


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौँ,७ पुस । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार सहकारी ठगी प्रकरणमा उनीविरुद्ध फरक फरक तीन कसुरमा सो बराबरको बिगो माग दाबीसहित मुद्दा दायर भएको हो ।
वीरगंज, ७ पुस । सशस्त्र प्रहरीले किराना पसलमा ठुलो परिमाणमा भण्डारण गरी राखिएको लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–३ प्रगतिनगर स्थित सृष्टी किराना जनरल स्टोरमा खानतलासी गर्दा ठूलो परिमाणमा ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागुऔषध बरामद भएको हो । सशस्त्र प्रहरीका अनुसार उक्त पसलबाट पाँच वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० थान ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको छ । सोही स्थानका पक्राउ गरिएका पसलका संचालक राजाराम महतो कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा…
पोखरा, ७ पुस । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध तीनवटा मुद्दा दर्ता भएको छ । पक्राउ परेको ९२ दिन पछि कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्मालेजानकारी दिइन । उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । उनी सहित ४४ जनालाई विपक्षी बनाइएको छ ।
भैरहवा, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्टसले उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि उचालेको हो । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी भएको बोल्टसले सुदूरपश्चिमले दिएको १ सय ८५ रन लक्ष्यलाई पछ्याउँदै १९.२ ओभरमा पाँच विकेटले जित हात पारेको हो। जनकपुरको जितका लागि खेलाडी लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाउन सफल भए । यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन्। जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन…
भैरहवा, ५ पुस । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएको विभिन्न सामग्रीहरु बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भैरहवाको बुद्धचोकमा चेकजाँचका क्रममा अवैध रुपमा भित्राइएको मोबाइलका डिस्प्ले, कपडा लगायतका साम्रगीहरु बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार १३ लाख २६ हजार बढी मूल्य बराबरको एक हजार दुई सय थान विभिन्न ब्राण्डका मोबाइल डिस्प्ले, ४१ थान सुट, ४२ थान बेल्ट, २३ थान स्विटर, किरानाका साम्रगीहरु बरामद भएको छ । बरामद सामग्रीहरु नियन्त्रण लिएर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ…
भैरहवा, ५ पुस ।भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पताल परिसरमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । भैरहवास्थित नेपाली सेनाको श्री कालि भक्ति गणको टोलीले अस्पतालको पार्किङ क्षेत्रमा घडी, तार र ब्याट्री जडान गरी ह्याण्डलाई डोरीले बाँधेर राखिएको प्रेसर कुकरलाई पड्काएर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जानकारी दिए । फेला परेका प्रेसर कुकर जिर्ण अवस्थामा थियो । जसलाई पड्काएर डिस्पोज गरिएको हो । ‘उक्त वस्तु कसले र किन राख्यो अझै खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘अस्पताल प्रशासनसँग चन्दा माग गरेको लगायतको विषयमा हामीलाई उजुरी प्राप्त भएको छैन तर घटनाका…
भैरहवा, ५ पुस । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पताल भैरहवामा शंकास्पद बस्तु फेला परेको छ । अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा फेला परेको उक्त शंकास्पद बस्तुमा प्रेसर कुकर, घडी, तार र व्याट्रि जडान गरिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीसहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
भैरहवा, ५ पुस । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बैकिङ कसुर मुद्दामा सजाए पाएको फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्ला अदालत रुपन्देहीका न्यायधिशको इजलासले ०८१ जेठ २१ गते लुम्बिनी सांस्कृतिक नगरपालिका-१ की आरती चौधरीलाई बैकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै ७ दिन कैद र एक करोड ४० लाख रुपैयाँ जरिवाना सजाएको फैसला गरेका थिए । त्यसयता चौधरी फरार थिइन् । अदालतको फैसला कार्यान्वयनका लागि फरार रहेको चौधरीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा पेश गरेको थियो । जसअनुसार अदालतले कैद सजाए भुक्तानका लागि उनलाई जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना…
बर्दिया, ५ पुस । लुम्बिनी प्रदेशको पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले ‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर घुम्न जाउँ बर्दिया अभियान सुरु गरेको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रम अन्र्तगत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जस अन्र्तगत आन्तरिक र बाह्य पर्यटकलाई आर्कषित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो । अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान…
लुम्बिनी, ५ पुस । लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुईवटा बस बिहीबारदेखि सञ्चालन सुरु गरेको छ । एसियाली विकास बैंंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएकामध्ये दुईवटा बसको परीक्षणका लागि सञ्चालन सुरु गरिएको हो । एसियाली विकास बैंकको अुनदान सहयोगमा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानूनी उल्झनका कारण बस र भ्यान सञ्चालन…