Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ३ माघ । एशियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्र्तगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (सहित सात पालिकाहरु) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ । सिद्धार्थनगरमा परियोजना संचालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडिबी, दोस्रो नेपाल सरकार, सिद्धार्थनगर, एडिबी तथा तेस्रो सिद्धार्थनगर, शहरी विकास मन्त्रालय (आयोजना कार्यान्वयन ईकाइ), नगर विकास कोषबीच गरी तीन वटा विभिन्न सम्झौता पत्रमा दस्तखत भएको हो । परियोजना संचालनका लागि कुल बजेटको नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट सिद्धार्थनगरमा २५…

Read More

काठमाडौं, ३ माघ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताएका छन्। उनले नेपालमा पर्यटन प्रवद्र्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको बताए। उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए। उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे । उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए। उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए। उनले भने, ‘हामीले कार्यक्रममै…

Read More

भैरहवा, ३ माघ । घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तीन खेल खेलेको कर्णालीले २ मा जित र एकमा हार व्यहोरेको छ भने लुम्बिनीले दुई खेलमा हार ब्यहोर्दा एकमा जित निकालेको छ । बुधबार रुपन्देहीको भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले मौसमका कारण छोट्याइएको निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको मध्यमस्तरको योगफल बनाएको थियो । कर्णालीका लागि अलराउन्डर दिनेश अधिकारीले ५९ बलमा अविजित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ६ चौका र २…

Read More

भैरहवा, ३ माघ ।लुम्बिनी प्रदेशको यातायात सम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल भएको छ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेका हुन् । छलफलका क्रममा चालक अनुमति पत्र सहज रुपमा तत्काल दिनेबारेमा केन्द्रित भएर छलफल भएको थापो जानकारी दिए । उनले प्रदेशभित्र चालक अनुमति पत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरेको जनाए । सो क्रममा मन्त्री ज्वालाले लुम्बिनी प्रदेशका मन्त्री थापाले उठाएको विषयबारे आफू सकारात्मक रहेको बताए । मन्त्री ज्वालाले चालक अनुमति पत्र छपाइ र सहज रुपमा सेवाग्राहीलाई उपलब्ध गराउन कसरी सकिन्छ…

Read More

बुटवल, ३ माघ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिको बुधबार बुटवलमा बसेको कार्यसमिति बैठकले श्रृङ्खलावद्ध ‘काँग्रेस सम्वाद कार्यक्रम’ सहितका विभिन्न निर्णय गरेको हो । क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा बसेको बैठकले प्रजातन्त्रबादी चिन्तन बोकेका भिन्नभिन्न तह र तप्का, पेशा, बर्ग र क्षेत्रका नागरिकसंग संवाद कार्यक्रम तय गरेको हो ।काँग्रेस सम्वाद नामाकरण गरिएको उक्त कार्यक्रम श्रृङ्खलावद्ध रुपमा सञ्चालन गर्ने र पहिलो चरणको लागि तीन महिने तालिका पारित गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले जानकारी दिए । काँग्रेस सम्बाद कार्यक्रम माघको २० गतेदेखि शुरु हुनेछ । पहिलो सम्वाद निर्वाचन क्षेत्र…

Read More

भैरहवा, ३ माघ ।प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले १५ दिनभित्र प्रहरी समायोजनको निर्देशन दिएको विषयमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले हचुवाको भरमा समायोजन गर्दा समायोजनले पार्ने असरको हेक्का राख्नुपर्दैन भन्ने प्रश्न गरेका छन् । ‘१५ दिनभित्र प्रहरी समायोजन गरिसक्न त निर्देशन दिनुभयो’ उनी भन्छन् ‘प्रधानमन्त्रीज्यू, तर हचुवाको भरमा समायोजन गरिँदा यसले पार्ने असर हेक्का राख्नुपर्दैन ? यसले संघ र प्रदेशबीचको द्वन्द्व शुरु गराउन खोजिएको प्रस्टै छ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता समेत रहेका उनले प्रहरी समायोजन भएलग्त्तै प्रदेश प्रदेशबीच मनमुटाव, वैमनस्यता उत्पन्न हुने उनको तर्क छ । उनले समाजिक संजाल फेसबुक मार्फत भनेका छन्–‘अब प्रहरी समायोजन हुने बित्तिकै प्रदेश…

Read More

काठमाडौं, ३ माघ।विश्वचर्चित इजरायली भ्लगर नास डेली आइतबारसम्म नेपालमा थिए । शनिबार आइपुगेका उनी भोलिपल्ट फर्किए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भिडियो सामाजिक संजालमा सेयर गरेका छन् । बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएका उनले लुम्बिनी पुगेर बौद्ध धर्मगुरुसँग समेत भेटे । लुम्बिनी घुमेको र बौद्ध गुरुसँग भेटेको तस्वीर उनले सामाजिक संजालमार्फत सेयर गरेका छन् । ‘केही भिन्न काम गर्न म नेपाल आइपुगेको थिएँ’ उनले भनेका छन् । खास नाम नुसेर यासिन भएपनि नास डेलीका रुपमा उनी प्रसिद्ध छन् । ६ महिनाअघि उनले शारिरिक ब्यायामको च्यालेन्ज लिएका थिए । अबको ६ महिना आध्यात्मिकरुपमा स्वस्थ हुने च्यालेन्ज उनले…

Read More

काठमाडौं, ३ माघ ।गायक–गायिका मात्र होइन, अभिनेतालाई पनि यतिबेला विदेश दौडाहाको चटारो छ । यो सूचीमा अभिनेता राजेश हमाल अगाडि छन् । हमालका लागि विदेश पानीपँधेरोजस्तै देखिन्छ । उनी महिना दिन बिराएर विदेश घुम्न निस्किरहन्छन् । मंगलबार बेलुका हमाल र अर्का अभिनेता जितु नेपाल अमेरिका उडेका छन् । हमालको लागि यसपटकको अमेरिका यात्रा किन पनि महत्वपूर्ण छ भने उनले त्यहाँ बसोबास गर्ने र आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका नेपालीलाई भेट्दैछन् । ती नेपालीसँग अन्तरक्रिया र छलफल गर्ने हमालले बताएका छन् । स्रोतका अनुसार हमालले अमेरिकी डायस्पोरामा सफल कहलिएका नेपालीसँग छलफल चलाएर यसलाई टेलिभिजन शो वा डकुमेन्ट्रीको आकार दिने बताइएको छ ।…

Read More

काठमाडौं, ३ माघ ।नेपाली काँग्रेसले माघ ७ गते देखि ‘समुदायमा कांग्रेस’ अभियान चलाउने भएको छ । जसमा जिल्लामा सहभागी हुने केन्द्रिय नेताहरुलाई पार्टीले अभिमुखीकरण गरिने जनाएको छ । उक्त अभियान देशभर माघ २२ गतेसम्म चल्नेछ । जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ । प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन…

Read More

भैरहवा, ३ माघ ।७२ औं अन्तरास्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरि मनाईदै छ । माघ ५ गते देखि १२ गते सम्म बिभिन्न सचेतनामूलक एवम अन्य बिविध कार्यक्रमहरुका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसको लागि माघ ५ गते भन्सार एजेन्ट सहितको मूल समारोह समिति गठन गरिने बताए । सोही दिन ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकित होर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचार प्रसार सामाग्रीहरु तयार गरि दिवसको ब्यापक प्रचार गरिनेछ । माघ ७ गते समकक्षी भन्सार संग बैठक गरि ब्यपार सहजीकरणको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८…

Read More