


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
कपिलवस्तु,२३बैशाख। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ८ जना चालकहरुलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत कार्यालयहरुले सञ्चालन गरेको मादक पदार्थ सेवन (मा.प.से.) नियन्त्रण विशेष अभियान अन्तर्गत सप्राइज चेकिङमा मापसे गरेर गाडी चलाउने ८ जना चालकहरुलाई कारवाही गरिएको हो । सप्राइज चेकिङमा ट्र्याक्टर, निजी जिप/कार एक-एक र ६ वटा मोटरसाइकल/स्कुटरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सवारी साधनका चालकले नै मादक पदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर नियम उल्लंघन तथा दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ। यस्तो गतिविधिले चालक मात्र नभई यात्रुहरु समेत जोखिममा पर्ने भएकाले सतर्क रहन…
सलमान खानभैरहवा । भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा (भैरहवा विमानस्थलबाट केही दुरीमा रहेको) संचालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनोको म्यानेजरसहित १९ जना नेपाली नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केही महिना अघि संचालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेशसँगै क्यासिनो खेल्दै आएको गुनासो थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, मंगलबार राती क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र…
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का १९ जना पदाधिकारीहरु पदमुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मनिता श्रेष्ठका अनुसार, सरकारद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशको दफा (२) को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरु वैशाख १९ गतेदेखि लागू हुनेगरी स्वत: पदमुक्त भएका हुन् । यी हुन् पदमुक्त भएका पदाधिकारीहरु, हेर्नुहोस् सूची:
काठमाडौं,२२ बैशाख । नेपाली कांग्रेसले पाँच भ्रातृ संगठनको म्याद थप नगर्ने निर्णय गरेपछि ती संगठन स्वतः विघटन भएका छन्। विघटन हुनेमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्। तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका छन्। महाधिवेशन गर्न नसकेपछि नेतृत्व परिवर्तनसँगै भ्रातृ संगठनका अध्यक्षहरु जिम्मेवारीबाट अलग भएका हुन्। पार्टीले यसअघि २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघलाई निर्देशन दिएको थियो भने पछि केही समय थप गरिएको थियो। उक्त समयसीमाभित्र महाधिवेशन गर्न नसकेमा स्वतः पदावधि समाप्त…
काठमाडौं,२२ बैशाख। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरुका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव रविन ढकालका अनुसार आगामी जेठको पहिलो हप्ताबाट बचत फिर्ता सुरु गर्न तयारी गरिएको छ। यसअघि मागदाबी गरिसकेकालाई प्राथमिकता दिइने र छुटेकाहरुका लागि साउनको पहिलो हप्तामा पुनः आवेदन खुला गरिने उनको भनाइ छ । समितिले बचत मिलानका लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने जनाएको छ। समितिको कोषमा रकम अभाव भएमा सरकारले विनियोजन गरेको चक्रीय कोषबाट सापटी लिएर भए पनि बचतकर्ताको रकम भुक्तानी गरिने रणनीति बनाइएको छ। साथै, कर्जा नतिर्ने ऋणीमाथि कडाइ गर्दै…
भैरहवा, २२ बैशाख । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले बजारमा बिक्री हुने खाद्यन्न लगायतका सबै उपभोग्य वस्तुमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न उद्योगी-व्यवसायीहरुलाई निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकारको प्रचलित ऐन, नियमावलीअनुसार खाद्यवस्तुसहित सबै उपभोग्य सामग्रीमा एमआरपी राख्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले समेत सोही विषयमा पत्राचार गरेको जनाउँदै नगरपालिकाले सिद्धार्थनगरभित्रका उद्योगी, व्यवसायी र सरोकारवालालाई अनिवार्य रुपमा एमआरपी उल्लेख गर्न निर्देशन दिएको हो । हेर्नुहोस् सूचना:
भैरहवा,२२ बैशाख । भारतबाट भन्सार छलेर भित्राइएका विभिन्न सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँचको क्रममा भन्सार छलेर ल्याइएका २७ लाख ८० हजार बढी मूल्य बराबरको कपडा, कसमेटिक्स, किराना सामग्री, कुखुरा, केरा, पटका लगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, बुटवल उपमहानगरपालिका, रोहिणी गाउँपालिकालगायत क्षेत्रबाट उक्त सामग्रीहरु बरामद भएको छ । साथै, उक्त सामान ढुवानीमा प्रयोग गरिएका मोटरसाइकलहरु समेत नियन्त्रणमा लिइएको छ । बरामद सामग्री आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको बताएको छ । जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत इन्धन लिने गरिएको विषयमा मन्त्री निशा मेहताले छानबिन गर्न निर्देशन दिएकी हुन्। जसपश्चात गत वैशाख १५ गत छानबिन समिति गठन गरिएको थियो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरणलगायत सम्बन्धित कागजातको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको जानकारी दिए ।
काठमाडौं,२२ बैशाख। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र इन्धनको तीव्र मूल्यवृद्धिका कारण आयोजनाहरु प्रभावित भएको भन्दै सरकारलाई एक साताभित्र आवश्यक नीतिगत निर्णय र मूल्य समायोजन गर्न आग्रह गरेको छ। यदि उक्त अवधिमा माग सम्बोधन नभए निर्माण कार्य स्वतः बन्द हुने चेतावनी महासंघले दिएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले मूल्य समायोजनको मार्ग निर्देशिका वा परिपत्र तत्काल जारी गर्न र सबै अवधिका ठेक्को हकमा मूल्य समायोजनको व्यवस्था गरि निर्माण व्यवसायीहरुलाई तत्काल राहत दिन माग गरेको छ। वर्तमान परिस्थितिका कारण निर्माण आयोजनाहरु पूर्व निर्धारित समयमा नै सम्पन्न हुने कुनै सम्भावना नरहेकाले बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्तिसहित सबै आयोजनाहरुको म्याद…
काठमाडौं,२२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। आइतबार राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरेको सोही अध्यादेश सोमबार बसेको मन्त्रीपरिषद बैठकले पुनः दोस्रोपटक सिफारिस गरी राष्ट्रपतिसमक्ष पठाएको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले आज अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको उल्लेख छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुन्छ। परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभा…