


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका–३ लक्ष्मीपुरमा करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको आरसीसी सडक तीन महिना नपुग्दै बिग्रिएको छ। गाउँपालिकाको बजेटमा प्रिमियम कन्स्ट्रक्सन, काठमाडौंले निर्माण गरेको सडकको सतह उप्किएपछि स्थानीयले निर्माणको गुणस्तरमाथि प्रश्न उठाएका छन्। दुई खण्डमा निर्माण गरिएको उक्त सडक गत वैशाखको दोस्रो सातातिर निर्माण भएको हो। सडकको एउटा खण्ड ७५ मिटर र अर्को ९० मिटर लामो छ। ९० मिटरको खण्ड सामान्य अवस्थामा रहे पनि ७५ मिटरको खण्ड भने ठाउँ–ठाउँमा बिग्रिएको स्थानीयले बताएका छन्। बिग्रिएको सडकको माथिल्लो सिमेन्टको सतह उप्किएको छ। सतह उप्किएपछि त्यसमुनिको गिट्टी र मिस्कट देखिएको छ। कतिपय स्थानमा सामान्य रुपमा कोट्याउँदासमेत गिट्टी निस्किने अवस्था रहेको…
भैरहवा, १२ असोज । नेपाली कांग्रेस रुपन्देहीका युवा नेता विशाल कुमार चौधरीले पार्टीको साधारण सदस्यतासहित आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा पछिल्लो समय उत्पन्न व्यक्तिगत तथा राजनीतिक परिस्थितिका कारण नेपाली कांग्रेसमा रहेर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन उपयुक्त नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। उनले सोही कारण पार्टीको साधारण सदस्यतासहित आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट स्वेच्छाले राजीनामा दिएको जनाएका छन्। राजीनामा पत्रमा उनले नेपाली कांग्रेसमा रहँदा पार्टीले विभिन्न समयमा दिएको जिम्मेवारीलाई आफ्नो क्षमता, इमानदारी र निष्ठाका साथ निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पार्टी संगठन निर्माण, सामाजिक सेवा तथा जनताको…
काठमाडौं,८ असोज। नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रङ परिवर्तन गरी नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार, नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र तथा लालीगुराँसको पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी तल्लो दायाँ भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ। नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ। नयाँ नोटमा के-के छन् विशेषता ? हेर्नुहोस् सूचना :
काठमाडौं,८ असोज। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय ३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेको प्रहरीले जनाएको छ। विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार कतारको दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको पार्किङ क्षेत्रबाट सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेका भारतीय नागरिकको सुरक्षा जाँच गर्दा भित्रिबस्त्रभित्र प्लास्टिकमा र्यापिङ गरेको अवस्थामा उक्त सुन बरामद भएको हो। बरामद सुन र व्यक्तिउपर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,८ असोज । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तारेखमा छोड्न परमादेश जारी गरेको छ। दाहालकी छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। बयान सम्पन्न भइसकेको तथा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै सर्वोच्चले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा दाहाललाई आजकै मितिबाट तारेखमा छोड्न परमादेश जारी गरेको हो। यसअघि मंगलबार सर्वोच्चले पक्राउ गर्नुको कारणसहित दाहाललाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई बिहीबार बिहान अदालतमा उपस्थित गराइएको थियो। उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले…
चितवन,८ असोज। जिल्ला प्रशासन कार्यालय चितवनले भारी वर्षाका कारण विपद् जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रुपमा रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामार्फत प्रशासनले यात्रु तथा सवारी चालकलाई…
दाङ,८ असोज। दाङ प्रशासनले जिल्लाका पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार, असोज ८ गतेदेखि हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सम्बन्धित सडकखण्डमा सवारी आवागमन बन्द हुनेछ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सडकमा रातिको…
भैरहवा,८ असोज । रुपन्देही प्रहरीले जेनजी प्रदर्शनको क्रममा काठमाडौंको सुन्धारा कारागारबाट फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, लागुऔषध मुद्दामा कैदमा रहेका दाङको तुल्सीपुर उपमहानगरपालिका-२ का सन्तोष देवकोटा कारगार कार्यालयहरुमा तोडफोड, आगजनी पश्चात सुन्धारा कारागारबाट फरार भएका थिए । फरार देवकोटालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-१ स्थितबाट नियन्त्रणमा लिएर कारागार कार्यालय रुपन्देहीमा पठाएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नवलपरासी,८ असोज । पश्चिम नवलपरासीका व्यावसायिक केराखेतीमा ‘ब्ल्याक सिगाटोका’ रोगको समस्या बढेपछि किसान चिन्तित बनेका छन्। जिल्लाको सुस्ता र प्रतापपुर क्षेत्रमा व्यावसायिक रुपमा लगाइएको केराखेतीमा पछिल्लो समय यो रोग व्यापक रुपमा देखिएको हो। केही समयअघिसम्म राम्रो मूल्य पाएपछि केराखेती विस्तारमा उत्साहित भएका किसान अहिले रोगका कारण उत्पादन र बजार दुवैतर्फको समस्यामा परेका छन्। किसानका अनुसार, करिब दुई महिनाअघिसम्म एक दर्जन केराको मूल्य ८० रुपैयाँसम्म पाउने गरेका थिए। अहिले रोग नलागेको राम्रो केराको मूल्यसमेत घटेर करिब ४० रुपैयाँ प्रतिदर्जनमा सीमित भएको छ। केरा किसान तथा केरा जोन सञ्चालक समिति संयोजक युवराज मौर्याका अनुसार, अधिकांश केराका बगैँचामा ब्ल्याक सिगाटोका देखिएको छ। केही…
काठमाडौं,६ असोज। सरकारले विपद् प्रभावितको राहत तथा उद्धारका लागि सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा गरी ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ मौज्दात रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको छ। सबै खातामा गरी कुल रकम १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ पुगेको छ। सरकारले यस कोषमा जम्मा भएको रकममध्ये यसअघि…