Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौ, २८ फागुन। देशभरका ८४ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। केही क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन्। निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्ष जितेको दाबी गरेको छ । त्यस्तै, अनेरास्ववियुले ३० वटा क्याम्पसमा र अखिल क्रान्तिकारीले २१ क्क्याम्पसको अध्यक्ष जितेको दाबी गरेको छ। त्यस्तै काठमाडौं उपत्यकाका २२ मध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध बनेको छ । काठमाडौँको शंकरदेव क्याम्पसको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको…

Read More

काठमाडौ, २८ फागुन। सरकारले ल्याएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ संसद्‌मा पेस गरिएको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक सुशासनको खिलाप रहेको भन्दै सांसदहरुले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विधेयक पेस गरेका हुन्। अब उक्त विधेयकमाथि संशोधन दर्ता गराउन सांसदहरुलाई ७२ घण्टाको अवधि हुनेछ। त्यसपछि उक्त विधेयक माथि संसदीय समितिमा छलफल हुनेछ। सरकारले मुलुकमा सुशासन कायम गर्न र गैरआवासीय नागरिकको अधिकार अभिवृद्धि गर्न भन्दै १२ वटा ऐनलाई संशोधन गर्न भन्दै अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो।

Read More

काठमाडौ, २८ फागुन । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ। बा.प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई सह-चालक सुमन खड्का गम्भिर घाइते भएका थिए। रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

हुम्ला, २८ फागुन। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्नका लागि नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न नागरिकता पेश गर्नुपर्ने भएको हो। त्यहाँ नागरिकताको फोटोकपी गर्दा १० रुपैयाँ लाग्छ। लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन लिने व्यक्ति नदोहोरिऊन् भनेर नागरिकताको प्रतिलिपि लिने गरेको बताए। वडा कार्यालयले सिफारिस गर्दा पनि हुने तर वडाध्यक्ष आवश्यक परेको बेला नभएको अवस्थामा पनि नुन वितरण गर्नका लागि नागरिकताको प्रतिलिपि माग गरिएको उनले बताए। यसरी नागरिकताको प्रतिलिपि पेश गरेपछि एकजनालाई १० केजी नुन बिक्री गर्ने…

Read More

भैरहवा, २८ फागुन। पश्चिम नवलपरासी जिल्लामा स्थित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा संचालित प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम संचालनमा छ । जसअन्र्तगत तालिमका १०६ प्रशिक्षार्थीहरुले पर्वत जिल्लाको कुस्मास्थित द क्लिफमा बन्जी जम्प गरेका छन्। नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई विभिन्न साहसिक गतिविधिमा सहभागी गराउँदै आएको छ। महाविद्यालयका प्राचार्य एसएसपी दीपशमशेर जबराले प्रहरीलाई जुनसुकै अवस्थामा तयार रहनका लागि कमाण्डो तालिम अन्र्तगत साहसिक गतिविधिमा संग्लन गराइएको बताए । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा मुलुकमा हुनसक्ने सशस्‍त्र बिद्रोह, आंतककारी गतिविधि, साम्प्रदायिक दंगा, प्राकृतिक प्रकोप जस्ता गम्भिर प्रकृतिको घटनाहरुको नियन्‍त्रण तथा व्यवस्थापन गर्नको साथै सार्वजनिक सुरक्षा, महत्वपूर्ण स्थलको सुरक्षा, विशिष्ट…

Read More

काठमाडौ, २८ फागुन। मुलुकमा बढ्दो रोजगारी र डगमगाएको अर्थतन्त्रले युवापुस्ताहरुका साथै सर्वसाधरणहरुमा निराशा छाएको छ । वैदेशिक रोजगारीको सिलसिलमा युवाहरु विदेशिन बाध्य छन् । यही मौकामा विदेशमा आर्कषक तलब सुविधासहितको रोजगारीका लागि सर्वसाधरणहरु ठग/दलालको प्रलोभनमा समेत फस्दै गएका छन् । यस्तै, एक जना पीडितबाट रोजगारीका लागि अमेरिका पठाउने भन्दै पटक पटक गरी ५३ लाख लिएर सम्पर्कबिहिन भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ड नगरपालिका-८ का ४० वर्षीय ललित लिम्बु भन्ने ललित बहादुर ईवारम र सोही स्थानका ३३ वर्षीय दिपेश लिम्बु भन्ने दिपेश सुब्बा लिम्बु रहेको प्रहरीले जनाएको…

Read More

सर्लाही, २८ फागुन। सर्लाही प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय राम नारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवीलाईरहेको प्रहरीले जनाएको छ । भारतबाट बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको मलङ्गवा नगरपालिका–८ गोरखकालीस्थित सडकखण्डमा खानतलासी गर्दा कार्टुनमा प्याक गरी ल्याएको एक हजार दरका १७६ थान (एक लाख ७६ हजार) नक्कली…

Read More

भैरहवा, २७ फागुन। जवानीमा अपराध गरेर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ। जघन्य अपराध हत्या गरेर फरार भएका पर्वत जिल्ला महाशिला गाउँपालिका–५ का ५७ वर्षीय गम्भिर गुरुङ र सोही स्थानका ५५ वर्षीय तेज बहादुर गुरुङलाई ३७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पक्राउ परेका गम्भिर गुरुङ वर्षौ देखि रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित फ्यूचर लाइट ईङलिस बोर्डिङ स्कूल संचालन गरेर बसेका थिए। उनी विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) समेत हुन्। पर्वतबाट आएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। मुद्दाका फरार प्रतिवादी गम्भिर गुरुङलाई मायादेवी गाउँपालिका–८ बसडिलवाबाट र तेज बहादुर गुरुङलाई ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट पक्राउ…

Read More

महोत्तरी, २७ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुससहित मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजनालाई पक्राउ गरेको छ। सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ घुससहित खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी (लेखनदास) जिवछ महतोलाई कार्यालयबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

Read More

भैरहवा, २७ फागुन। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल बनायो। मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ११ चौका र २ छक्काको मद्दतले ९२ रन जोड्न सफल भए । यस्तै, ओपनर तथा कप्तान अनिलकुमार साहले १० चौकाको मद्दतले ७५ रन बनाए । दिपेश दासले नटआउट ६० बलमा ७ चौका र…

Read More