Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

सर्लाही, २१ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर कौशल कुमार मधुकरलाई घुसरकमसहित नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यका लागि सेवाग्राहीसँग माग गरेको १ लाख रुपैयाँघुस लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको हो। साथै, स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँ पनि बरामद भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकोछ।

Read More

भैरहवा,२१ असोज। रुपन्देहीको भैरहवामा ‘भैरहवा दसैं महोत्सव–२०८३’ आयोजना हुने भएको छ। लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म भैरहवाको गल्लामण्डी रोडस्थित सुगरमिल क्षेत्रमा महोत्सव सञ्चालन हुने भएको हो। बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नारायणप्रसाद कोइरालाले दसैं पर्वको अवसरमा स्थानीय व्यापार–व्यवसाय र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारसँगै भारतका चर्चित कलाकारको प्रस्तुति रहने बताइएको छ। उनका अनुसार, महोत्सवमा दुर्गेश थापा, प्रीति पासवान, गंगु क्षेत्रीलगायत कलाकार र भारतबाट अभिनेत्री अक्षरा सिंह, राजा भोजपुरियालगायतको प्रस्तुति रहनेछ। भैरहवा नेपाल–भारत सीमा नाका, लुम्बिनीको प्रवेशद्वार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटकीय…

Read More

काठमाडौं,२० असोज। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवहरुको सरुवा गरेको छ। मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार विभिन्न निकाय तथा कार्यालयमा कार्यरत उपसचिवहरुलाई सरुवा गरिएको हो। निर्णयसँगै केही उपसचिवलाई तोकिएका कार्यालयमा कामकाजका लागि समेत खटाइएको मन्त्रालयले जनाएको छ। को-कहाँ पुगे ? हेर्नुहोस् सूची :

Read More

काठमाडौं,२० असोज। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमी (दसैं) को टीकाको उत्तम साइत बिहान १०ः२६ बजे रहेको जनाएको छ। समितिले मंगलबार सूचना जारी गर्दै कात्तिक ४ गते परेको विजया दशमीको टीकाको उत्तम साइत बिहान १०ः२६ बजे रहेको जानकारी दिएको हो। विकास समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ। यस्तै, असोज २५ गते घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे रहेको छ।

Read More

कपिलवस्तु,२० असोज। कपिलवस्तु प्रहरीले बिलबिजक नभएको साढे ५२ लाख रुपैयाँबढी मूल्य बराबरको कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार, इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ शिवपुर कोलनी चोकमा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१–००७ ख ०४३० नम्बरको कन्टेर चेकजाँच गर्दा बिलबिजक नभएको अवस्थामा ७ हजार १५२ थान रेडिमेड सर्ट बरामद भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२० असोज। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा रहेका कर्मचारी र पदाधिकारीले पदीय मर्यादा भुलेर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिमाथि आफूले निगरानी गरिरहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरे। पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ। गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन्। उनले गोप्य सूचना अपराध नियन्त्रण, अनुसन्धान तथा सम्भावित गम्भीर घटनाको सत्यतथ्य पत्ता लगाउन महत्वपूर्ण हुने बताए। फेसबुमा उनले लेखेका छन्, ‘गृह मन्त्रालय र…

Read More

काठमाडौं,२० असोज। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी बाढी प्रभावित नागरिकलाई दसैंअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले स्थानीय तहसँगको समन्वयमा पुनःस्थापनाका लागि जग्गा पहिचान भइरहेको जानकारी दिए। राहत तथा क्षतिपूर्ति समयमै उपलब्ध गराउने तयारीसमेत भइरहेको उनले बताए। बाढीबाट रसुवामा करिब २ खर्ब २७ अर्ब रुपैयाँको क्षति भएको पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले जानकारी दिए। क्षतिग्रस्त २० झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भएको छ। बेत्रावतीमा बेली ब्रिज निर्माण भइरहेको र आगामी सोमबारसम्म सञ्चालनमा ल्याएर धुन्चेसम्मको सडक पहुँच…

Read More

दाङ,२० असोज। लुम्बिनी प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि उक्त घोषणापत्र जारी गरिएको हो । समिक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधारको आवश्यकता रहेको र सोही अनुसार कार्यसम्पादनलाई प्रभावकारी बनाउनेगरी अघि बढ्न निर्देशन दिएका थिए। घोषणापत्रमार्फत प्रदेश सरकारले सबै नागरिकका लागि स्वस्थ जीवन, गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम तथा दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि घोषित प्रतिबद्धता कार्यान्वयन गर्ने साझा संकल्प व्यक्त गरेको छ।…

Read More

भैरहवा, २० असोज । रुपन्देहीको भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव (सिद्धार्थ फुड फेस्टिबल एण्ड म्यूजिकल नाइट)-२०८३’ आयोजना हुने भएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा सिद्धार्थ बसपार्कदेखि देवकोटाचोकसम्मको क्षेत्रमा उक्त महोत्सव संचालन गर्न लागिएको हो। दशैं–तिहार पर्वलाई लक्षित गर्दै आयोजना गर्न लागिएको महोत्सवको माध्यमबाट सिद्धार्थनगरलाई पर्यटकको बसाइ, खानपान, घुमफिर र खर्चका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्ने आयोजकको लक्ष्य छ। महोत्सव साँझ ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने र करिब एक सय वटा स्टल रहने आयोजकले जनाएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काका अनुसार महोत्सवले लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनसँगै बेलहिया…

Read More

वीरगञ्ज,१८ असोज। जनमत पार्टीको अध्यक्षमा डा.सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि, पार्टीको विधानअनुसार अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले राउतको पक्षमा मतदान भएको थियो। महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो। यस्तै उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको…

Read More