


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, १४ मंसिर। प्रहरीले नक्कली यौनजन्य औषधि उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका २ का ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका २ का वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ का ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेको रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरुको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरु र क्याप्सुलहरु देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गरी कुनै साईड ईफेक्ट नभएको, डाक्टरको…
बुटवल, १३ मंसिर। लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा बिहीवार बुटवल सिटी क्याम्पसमा आयोजना भएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए । विश्वविद्यालयले प्रत्येक वार्षिकोत्सवको अवसरमा मंसिर १३ गते रक्तदान कार्यक्रम गर्दै आएको छ।विश्वविद्यालयले २० औ वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोह मंसिर १४ गते लुम्बिनीमा गर्दैछ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लुम्बिनीको अन्तराष्ट्रिय ध्यान केन्द्रमा हुने दीक्षान्तमा एक मानार्थ विद्यावारिधि, ५ विद्यावारिधिसहित २८९ विद्यार्थी दीक्षित हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले जानकारी दिए। शिक्षामन्त्री एवं…
भैरहवा, १३ मंसिर । कृषकहरुको अहिले रासायनिक मल वितरण केन्द्र र भण्डारण केन्द्रहरुमा भीड छ । खेतमा मल हाल्नका लागि सबैकाम छाडेर उनीहरु मलको खोजीमा दौडधुपमा छन् । सरकारले प्रयाप्त मल उपलब्ध गराउन नसकेको दशकौ भयो । केहीले प्रहरीको लठ्ठी खाएर र केहीले हारगुहार गरेर लुकिछिपी मल भित्रयाउनुपर्ने बाध्यता छ । समयमा मल हाल्न नपाए अनेक समस्या झेल्नुपर्ने चिन्ताले कृषकहरुलाई सताएको छ । सरकारले उपलब्ध गराएको मल थोरै छ । माग उच्च छ । अनुदानको मल स्थानीय स्तरमा तोकिएको मल वितरण केन्द्रबाट वितरणमा पनि भेदभाव छ । वितरण केन्द्रका संचालक समितिहरुले आफ्नालाई मल वितरण गर्दा लाइनमा बसेका किसानहरु रित्तो हात…
दाङ, १३ मंसिर। प्रदेश विकास समस्या समितिको बैठकले २४ वटा समस्याको पहिचान गरेर राष्ट्रिय विकास समस्या समितिमा पठाएको छ । बिहीबार दाङमा बसेको बैठकले संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदानको रकम प्राप्त हुन नसकेको बिषय प्रमुखताका साथ उठाइएको छ । बिहीबार दाङमा बसेको बैठकले समस्या समितिमा पठाएको हो । प्रदेश सरकारले गत बर्षको झण्डै साढे दुई अर्ब दायित्व भुक्तानी गर्न बाँकी छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदानको रकम नपठाउँदा प्रदेशले आर्थिक संकट भोग्नु परेको छ । सशर्त अनुदानको रकम घटाएर वित्तीय समानीकरण अनुदानको बजेट बढाउने बिषयलाई प्रमुखताका साथ उठाइएको हो । साझा अधिकारका सूचीको कार्य बाँडफाँड र प्रहरी…
दाङ,१३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा बिशेष ध्यान दिन दिर्नेशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बिहीवार बसेको बैठकमा बोल्दै मुख्यमन्त्री आचार्यले प्रतिफल दिने खालका योजनाहरुलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । ‘जुन काममा हात हाल्छौं । त्यसबाट परिणाम आउनुपर्छ । प्रतिफल आउने योजनाहरुलाई बिशेष जोड दिएर अघि बढाऔं’, मुख्यमन्त्री आचार्यले भने, ‘५-७ लाख रुपैयाँका आयोजना छन । तर, त्यसले प्रतिफल दिँदैन भने कार्यान्वयन नगरौं । रातो कितावमा लेखिएको भएपनि त्यसले उपलब्धि दिदैन भने कार्यान्वयन गर्न जरुरी छैन ।’ प्रदेश सरकारले अघि बढाएका आयोजना समय सिमा भित्रै…
भैरहवा, १३ मंसिर। के तपाई सामाजिक संजाल टिकटकको प्रयोगले भीडियोहरु बनाएर पोस्ट् गर्ने गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईको लागि खुशीको खबर हो यो । नियममा रहेर भीडियो बनाएर टिकटकमा पोस्ट् गर्नेलाई नगदसहित आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवाको अंचलपुरमा आगामी मंसिर २० गते देखि पुस १ गतेसम्म आयोजना गरेको लुम्बिनी राष्ट्रिय महोत्सवको ‘लुम्बिनी महोत्सवमा घुम्न जाऔं’ भनेर उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई नगदसहितको पुरस्कारको व्यवस्था गरेको हो। महोत्सवको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले जानकारी दिए ।…
भैरहवा, १३ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परिक्षणको व्यवस्था मिलाएको छ । महोत्सवमा निःशुल्क माटोको परिक्षणले यस क्षेत्रका किसानहरु लाभान्वित हुने आयोजकको विश्वास छ । भैरहवाको अंचलपुरमा मंसिर २० देखि पुस १ सम्म चल्ने महोत्सवमा मंसिर २६, २७ र २८ गते तीन दिन माटो परीक्षणका लागि समयावधि तोकिएको छ । ‘कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगले उब्जनीको कमीले किसानहरुले चाहेको जति उब्जनी बढाउन सकेका छैनन्’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब के गर्ने ? कसरी गर्ने ? भन्ने विषयको पनि केहीलाई जानकारी छैन । जसकारण पनि हामीले महोत्सवमा…
भैरहवा, मंसिर १३ । के तपाईले गरिरहेको कृषिको उब्जनीमा बृद्धि भएको छैन ? खेतको माटो अर्कै र तपाईले अर्कै वस्तुको कृषि त गरिरहनु भएको छैन ? तपाईले गर्ने कृषिको माटो कस्तो छ ? कतै माटो कै कारणले त उत्पादनमा कमी आएको छैन ? यस्तै प्रश्नको जानकारीसहित माटो परिक्षण गराउन चाहनु भएको छ भने चिन्ता नलिनुहोस् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले कृषकहरुलाई लक्षित गरेर भैरहवामा आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परिक्षणको व्यवस्था मिलाएको छ । कृषकले कृषि गरिरहेको वा गर्न खोजेको खेतबारीको माटो थोरै परिमाणमा साथमा लिएर महोत्सवमा निःशुल्क रुपमा माटो परिक्षण गरिने र साथै आवश्यक जानकारी…
भैरहवा, १२ मंसिर। नेपाल आयल निगम लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालय तथा भण्डारण डिपो निर्माणका लागि डीपीआर (बिस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच बुधवार सम्झौता भएको छ । नेपाल आयल निगम लिमिटेड भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख तथा निगमका उपनिर्देशक प्रदीप यादव र काठमाण्डौं विश्वविद्यालय (कन्सल्टेन्सी सेवा) का प्रमुख विवेक बरालबीच दस्तखतसहित सम्झौता भएको हो । रुपन्दहीको ओमसतिया र रोहिणी गाउँपालिकास्थित रोहिणी नदी किनारामा रहेको ११ बिघा जमिन क्षेत्रफलमा नेपाल आयल निगमले ३ अर्ब २० करोड रुपैयाँको लागतमा लुम्बिनी प्रदेशस्तरको आधुनिक भण्डारण डिपो तथा कार्यालयको निर्माण कार्य अघि बढाएको छ । जस अनुरुप काठमाडौं विश्वविद्यालयले भ्याटसहित…
भैरहवा, १२ मंसिर। रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा स्टार क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्दै बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेकोे हो । यस खेलसँगै डिभिजन ‘बी’का सबै खेलहरु सकिएका छन् । डिभिजन ‘बी’बाट बुटवल राइनोजसँगै प्रोफेसनल मास्टर्स–११ पनि ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अन्य टिम भने ‘बी’ डिभिजनमै रोकिएका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय २७ रनको योगफल बनायो । उसका…