Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बुटवल, २६ जेठ । रुपन्देहीको बुटवलमा विद्युतिय गाडी चार्ज गर्नका लागि चार्जिङ स्टेशन संचालनमा आएको छ । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बुटवल स्थित कार्यालय परिसरमा स्टेशन संचालनमा ल्याएको हो । करिब एक करोड लगानीमा संचालनमा ल्याइएको स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस–२ डबल गनको एउटा मेसिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका दुई वटा मेसिन जडान भएको छ । जसकारण एकैपटकमा ६ वटा गाडी चार्ज गर्न सकिने छ भने चार्जमा लगाइएका गाडी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सहकारीले जनाएको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार यमबहादुर कुँवरले स्टेशनको उद्घाटन गर्दै पछिल्लो समय पर्यावरणीय संरक्षणको…

Read More

भैरहवा, २५ जेठ । भारतको प्रधानमन्त्रीमा पुनः नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले एनडीएका संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । एनडीए गठबन्धनको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । शुक्रवार साँझ मोदीले राष्ट्रपति द्रौपदी मुर्मू समक्ष सरकार गठनका लागि दावी पेश गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । आइतबार साँझ ६ बजे मोदीले शपथ लिने बताइएको छ । यससँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्दैछन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आतिथ्य ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।

Read More

भैरहवा, २५ जेठ । नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका खेम लुईँटेलले उम्मेदवारी फिर्ता लिएसँगै गैरे सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्र बहादुर कार्की, उपसचिव (महिला) मा सुनिता ठठेर र उपसचिव (खुल्ला) मा बाबुराम पन्थी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत धर्म बहादुर खड्काले जानकारी दिए । अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडी बढ्ने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई नम्बर वान पार्टी बनाउने, कार्यकर्ताहरुलाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने प्रतिवद्धता जनाएका छन् ।…

Read More

भैरहवा, २५ जेठ । संघीय संसद प्रतिनिधिसभा पूर्वाधार विकास समितिको उर्जा, जलस्रोत तथा सिँचाई उपसमितिले विद्युत ऐन, २०४९ संसोधनका लागि सुझाव संकलन थालेको छ । बिहिवार बसेको उपसमितिको बैठकमा सिद्धार्थनगर नगरपालिका (भैरहवा)का मेयर समेत रहेका नेपाल नगरपालिकाका संघका उर्जा जलस्रोत र पूर्वाधार केन्द्रीय विभागका संयोजक इश्तियाक अहमद खाँले संसोधनका लागि संसदमा टेबल हुने विद्युत विधेयकमा नागरिकको हितमा लागि विभिन्न सुझावहरु राखेका छन् । साथै विद्युत प्राधिकरणबाट नागरिकले भोगिरहेको समस्याको समाधानका लागि पनि संसदीय समितिको ध्यानार्कषण गराएका छन् । उनले विद्युत शुल्क निर्धारण गर्दा स्थानीय सरकारसगँको सुझाव सल्लाह लिनुपर्ने र उक्त समितिमा स्थानीय सरकारको प्रतिनिधत्व हुनुपर्ने गरी विधेयकमा समेट्नमा सुझाव दिएका…

Read More

भैरहवा, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई घुस सहित रंगेहात नियन्त्रणमा लिएको छ । जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ घुुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात गुप्तालाई नियन्त्रणमा लिएको स्रोतले बतायो । अख्तियारले उनलाई कार्यालय बाहिर नजिकको एक होटलबाट घुस सहित पक्राउ गरेको हो । ‘कार्यालयको कर्मचारी घुस सहित नियन्त्रणमा लिएको विषय आधिकारीक रुपमा जानकारी आएको छैन’ नापी कार्यालय चन्द्रौटाका प्रमुख गोविन्दराज जोशीले भने, कार्यालयमा छु, अख्तियारको टोलीले मलाई बाहिर बोलाएका छन्, जाँदैछु ।’

Read More

भैरहवा, जेठ २२ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखी एक महिने ब्युटीसियन तालिम सुरु भएको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा एक महिने ब्युटीसियन तालिमको उद्धघाटन गरिएको हो । तालिमको उदघाटन गर्दै नगरप्रमुख खानले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिपमुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले हरेक क्षेत्रमा महिलालाई सक्षम र सवल बनाउन सिद्धार्थनगर नगरपालिकाले बिभिन्न किसिमका सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताए । नगर प्रमुख खानले महिलाले कुनै न कुनै सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै उद्यमी बन्ने गरी सीप सिक्न तालिमका सहभागीहरुलाई आग्रह…

Read More

भैरहवा, २१ जेठ । गृह मन्त्रालयले चार सहायक सीडिओसहित आठ उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो । हेर्नुस सूची 

Read More

भैरहवा, १८ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकाका विधार्थीहरुलाई साईकल तथा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । गाउँपालिकाको कार्यालयले गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत शुक्रबार विधार्थीहरुलाई साईकल वितरण तथा सम्मान गरिएको हो । रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा अतिविपन्न तथा जेहेन्दार गरी ८५ जना विधार्थीलाई साईकल वितरण गरिएको रोहिणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । उनले भने, ‘कार्यक्रममा कक्षा ८ गाउँपालिकाभरीमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । हरेक विषयका दुईजना सर्वोत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ ।’ कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या…

Read More

भैरहवा, १८ जेठ । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ । आवश्यक सबै मानकपूरा गरी दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको हो । शुक्रवार दुवै वडाद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले वडावासी, कर्मचारी, स्वंयसेविका लगायत सबैको सहयोगले दुवै वडालाई एक साथमा घोषणा गर्न पाइएको बताए । उनले दुवै वडाका महिलाहरु गर्भवती भए देखि लिएर सुत्केरी हुदाँसम्म नियमित जाँच गराउने, अस्पतालमा सुत्केरी हुने…

Read More

भैरहवा, १८ जेठ । सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर ७ र ८ को आयोजनामा गरिएको शिविरमा २९९ जनाले आँखा परिक्षण गराएका छन् । नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नं. ७ र ८ ले शुक्रवार नारायणस्थान मन्दिरको प्राङगणमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेका थिए । ‘आँखा परिक्षण गराएका २९९ जना मध्ये ३७ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष राजनजंग राणाले भने, ‘जसमध्ये २१ जनाको आइतबार लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया हुनेछ भने बाँकी १६…

Read More