Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

विराटनगर,१६जेठ। कहिले शरीरको खुटाँमा बाँधेर त कहिले मोटरसाइकलको ट्यांकीमा लुकाएर। लागुऔषध ओसरपसार गर्ने पनि अनेक तरिका। अपराधीभन्दा प्रहरी एक कदम अघि भने झै विराटनगरमा बठ्याईँ गरेर लागुऔषध भित्रयाउन खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले लागुऔषध ओसारपसारका लागि कुकुरको प्रयोग गरेका थिए। लागुऔषध ल्याउनका लागि ‘रक्की’ नामको पालुवा कुकुर लिएर सीमापारी जोगवनी बजार गएका उनी कुकुरसहित फर्कि । विशेष सूचनाको आधारमा उनलाई रोकेर उनको शरीर खानतलासी गर्दा लागुऔषध फेला नपरेपछि प्रहरी अच्चिमत पर्यो। सूचना सही थियो तर लागुऔषध फेला परेन। त्यसपछि साथमा रहेको कुकुरको…

Read More

काठमाडौं,१६जेठ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) ब्यूरोकै डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् । उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका थापाले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउने भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ। उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो ।

Read More

नवलपुर,१६जेठ। वर्षायाम सुरु हुन लागेको छ । यस वर्ष देशमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। वर्षा सुरु भएसँगै बुटवल-नारायणघाट सडकखण्डको यात्रा कष्टपूर्ण हुने गर्दछ। सडक निर्माण कार्य वर्षौदेखि जारी छ । निर्माणधिन सडकका कारण घाममा धुलाम्मे र वर्षामा हिलाम्मे समस्या पनि यात्रुहरुले भोग्नै परेको छ। सडकखण्डको एकतर्फी अधिकतम दुरी सडक कालोपत्रे भएको छ। सामान्य वर्षाले पनि सडक खण्डमा अन्र्तगत दाउन्ने ,दुम्किबासको बिनयी खोला र चोरमाराको गिरुबारी खोलामा बनेको डाइभर्सन बाढीले बगाउने गर्दा यात्रुहरुले समस्याले झेल्नु परेको छ। बिनयी खोलामाथिको पुल भासिएको ४ महिना पुगे पनि हालसम्म मर्मत हुन सकेको छैन। चोरमाराको गिरुबारी खोलामाथिको पुल पनि मर्मत नहुँदा यात्रुले…

Read More

चितवन,१६जेठ। नारायणी नदीको बीच भागमा फसेका २२ जनाको उद्दार गरिएको छ। चितवनको भरतपुर महानगरपालिका १६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। नदीजन्य पदार्थ उत्खनन गरी निकाल्नका लागि बनाइएको अस्थायी बाँध भत्किँदा उनीहरु नदीको टापुमा फसेका थिए। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको उद्धार टोली बोटको सहायता उनीहरुको उद्दार गरेको हो। यसै क्रममा गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने बाँध भत्किएको स्थानमा डुबेको छ ।

Read More

भैरहवा,१५जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दियाले जित निकालेको छ। तर, बाँकेलाई ६५ रनले पराजित गर्दै बर्दियाले जित निकालेको हो। तर, पराजित बाँकेसँगै बर्दिया यस अघि नै उपाधिको स्पर्धाका लागि ‘आउट’ भइसकेका छन्। प्रतियोगिताको उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रनको बनायो। जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे।…

Read More

काठमाडौं,१५जेठ। सरकारले आगामी आर्थिक वर्षका २०८२/८३ लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको उनले बताए। त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए। उनले कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको बताए। बजेटको खर्च व्यहोर्ने स्रोतमा…

Read More

काठमाडौं,१५ जेठ। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएसँगै उनलाई कार्य विभागमा पदस्थापन गरिएको छ। उनी विशेष ब्यूरोमा कार्यरत थिए। एआईजी लालमणि आचार्य गत जेठ १० गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि उक्त ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

Read More

काठमाडौं,१५ जेठ। सरकारले वृद्धभत्ता अब ७० वर्षको उमेरदेखि मात्र उपलब्ध गराउने भएको छ। यस अघि ६८ वर्षको उमेरदेखि दिइँदै आएको भत्ता अब उमेर बढाएर ७० वर्ष पुर्‍याइएको छ। ‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु’, आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने , ‘हाल प्राप्त गरिरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर यथावत् राखेको छु।’ योसँगै अब ७० वर्षको उमेरदेखि मात्रै वृद्धभत्ता पाइने भएको छ ।

Read More

काठमाडौं,१५ जेठ। सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा जग्गाको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँमा झारेको छ। बिहीवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेजको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट झारेर ५ रुपैयाँ कायम गर्ने घोषणा गरेका छन्। उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति प्राप्त गर्ने उद्योगलाई सुरुका ३ वर्ष भाडा छुट दिइने पनि बताए। औद्योगिक क्षेत्रका उद्योगले उत्पादन गरेका वस्तु उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रसरह सुविधा दिने उनले उल्लेख गरे ।

Read More

भैरहवा,१४जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देहीसँगै दाङ पनि फाइनलमा पुगेको छ। बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको समूह ‘बी’ अन्र्तगत खेलमा दाङले बाँकेलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यसअघि रुपन्देही समूह ‘ए’ को फाइनल पुगिसकेको छ। यी दुई टीमबीच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ । टस जितेर ब्याटिङ रोजेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन बनायो। उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रनको योगदान दिए। बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान…

Read More