Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ६ फागुन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार कट्टेलका साथै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईँ समूहका एसपी साहलाई पक्राउ गरिएको हो। नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचन विरोधी गतिविधि गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,६ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहले सबै पक्षबीच सहमति गरेरमात्र आगामी निर्वाचन गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। राष्ट्रिय सहमति बेगर गरिएको आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उनको भनाई छ। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा उनले नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाक स्थितिमा रहेको उल्लेख गरेका छन्। ‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन्। उनले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्नुपर्ने आग्रह गरेका छन्। ‘देशको अस्तित्व र अस्मिता नै संकटमा…

Read More

भैरहवा, ६ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोपाल भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ का उम्मेदवार गौरव बोहरालाई समर्थनको घोषणा गरेका छन् । बुधवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै भण्डारीले आफ्नो एजेण्डा र विचार राप्रपासँग मिलेकोले आफुले उम्मेदवार बोहरालाई समर्थन गर्ने निर्णय गरेको बताए । ‘म आबद्ध केही धार्मिक संघ–संस्थाका महानुभावहरु तथा मेरा घरपरिवार, शुभेच्छुक, इष्टमित्रहरु लगायतले एउटै नीति, विचार र दृष्टिकोण लिएको राप्रपाले यस क्षेत्रमा वरिष्ठ पाइलट जस्तो शिक्षित र विशिष्ट उम्मेदवार बनाएका कारण उहाँलाई सहयोग र समर्थन गरी विजय गराउन दिएको सल्लाह–सुझावलाई आत्मसात गरी मैले गौरव बोहरालाई सघाउने निर्णय गरेको…

Read More

लुम्बिनी,६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले पशुपालन र पन्छी विकासलाई व्यावसायिक उद्योगमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि नारासहित क्षेत्रलाई दूध, मासु र अण्डाको निर्यात केन्द्र बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘क्षेत्रमा पशुपालन र पन्छी विकासका लागि स्पष्ट खाका तयार गरिएको छ’, आफ्नो योजना सुनाउँदै रास्वपा उम्मेदवार खानले भने, ‘जसका लागि मतदाताको साथ आवश्यक छ ।’ उनले गाई–भैंसीमा निःशुल्क कृत्रिम गर्भाधान र ‘सेक्स सेमेन’ प्रविधि प्रयोग गरी उत्पादन वृद्धि गर्ने, बाख्रापालक किसानका लागि उन्नत जातका बोका वडा–वडामा वितरण गरिने योजना…

Read More

भैरहवा,५ फागुन। रुपन्देहीको ओमसतिया गाउँपालिकामा मंगलबारदेखि ‘तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता’ सुरु भएको छ। स्थानीय महिलाहरुलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरुको सशक्तिकरण गर्ने र लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन् । महिलाहरुलाई सामाजिक गतिविधि तथा खेलकुदमा पनि अब्बल बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उनले बताइन् । प्रतियोगिताका संयोजक कमल प्रसाद शर्माका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका कुल ८ वटा टिमले सहभागिता जनाएका छन्। जसमा वडा नम्बर १ बाट दुईवटा टोली, अन्य वडाहरुबाट एक–एक वटा टोली र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरुको एउटा टोलीबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र…

Read More

लुम्बिनी,५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनुपर्ने र त्यो आफुले ल्याउने बताएका छन् । शिक्षा क्षेत्र सुधारका लागि आफुसँग स्पष्ट खाका रहेकोले आगामी पाँच वर्षभित्र सामुदायिक विद्यालयको गुणस्तरमा ठोस सुधार ल्याउने आफ्नो योजना रहेको उनले सुनाए । ‘सरकारी विद्यालय भनेपछि कमजोर भन्ने सोच अब अन्त्य हुनुपर्छ,’ आफ्नो योजना सुनाउँदै उनले भने, ‘नरुपन्देही–५ मा सामुदायिक विद्यालयलाई नै गुणस्तरीय शिक्षाको पहिलो रोजाइ बनाउने मेरो लक्ष्य हो।’ उनका अनुसार प्रत्येक पालिकामा कम्तीमा पाँच विद्यालयलाई ‘नमुना विद्यालय’का रुपमा विकास गरिनेछ भने सबै विद्यालयमा आकर्षक भवन, प्रयोगशाला,…

Read More

भैरहवा, ५ फागुन । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी पिप्रहवाबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका ६ बन्जारा टोलबाट वेवारिसे अवस्थामा राखिएको साढे ६ लाख मूल्य बराबरको विभिन्न लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, बरामद सामग्रीहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको छ ।

Read More

भैरहवा, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले युवालाई लक्षित गर्दै आफ्नो संकल्पसहित मतदाताको घरदैलामा पुगिरहेका छन् । घरदैलो अभियानका क्रममा उनले ‘युवा देश छाड्नुपर्ने बाध्यता होइन, देशमै भविष्य देखून्’ भन्ने नारालाई प्राथमिकतामा राख्दै रोजगारी सिर्जना र अवसर विस्तार आफ्नो एजेन्डा रहेको बताएका छन्। ‘राजनीति सेवा होस्, सत्ताको खेल होइन,’ बोहराले मतदातासँगको भेटघाटमा भने, ‘अबको राजनीति जनताको भरोसा जित्ने माध्यम बन्नुपर्छ, सत्ताको प्रतिस्पर्धा मात्रै होइन।’ उनले देशबाट बढ्दो युवा पलायन रोक्न राज्यले स्वदेशमै रोजगारी, उद्यमशीलता र सीप विकासका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। बोहराले स्थानीय स्रोत र…

Read More

भैरहवा,५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । क्षेत्रका विभिन्न टोल–बस्तीमा चुनावी एजेण्डासहित मतदाताहरुसँग प्रत्यक्ष भेटघाट तथा संवादमा समेत गरिरहेको रुपन्देही-३ नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ । घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीयका समस्या, अपेक्षा र सुझाव सुन्दै विकास, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुशासन र पारदर्शितालाई आफ्नो मूल मन्त्र भएको बताउँदै उनले भने, ‘जनताको करको सही सदुपयोग गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिने प्रतिबद्धता व्यक्त गर्दछु। स्थानीय नै भएकोले निर्वाचनपछि पनि…

Read More

भैरहवा, ५ फागुन । रुपन्देहीको भैरहवास्थित दुई छुट्टाछुट्टै स्थानमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।  नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको क्रममा सिद्धार्थनगर नगरपालिका-८ स्थित लुम्बिनी गेट र सिद्धार्थनगर नगरपालिका-९ अंचलपुरमा बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार, लुम्बिनी गेट नजिक फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्दा बियरको बोतलभित्र माटो, ढुङ्गा राखिएको र अंचलपुरमा फेला परेको शंकास्पद वस्तु रंगको सानो बाल्टिन (डब्बा) मा पराल पाईएको छ। बन्दको दिन शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाउन खोजिएको प्रहरीले बताएको छ। बन्दको आह्वानका कारण शिक्षण संस्थाहरुमा…

Read More