


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
लुम्बिनी, २४ पुस । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । स्थानीय तह, प्रहरी लगायत सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोली गणना गरिदै आएको र दानपेटिकाबाट संकलित रकम कोषको महत्वपूर्ण आम्दानीको स्रोत भएको बताए । दानपेटिकामा संकलित दानलाई सीसीटिभीको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो…
भैरहवा,२३ पुस। भैरहवा तथा आसपास क्षेत्रको मौसम अझै दुई-तीन दिन हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना रहेको छ। सोमबार घाम लागेपनि मंगलवार बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले छोपेको छ। दिउँसोदेखि शीतलहर चल्न थालेको छ । हुस्सु र शीतलहरसँगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन प्रभावित छ । ‘केही समय-समयका लागि मौसम खुलेपनि समान्यतया अझै दुई–तीन दिनसम्म मौसम सफा हुने अवस्था देखिँदैन’, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान शाखाका प्रमुख तथा मौसमबिद् सुभाष रिमालले भने, ‘त्यसपछिका दिनमा मौसम कस्तो रहन्छ भन्ने अहिले नै पूर्वानुमान गर्न सकिँदैन ।’ मंगलबार बिहानै देखिको हुस्सु, कुहिरोका कारण भिजिविलिटी कम हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट…
काठमाडौ,२३ पुस । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान थालेको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थानसहित चितवन, भरतपुर महानगरपालिका-१२ का २५ वर्षीय संजय तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एयर इन्डियाको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
भैरहवा, २३ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोबाइल पसलमा चोरी भएको छ । चोरले मोबाइल लगायत सामग्री चोरी गर्नका लागि बोरा नै लिएर पुगेको सीसीटीभी फुटेजमा देखिएको छ । नगरपालिकाको कोटिहवास्थित रोहित मोबाइल एण्ड टीभी सर्विसमा सोमबार राती चोरी भएको प्रहरीले जनाएको छ । पसल संचालक संजय कुमार चाइका अनुसार मर्मत र बिक्रीका लागि राखिएका ७ लाख बढी मूल्य बराबरको मोबाइल लगायतका सामग्री चोरी भएको छ । ‘चोरहरुले निस्फिक्री समान चोरी रहेका छन्। यस अघि पनि मोबाइल पसलहरुमा चोरी भएको छ। नसमातिदा उनीहरु मनोबल झन बढेको छ’,मोबाइल व्यवसायी समितिका उपाध्यक्ष हरि पाण्डेले भने ‘यस्तै अवस्था रहे मोबाइल व्यवसायीहरु विस्थापित हुने…
भैरहवा, २३ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार विकास तथा पूँजीगत रकम खर्चलाई तीव्रता दिएको छ । पूँजीगत बजेटको लक्ष्य हासिल गरी असारे विकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहिले धमाधम भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । पालिकाहरुमा खास गरी समयमै ठेक्का नखोल्ने र विभिन्न बहानामा बजेट फ्रिज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्धार्थनगरले आर्थिक वर्षको सुरुवातदेखि नै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खाँले बताए । नगरपालिकामा चालु आ.व.मा पूर्वाधार विकास शाखामा मात्रै ५९ वटा योजना कार्यान्वयनको चरणमा छन् । नगरपालिकाका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन…
काठमाडौं, २३ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरेको छ । जसमध्ये तीन जना भारतीय र २९ जना महिला रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुले करिब २ महिनादेखि कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनका अनुसार पक्राउ परेकाहरुका साथबाट ८५ थान ल्यापटप र ८२ वटा मोबाइल बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा,२३ पुस । भैरहवा क्षेत्रमा रहेको बोधी रेडसन होटल प्रा.लिले चारतारे होटलको मान्यता पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले बोधी रेडसन होटललाई चारतारा होटलमा स्तर वर्गिकरण गर्दै इजाजत पत्र जारी गरेको हो । चालु आर्थिक वर्षको इजाजत नम्बर ४२ बाट होटललाइ चार ताराको मान्यता प्रदान गरिएको विभागले जनाएको छ । होटलका संचालक प्रमोदकुमार यादवले बोधी रेडसन चारतारे होटलमा स्तरीकरण भएको खुशी व्यक्त गर्दै स्तरीकरणसँगै सेवाहरु थप प्रभावकारी बनाउँदै लगिने बताए । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद यादवले सञ्चालन गरेको उक्त होटल भैरहवाकै उत्कृष्ट होटलको रुपमा स्थापित छ । ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा संचालित होटलले राष्ट्रिय…
भैरहवा, २३ पुस । रुपन्देहीको बुटवलमा फोहोरको थुप्रोमा मृत अवस्थामा शिशु भेटिएको छ । मंगलबार बिहान बुटवल उपमहानगरपालिका-११ स्थित मजुवाको फोहोर डम्पिङ साइटमा मृत अवस्थामा शिशु फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । ‘आज बिहान साढे ९ बजेतिर सालनाल काटिएको अवस्थामा एउटा शिशुको शव फेला परेको हो’, डीएसपी पण्डितले क्लिक लुम्बिनीसँग भने, ‘शवलाई नियन्त्रणमा लिएर लुम्बिनी प्रदेश अस्पतालमा राखिएको छ ।’ फोहोरको थुप्रोमा कसले र किन उक्त शिशु राखेको/फालेको लगायत विषयमा अनुसन्धान भइरहेको बुटवल प्रहरीले जनाएको छ ।
ल्हासा, २३ पुस। चीनको तिब्बतमा मंगलबार बिहान गएको भूकम्पमा परेर ३२ जनाको मृत्यु भएको छ । तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयका अनुसार जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी कान्टी गाउँमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ३२ जनाको मृत्यु भएको हो । उक्त भूकम्पमा परी हालसम्म ३८ जना घाइते भएका चीनिया समाचार एजेन्सी सिन्ह्वामा उल्लेख छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ः५० बजे चीनको तिब्बतको दिङ्गी कान्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का चीन, नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका कारण घाइते…
बुटवल,२२ पुस।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुँदै गएको बताएका छन्। उनले बुटवलमा निजी क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताए। बुटवल हस्पिटल प्रालिको अवलोकन गर्दै उनले निजी क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताए। बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले निजी क्षेत्रलाई सँगै लिएर अघि बढे मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताए। सरकारले आफ्नै डम्फु बजाउने, निजी क्षेत्रलाई उपेक्षा गरे सरकारले नागरिकहरुको स्वास्थ्यमा काम गर्न नसक्ने ठोकुवा गरे। उनले दलहरुकै कारण अहिलेको…