाई ५ स्थित रोइनिहवा स्वास्थ्य चौकीमा सम्पन्न उक्त शिविरमा ३८ जना महिलाहरुले सेवा लिएको सम्मरीमाई गाउँपलिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले बताए । गत पुस २१ र २२ गते…
भैरहवा, २६ पुस । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसँगै स्थानिय पालिकाहरुले न्यानो कपडा वितरण शुरु गरेका छन् । रुपन्देहीमा गत मंगलबारदेखि अत्यधिक चिसो बढेको छ । चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिकासहित अन्य पालिकाहरुले पनि न्यानो कपडा वितरणलाई प्रभावकारी बनाएका छन् । चिसो बढेपछि नागरिकको जनजिवन कष्टकर बनेपछि सियारीले नागरिकको घरदैलोमा पुगेर न्यानो कपडावापत कम्बल वितरण गरेको छ । चिसो बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ वर्षमाथिका र अति अशक्त नागरिकलाई कम्बल वितरण गरेको छ । सियारीले सबैजसो वडामा कम्बल वितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । बढ्दो चिसोका कारण निम्न आयवर्गका पालिकावासी बालबालिका र वृद्धवृद्धालाई बढी…