


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफुले कुनै गल्ती नगरेको र आफुमाथी मिडिया ट्रायल भएको बताएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा संचारमन्त्री हुँदा खरेलले स्मार्ट टेलिकमसँग घटनामा रकम हिनामिना गरेको भन्दै समाचारहरु प्रकाशित भएपछि बिहीवार उनले सामाजिक संजालमा स्ट्याटस लेख्दै आपत्ति जनाएका छन् । उनले आफ्नो नाम जोडेर नियोजित रुपमा ‘फेक न्युज’ फैलाइएको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरुलाई आग्रह गरेका छन्। यस्तो छ उनको स्ट्याटस:
भैरहवा, २४ बैशाख । भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकाको विभिन्न स्थानबाट ३ लाख बढी मूल्य बराबरको कपडा, मोटरपार्टस, कुखुरा लगायतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, बरामद सामग्री आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।
दाङ,२४ बैशाख। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ। स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार, बिहीवार बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव राम पराजुलीलाई सरुवा गरेको छ भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सचिव जानुका पण्डितलाई ल्याउने निर्णय गरेको छ । यस्तै, अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री सारुले जनाए । उनका अनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति…
काठमाडौं,२४ वैशाख। प्रहरीले जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको पातारासी गाउँपालिका–५ का ४१ वर्षीय वडाअध्यक्ष दत्त बहादुर बुढा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। जबरजस्ती करणी गरेको भन्ने महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले बढुालाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं,२४ बैशाख। नेपालको स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ ।बिहीबार सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ। बुधबार ५ हजार ८०० रुपैयाँले बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार प्रतितोला सुन २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
काठमाडौं,२३ बैशाख । सरकारले ११ सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र अन्तर्गत कार्यरत सहसचिवहरुको सरुवा गरेको हो। सरुवा सूचीअनुसार ,प्रधानमन्त्री कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ भने सञ्चार मन्त्रालय अन्तर्गत रहेका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ। कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :
भैरहवा,२३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला–नगरतर्फको उपाध्यक्षमा भैरहवाका व्यवसायी कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार शर्माले ८७ मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित शर्मा सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निवर्तमान अध्यक्ष हुन् । त्यस्तै महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ९ सय ७ मत प्राप्त गरी भैरहवाका युवा उद्यमी सुरज उप्रेती निर्वाचित भएका छन्।इन्जिनियर समेत रहेका उप्रेती रुपन्देहीमा होटल, रियल स्टेट, बैंक तथा बित्तीय संस्था, शिक्षण संस्था, खाद्यन्न लगायतका व्यवसायमा छन् । यस्तै प्रतिष्ठित औद्योगिक घराना पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ…
भैरहवा,२३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रुपन्देहीका वरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार, १ हजार ८२ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । करिब तीन दशकदेखि उद्योग–व्यवसायमा सक्रिय अग्रवाल यसअघि पनि सोही पदमा रहेर काम गरिसकेका छन्। उनले सिद्धार्थ उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै महासंघको अघिल्लो कार्यसमितिमा उद्योग समितिको सभापति समेत भएका थिए। अर्घाखाँची सिमेन्ट लिमिटेडसहित श्री स्टिल्स, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल इन्डष्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ मिनिरल्स, एक्सन पोलिमर्स, एसिएन कंक्रिटो र सिद्धार्थ पेट प्लाष्ट इन्डष्ट्रिजका सञ्चालक अग्रवाल निजी क्षेत्रका स्थापित उद्योगी हुन्। उद्योगसँगै उनले शिक्षा, स्वास्थ्य…
काठमाडौं,२३ बैशाख । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबारसँग सम्बन्धित विभिन्न एप तथा प्रणालीको दुरुपयोग गरी बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटना बढ्दै गएकोले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। ब्यूरोका अनुसार, कनेक्ट आइपिएससँग जस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट प्रयोगकर्तालाई झुक्याउने सन्देश तथा एलर्ट पठाउने गरिएको पाइएको छ। यस्ता माध्यमबाट प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाई व्यक्तिगत विवरण प्राप्त गर्ने र त्यसैको आधारमा बैंक खातामा अनधिकृत पहुँच पुर्याएर ठूलो मात्रामा रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोले जनाएको छ। ब्यूरोले सर्वसाधारणलाई यस्ता शंकास्पद लिङ्क नखोल्न, आधिकारिक वेबसाइट मात्र प्रयोग गर्न, आफ्नो व्यक्तिगत तथा बैंकसम्बन्धी विवरण गोप्य…
काठमाडौं,२३ बैशाख । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक आह्वान गरेका छन्। रिक्त रहेका संवैधानिक निकायका पदहरुमा नियुक्ति सिफारिस गर्ने उद्देश्यसहित बैठक आह्वान गरिएको हो। बैठक बिहीबार साँझ ५ बजे बस्ने तय गरिएको छ। हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका महत्वपूर्ण संवैधानिक पदहरु रिक्त रहेका छन्। सरकारले दोस्रोपटक सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस रहनेछ। बैठकमा संवैधानिक परिषद्का सदस्य सभामुख डोलप्रसाद अर्याल (डीपी), राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका…