Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१ चैत। नेपालको स्थानीय बजारमा आईतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला चार हजार आठ सय रुपैयाँले घटेर तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रवार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँमा कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला दुई सय २५ रुपैयाँले घटेर पाँच हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

महोत्तरी, १ चैत । प्रहरीले एक क्विन्टल नौ किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार, महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट २० वटा पोकामा भारततर्फ लैजाँदै गरको अवस्थामा गाँजा बरामद भएको हो । बरामद गाँजाका साथ ओसारपसारमा प्रयोग भएको डिएल १ सीओ ५८६९ नम्बरको भारतीय नम्बर कार नियन्त्रणमा लिइएको हो जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले जनाए । उनका अनुसार, कार चालक फरार रहेकोले खोजी भइरहेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Read More

दाङ,१चैत। नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढिरहँदा र इन्धन अभावको समस्या देखिँदै गर्दा दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया क्षेत्रमा रहेको पेट्रोल खानी भने दशकौँदेखि उपयोगविहीन अवस्थामा छ। करिब ५५ वर्षअघि उत्खनन गरी केही संरचनासमेत निर्माण गरिएको यो खानी हालसम्म सञ्चालनमा आउन सकेको छैन। खानी तथा भूगर्भ विभागले २०२७ सालमा गरेको उत्खननका क्रममा सो क्षेत्रमा करिब ९५ प्रतिशत पेट्रोलियमको सम्भावना रहेको पुष्टि भएको थियो। प्रारम्भिक परीक्षणपछि केही संरचना निर्माण भए पनि त्यसपछि थप काम अघि बढ्न सकेन। स्थानीय बासिन्दाहरूले खानी पुनः सञ्चालनमा ल्याउन पटक–पटक माग गर्दै आएका छन्। स्थानीय अगुवा देवीराम कुसारीका अनुसार उत्खननको क्रममा पेट्रोल निकालेर परीक्षणसमेत गरिएको थियो र सो क्षेत्र…

Read More

हृदयराम गुप्तामर्चवार, १ चैत। ईस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा रुपन्देहीका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ। तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजना तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूकेको सहयोगमा कोटहीमाई–५ बेनीनगरमा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएका हो। आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार, रमजान महिनालाई धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यस महिनामा गरिने दान, सहयोग र परोपकारी कार्यलाई विशेष पूण्यदायी मानिने भएकाले विभिन्न सहयोगी हातहरुको साथमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको उनको भनाई छ। उनका अनुसार, कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी तथा शुद्धोधन गाउँपालिकाका विपन्न मुस्लिम तथा…

Read More

कपिलवस्तु,२९ फागुन। कपिलवस्तुमा एक महिलामाथी बोक्सीको आरोपमा दुर्व्यवहार गरेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, जिल्लाको वाणगंगा नगरपालिका–३ को ६८ वर्षीया महिलामाथि सोही स्थानको दुई जना महिलाले आगोको अगुल्टो प्रहार गरी दुर्व्यवहार गरेको आरोप छ। आरोपी दुई जना महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Read More

काठमाडौं,२९ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनका लागि पार्टीको विधानलाई संशोधन गर्ने भएको छ । पार्टीको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ। उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरु मतदाता हुन पाउने’ उल्लेख छ। पार्टीको सहप्रवक्ता प्रतिभा रावलका अनुसार, संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको छ। बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो । पार्टी सदस्यहरुबाट संसदीय दलको नेता…

Read More

काठमाडौं,२९ फागुन। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पार्थिव शरीरलाई केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । शुक्रवार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा मोहनप्रसादको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहनप्रसादको झापास्थित घरमा पनि आगजनी गरिएको थियो। त्यसयता उनी गठ्ठाघरस्थित छोरीको घरमा बस्दै आएका थिए ।

Read More

काठमाडौं,२९ फागुन। प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसद बन्नका लागि कचकच सुरु भएपनि अध्यक्ष हर्क साम्पाङले रोइलो गर्नेलाई पार्टीबाट निष्काशनको चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्‍क्तिलाई सचेत गराएका हुन् । उनले भनेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’ प्रतिनिधिसभा निर्वाचनमा ३ लाख ८५ हजार ९०२ मत ल्याएर श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ। प्रत्यक्षतर्फ तीन सीटका साथ संसद्मा उक्त पार्टीमा ७ सांसद् हुनेछन् ।

Read More

अमेरिका,२९ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले इरानसँगको युद्धका कारण कठिन परिस्थितिमा पुगेका छन्। उनी अहिले स्पष्ट रुपमा विजय घोषणा गर्न सक्ने अवस्थामा देखिँदैनन्। युद्ध विस्तार हुँदै जाँदा नियन्त्रण कमजोर हुँदै गएको जस्तो देखिन्छ र युद्धबाट बाहिरिने निर्णय लिइयो भने आर्थिक तथा रणनीतिक परिणाम अझ गम्भीर हुन सक्ने संकेतहरु पनि देखिएका छन्। यसले युद्धको अवस्था झन् जटिल बन्दै गएको संकेतहरु देखिन थालेको छ। १. होर्मुज जलडमरु मार्ग बन्द इरानले विश्वको करिब पाँचौं भाग तेल ओसारपसार हुने महत्वपूर्ण मार्ग होर्मुज बन्द गरेपछि युद्धको दायरा विस्तार भएको छ। अमेरिकासँग ठूलो सैन्य शक्ति भए पनि केवल सैन्य बल प्रयोग गरेर सबै समस्या…

Read More

काठमाडौं,२९ फागुन । मुलुकमा आजदेखि अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण सुरु गरिएको छ । नेपाल आयल निगमले बिहीवार एक सूचना जारी गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन शुक्रवारदेखि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरणको व्यवस्था गरिएको जनाएको थियो । आजदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ७ दशमलव १ केजी एलपी ग्यास (आधा सिलिन्डर) को मूल्य ९५५ रुपैयाँ तोकिएको छ ।

Read More