


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,११ भदौ । बाढी प्रभावितका लागि राहत संकलन गर्न सरकारले एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ। अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न इच्छुक परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको हो। मन्त्रालयका अनुसार, अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका प्रतिनिधिले राहत सहयोगका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालसँग समन्वय गर्न सक्नेछन्। त्यस्तै, निजी क्षेत्र तथा इच्छुक सहयोगी व्यक्तिले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगसम्बन्धी समन्वय गर्न सक्ने व्यवस्था गरिएको छ। राहत सहयोगका लागि समन्वय गर्न नवीन ढुंगाना (प्रमुख स्वकीय सचिव), कञ्चन बस्नेत (निजी सचिव), खोमनाथ अधिकारी (स्वकीय…
परासी, ११ भदौ। नारायणी नदीमा बाढीको जोखिम कम भएपछि सुरक्षित स्थानमा सारिएका नवलपरासी पश्चिमको सुस्ता गाउँका स्थानीयवासी बिहीबार बिहानैदेखि घर फर्कन थालेका छन्। रसुवा क्षेत्रमा आएको बाढीका कारण नारायणी नदीको जलसतह बढेपछि सुस्ता गाउँ डुबानमा पर्न सक्ने जोखिम देखिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। उनीहरुलाई नदीपारि सुस्ता गाउँपालिका–५, बलिनगरस्थित बीपी माध्यमिक विद्यालयमा राखिएको थियो। नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार, नारायणी नदीको जलसतह क्रमिक रुपमा घट्दै गएको र तत्काल ठूलो जोखिम नदेखिएकाले विद्यालयमा आश्रय लिइरहेका स्थानीयवासीलाई सुरक्षित रुपमा घर फर्कने व्यवस्था मिलाइएको हो। सुस्ता क्षेत्रमा हाल २२० घरधुरीका करिब…
काठमाडौं,१० भदौ। रसुवामा आएको भीषण बाढीका कारण ३ सय ८४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार, सम्पर्कविहीन हुनेमा २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक रहेका छन्। ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँगको समन्वय र तथ्यांक प्रमाणीकरणपछि पर्यटन बोर्डले उक्त विवरण सार्वजनिक गरेको हो।
कपिलवस्तु, १० भदौ। भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको करिब ११ लाख मूल्य बराबरको औषधि बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. कृष्णनगरबाट खटिएको टोलीले चेकजाँचका क्रममा १० लाख ८४ हजार बढी मूल्य बराबरका विभिन्न ब्राण्डका औषधि बरामद गरेको हो। कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार, बरामद औषधि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाइएको छ।
दाङ,१० भदौ। रसुवामा आएको भीषण बाढीको असर नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले विशेषगरी नवलपरासी पश्चिमको सुस्तालगायत नारायणी नदी आसपासका जोखिमयुक्त बस्तीमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न अपिलगरेका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेश सरकारले सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुसँग नियमित समन्वय भइरहेको जनाएको छ। जोखिमयुक्त क्षेत्रमा…
काठमाडौं,१० भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण भन्सार जाँचपासका लागि पार्किङ गरी राखिएका करिब ५०० वटा नयाँ सवारीसाधन बगेको प्रारम्भिक अनुमान गरिएको छ। भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार बाढीले भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। ‘बाढीले भन्सार क्षेत्रमा ठुलो क्षति पुर्याएको छ, अधिकांश संरचना तथा सामानहरु छैनन्’,उनले भने, ‘जाँचपासका लागि राखिएका करिब ५०० गाडी बाढीले बगाएको अनुमान छ ।’ भन्सार कार्यालयमा कार्यरत धेरै कर्मचारीहरु सम्पर्कविहीन रहेको उनले बताए । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।
रसुवा, १० भदौ। रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ। बाढी पुर्वानुमान महाशाखाले तिब्बततर्फबाट ठूलो बाढी भोटेकोसी नदीमा प्रवेश गरेको जनाएको छ। महाशाखाले अर्को सूचना नआउँदासम्म त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार, बुधबार बिहान करिब सवा ९ बजे एक्कासि ठूलो बाढी आएको हो। बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।
काठमाडौं,९ भदौ। काठमाडौंको नयाँ बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार, सडक पार गर्नका लागि आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि उक्त पुरुषले महिला प्रहरीमाथि मुक्का हानेका थिए। हातपात गर्ने जुम्लाको तातोपानीका २७ वर्षीय राजु कठायतलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा, ९ भदौ। रुपन्देहीको बुटवल र पश्चिम नवलपरासीबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको विवरण अनुसार, बुटवल उपमहानगरपालिका–९, कालिकानगरस्थित एक घरमा लुकाएर राखिएको ९ लाख ६२ हजार मूल्य बराबरको ४८१ थान कुर्ता सुरुवाल बरामद भएको छ। त्यस्तै नवलपरासीको बर्दघाट नगरपालिका–१५ केराबारीबाट भन्सार छलेर बा.प्र.०६–००१ च ०७७३ नम्बरको पिकअपमा ल्याईँदै गरेको अवस्थामा ७ लाख १४ हजार बढी मूल्य बराबरको चकलेट बरामद भएको प्रहरीले जनाएको छ । ढुवानीमा प्रयोग भएको गाडी र चालक…
काठमाडौं,९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराएका छन्। देउवाको वारेसका रुपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काको वारेसका रुपमा अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, दुवै रिट निवेदनमाथि भदौ ११ गते पेशी तोकिएको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेको थियो। उक्त विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा नेपाली कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ।