


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
नयाँ दिल्ली । विजय सेतुपति ४६ वर्षका भएका छन् । पक्कै पनि उनलाई शाहरुख खान स्टारर फिल्म ‘जवान’ मा खलनायक काली गायकवाडको भूमिकामा देख्नु भएकै होला । उनको अर्को फिल्म ‘मेरी क्रिसमस’ जनवरी १२, २०२४ मा रिलिज भयो । यसमा उनी कट्रिना कैफको अपोजिट देखिएका छन् । यी दुई हिन्दी फिल्महरू बाहेक, विजयले धेरै ठूला साउथ फिल्महरूमा काम गरिसकेका छन् । जस्तै विक्रम वेधा, सुपर डिलक्स आदि । उनी तमिल सिनेमाका चर्चित सुपरस्टारमध्ये एक हुन् । आफ्नो १० वर्ष लामो करियरमा उनले करिब ५० फिल्ममा काम गरिसकेका छन् तर विजयका लागि यो स्थानमा पुग्न भने सजिलो थिएन ।सुरुका दिनहरूमा उनले…
काठमाडौं, १ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । निगमले भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति मार्फत जनाएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र…
नुवाकोट,२९ पुस ।नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सडकले विकासको धेरै ठेलो सम्भावना खुलेको बताएका छन् । ‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ’, नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’ उनले थपे- ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र…
भैरहवा, १ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमको जितमा शेर मल्ल ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा अविजित रहे । ओपनर खड्क बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा आउट भए । लुम्बिनीका अभिषेक गौतमले…
काठमाण्डौं, १ माघ । वाणिज्य बैंकहरुले निक्षेपमा दिने बैंकको ब्याजदर घटाउँदा कर्जामा लिने ब्याज पनि घटेको छ । बैंकहरुले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको विवरणअनुसार मंसिर मसान्तमा वाणिज्य बैंकको आधारदर औसतमा ९.६९ प्रतिशत रहेको छ । पुसको तुलनामा माघमा बैंकको ब्याजदर औसतमा ०.८२ प्रतिशतले घटेको छ । बैंकमा कर्जाको माग घट्दै जाँदा निक्षेप थुप्रने क्रम बढेको छ । कर्जाको माग कम हुने, निक्षेप बढ्दै जाँदा बैंकहरुले ब्याजदर धमाधम घटाउन थालेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ८ वटाको आधारदर १० प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी १२ बैंकको आधारदर…
काठमाडौँ । अहिले हामी जस्तो खालको जिन्दगी बाँचिरहेका छौँ, यसमा सबैभन्दा धेरै मानसिक स्वास्थ्य प्रभावित भइरहेको छ । तनावमा हुँदा मान्छेले आफैँलाई चिन्तामा यति डुबाउँछ कि कोही–कोही त डिप्रेशनकै शिकार हुन्छन् । यस्तो समस्यासँग जुधिरहेको व्यक्तिका लागि उनको पार्टनरले बेष्ट थेरापिष्टको काम गर्न सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? सुन्दा अचम्म लागे पनि यो वास्तविकता हो । कयौँ अनुसन्धानहरुले यो कुरालाई पुष्टि पनि गरिसकेका छन् । पार्टनरको साथले हामीलाई कयौँ खालका रोगबाट बचाउन सक्छ । यति मात्रै होइन मानसिक स्वास्थ्य सुधार्न पनि उपयोगी हुन्छ पार्टनरको साथ । तर यसका लागि कुराकानी भने गर्न जरुरी छ । पार्टनरसँग कुराकानी गर्नु…
काठमाडौँ, १ माघ।सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । उनले भने, ‘समितिबाट प्रतिवेदन प्राप्त भएको छ, मन्त्रीज्यूले त्यसलाई कार्यान्वयन गर्छु भन्नुभएको छ ।’ बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा…
एजेन्सी – कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह ‘सी’ मा इरान र संयुक्त अरब इमिरेट्स (युएई) ले जित निकालेको छ । आइतबार इरानले प्यालेस्टाइनलाई ४–१ र युएईले हङकङलाई ३-१ ले हराएको थियो। इरानका करिम अन्सारिफार्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १२ औं मिनेटमा शोजा खलिलजादेहले र ३८ औं मिनेटमा मेहदी अब्दोलहामिद घएदीले गोल थपेका थिए। पहिलो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल फर्काएका थिए। सरदार अजमौनले ५५ औं मिनेटमा गोल गरेपछि इरानले फराकिलो अन्तरको जित निकालेको थियो।आइतबार समूह ‘डी’मा जापानले भियतनामलाई ४–२ ले हराएको थियो। एसियन कपमा सोमबार नेपाली समयअनुसार साँझ ५:१५…
भैरहवा, २९ पुस ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडा र जुत्ता बरामद गरेको छ । साथै, तस्करीका साम्रगीमा प्रयोग भएको एउटा कन्टेनर (ट्रक) पनि नियन्त्रणमा लिएको जनाएको छ । रुपन्देही प्रहरीका सूचना अधिकारी मनोहर प्रसाद भट्टका अनुसार सिद्धार्थनगर नगरपालिका–८ सिटी अस्पताल चोक स्थित ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरेर लैजान लागेको अवस्थामा थानको कपडा ५ सय ६० थान (१४६३६ मिटर), लेडिज जुत्ता ३ सय ४० जोर, नेट कपडा १ सय ८९ थान (५१०४ मिटर), दोसल्ला ४ सय ४२ थान र साडी ६ सय १२ थान बरामद भएको हो । बरामद साम्रगीको…
दाङ, २९ पुस ।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई अफ्ठ्यारो पर्ने नदिइने बताएका छन् । लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउदै उनले कानुन बनाउनु कुरा ठुलो कुरा नभएको र कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताए । कानुन निर्माणमा स्थानीय तह, प्रदेश र संघको संयन्त्र बनाउन जरुरी रहेको उनको भनाइ छ । कपिलवस्तुको शिवपुरमा प्रदेश सभा सचिवालयले आइतबार लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती मगरले संघीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नुपर्ने बताए । सभामुख घर्ती मगरले भने– ‘संघीयता…