


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ११ मंसिर। जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। जसपाका अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले संयुक्त चुनाव चिह्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अशोक राईले जसपाको कुनै पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकता नहुने र चुनावपछि पनि कुनै कम्युनिष्ट पार्टीमा मिसिने योजना नभएको स्पष्ट पारे। उनका अनुसार तीन पार्टी मिलेर एउटै चिह्नबाट चुनाव लड्ने र जसपा समाजवाद र संघीयता आत्मसात गर्ने मार्गमै रहनेछ। रेशमलाल चौधरीले राजनीतिको स्वभाव नै टुटफुट भए…
काठमाडौं,११ मंसिर । नेपाली कांग्रेसमा महाधिवेशनको विषय सहमती जुट्न नसक्दा केन्द्रीय कार्यसमितिको बैठक स्थगित हुँदै गएको छ । बिहीवारका लागि डाँकिएको बैठक महाधिवेशनबारे सहमति नभएपछि फेरी शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बुधवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए। तर सहमति हुन नसकेपछि बैठक एक दिन पर धकेलिएको हो। सभापति शेरबहादुर देउवाले मध्यमार्गी बाटो तय गर्न खोजको दुई साता बित्दा पनि निचोड निस्किएको छैन। बरु नेताहरुमा पार्टी फुटको संशय बढ्न थालेको छ । पुसभित्रै महाधिवेशन नभए राजीनामा दिने चेतावनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश…
काठमाडौं,११ मंसिर । नेकपा एमालेले विघटित संसद् पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) को मुख्य सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले मंगलबार दायर गरेको रिट बुधबार दर्ता भएको हो। बर्तौलाका अनुसार सर्वोच्च प्रशासनले उक्त रिटमा मंसिर १७ गतेका लागि पेशी तोकेको छ। एमालेले रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएको छ। रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ। प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको…
भैरहवा, ११ मंसिर। रुपन्देहीको भैरहवामा अगामी भोली (मंसिर १२) देखि स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको यो १२ औं संस्करण हो। आयोजक संस्था रुपन्देही क्रिकेट संघले भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ। पुस १ गतेसम्म चल्ने प्रतियोगिताका लागि पर्वत ज्वेलर्स भैरहवाका संचालक विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुरबुवाको स्मृतिमा प्रतियोगिताको प्रायोजन गर्दै आएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए। उनका अनुसार यसवर्ष विगतका वर्षहरुमा भन्दा ६ वटा विद्यालयको सहभागिता बढेको छ। प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरु सहभागी…
भैरहवा, ११ मंसिर। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर लामिछाने तर्फका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। यसअघि मंसिर ४ गते पनि लामिछानेका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो…
काठमाडौं, ११ मंसिर। नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट आजदेखि प्रचलनमा राष्ट्र बैंकले ल्याएको हो । उक्त नोट सङ्केत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ। ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ।’भन्ने लेखिएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्शा, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो…
काठमाडौं,१० मंसिर। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरवार घेरेर मात्र देश विकास नहुने भन्दै युवाहरुलाई कार्यशैली सुधार्न आग्रह गरेका छन्। मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरवार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरुको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फागुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरुलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।’ मन्त्री पुनले बुढा नेताहरु लोभी पापी र स्वार्थी समूहहरुले घेरिएकोले देशको संयन्त्रहरु बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् ।
काठमाडौं,१० मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आपगाईंसहित इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन नायब सुब्बा रविनकुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहाललाई प्रतिवादी कायम गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, राहदानीवाहक विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतोलाई पनि प्रतिवादी बनाइएको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वास्तविक जन्ममितिभन्दा उमेर हेरफेर गरी उमेर घटाएर सरकारी कागजात सच्चयाई व्यक्तिको राहदानी जारी…
काठमाडौं,१० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २७ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले बुधवार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। गैर हाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । प्रकाशित सूचना अनुसार दुई जना बाहेक अन्य प्रहरी जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा छैनन्। प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात…
काठमाडौं, १० मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि आफ्नो एक महिनाभन्दा लामो संघर्ष कार्यक्रम सुरु गर्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले अघि सारेका मुख्य माग तथा राष्ट्रिय मुद्दा सम्बन्धी ज्ञापनपत्र आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ। उनका अनुसार मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर–बजारमा विरोध कार्यक्रम हुनेछ। मंसिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना आयोजना गरिनेछ। त्यस्तै मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुनेछन्। पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगंजमा र पुस १७ गते भैरहवामा…