Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बुटवल,१२ बैशाख। रुपन्देहीको बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ को २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सतिस रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरिएको छ । घटना पश्चात गठित नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले इन्दुलेखा क्लिनिकमा कार्यरत डा. रुपाखेतीले उपचारमा लापरवाही गरेको पाएपछि उनलाई निलम्बन गर्न सिफारिसका आधारमा काउन्सिलको जुम बैठकले तत्कालका लागि उनलाई निलम्बन गर्ने निर्णय गरेको छानबिन समितिका संयोजक डा.सम्राट पराजुली बताए । त्यस्तै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ। शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै काउन्सिलका सदस्य समेत रहेका संयोजक डा. पराजुलीले ईन्दुलेखा क्लिनिक र जोनल…

Read More

काठमाडौं,१२ बैशाख। सशस्त्र प्रहरी बल, नेपालका ७ जना प्रहरी उपरीक्षक (एसपी) हरुलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त ७ पदमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । को-को भए बढुवा सिफारिस ? हेर्नुहोस् सूची :

Read More

बुटवल,१२ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजारमा ल्याइएका तरकारी बिक्री नभएको कारणले किसानहरुले असन्तुष्टी जनाएका छन् । बजारमा ग्राहक अभावका कारण तरकारी विक्री नहुँदा ल्याइएका तरकारी कुहिएर फाल्नुपर्ने अवस्था आउँदा उनीहरु असन्तुष्टी जनाएका हुन् । काउली, मुला, फूलगोभी जस्ता तरकारी बिक्री हुन नसकेको गुनासो छ। बुटवल उपमहानगरपालिका–६ मा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र लगायत अन्य हाटबजारमा समेत बिक्री गर्न नपाउँदा तरकारी सुकेर तथा कुहिएर नष्ट हुने अवस्था आएको किसानहरूले बताएका छन्। व्यापारीहरुको सिन्डिकेट र बजार व्यवस्थापनको कमजोरीका कारण उत्पादन बिक्रीमा समस्या भएको उनीहरुको आरोप छ। नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रीता केसीले बुटवलस्थित…

Read More

काठमाडौं,१२ बैशाख । सशस्त्र प्रहरी बल, नेपालका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिले उनीहरुलाई डीआईजी बढुवा सिफारिस गरेको हो। को-को भए बढुवा सिफारिस ? हेर्नुहोस् सूची:

Read More

भैरहवा, १२ बैशाख । रुपन्देही प्रहरीले लागुऔषध ओसारपसार र सेवन गर्ने आरोपमा २० जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा लागुऔषध ओसारपसार र सेवन गर्ने २० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । तर, नियन्त्रणमा लिइएको व्यक्तिको नाम, थर, वतन भने सार्वजनिक गरिएको छैन । उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा,१२ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कुहिने फोहोर दैनिक संकलन हुने र सडकमा फोहोर फालेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना कारवाही हुने जनाएको छ । पालिकाले वडा नं.१ स्थित डण्डाखोला किनारमा अव्यवस्थित तरिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो । प्रदूषण फैलिएकाले भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई गर्दै बैशाख ४ गते अदालत भनेको थियो–‘हाललाई वातावरण तथा स्वास्थ्य प्रतिकुल असर नपर्ने गरी फोहोरमैला व्यवस्थापनको यथोचित प्रबन्ध गर्नु गराउनु भनी अन्तिरम आदेश जारी गरी दिएको छ।’ जसपश्चात केही दिनअघि देखि पालिकामा फोहोर संकलन र व्यवस्थापन प्रभावित भएको थियो । कार्यालयले शनिवार एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न आग्रह गरेको…

Read More

काठमाडौं,११ बैशाख। प्रधानमन्त्री बालेन्द्र शाहले खोला किनारमा रहेका सुकुम्वासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेख्दै उनले प्रत्येक वर्ष बाढीका कारण हजारौँ नागरिकको विचल्ली हुने गरेको र ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउने गरेको पनि स्मरण गराएका छन्। उनले यो समस्या वर्षौँदेखि दोहोरिँदै आएकोले थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको जोड दिएका छन्। प्रधानमन्त्री शाहले खोला किनारका बस्तीका कारण डुबानको जोखिम मात्रै नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको बताएका छन् । जसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको उनको तर्क छ। उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण…

Read More

भैरहवा, ११ बैशाख । पोखराबाट भैरहवा आउँदै गरेको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार, दुर्घटना भएको ग २ ख १८३६ नम्बरको बसमा करिब ३० जना सवार थिए । उद्दार कार्य भइरहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्कीले बताए । उनका अनुसार, दुर्घटना घाइते भएका २७ जनालाई उपचारका लागि जीपी अस्पताल बेलचौतारामा लगिएको छ । ‘अहिलेसम्म कुनै हताहतीको सूचना प्राप्त भएको छैन’,उनले भने, ‘ प्रहरी घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।’

Read More

काठमाडौं,११ बैशाख। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष चार बुँदे माग पेश गर्दै बस्ती व्यवस्थापनसम्बन्धी सरकारी निर्णयप्रति ध्यानाकर्षण गराएको छ। मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुम्वासी समुदायलाई बलपूर्वक विस्थापन गर्ने तयारीप्रति आपत्ति जनाउँदै उक्त निर्णयमा तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्। मागपत्रमा बस्ती खाली गराउने सम्बन्धी जारी सूचना फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यप्रक्रियालाई सक्रिय बनाउँदै प्रमाणीकरण तथा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। हेर्नुहोस् पत्र

Read More

पोखरा, ११ बैशाख । यस एरियाको डन हुँ भन्दै भय सृजना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ व्यास नपा-२ घरभई हाल जिल्ला कास्की पोखरा मनपा-८ सिमलचौरका ३२ वर्षीय सुवास कायस्थ र सोही स्थानका ३१ वर्षीय सुरज कायस्थ रहेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार, लेकसाइड क्षेत्रमा पर्यटक तथा स्थानीय व्यवसायीहरुलाई धाकधम्की देखाउने, त्रास देखाउने तथा ‘यस एरियाको डन हुँ’ भन्दै भय सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई नक्कली पेस्तोलसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको घर कोठा खानतलासी गर्दा नक्कली पेस्तोल,…

Read More