


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
लुम्बिनी, ९ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। शनिबार श्रीमान् दुर्गा सुवेदीका साथ लुम्बिनी पुगेकी कार्कीले मायादेवी मन्दिर, रोयल थाइ मठ तथा बज्रयान मन्दिरको दर्शन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अनुसार, भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले भगवान बुद्धको जन्मस्थलको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे जानकारी लिएकी थिइन्। उनलाई अशोक स्तम्भ परिसरमा बुद्ध वन्दना गराइएको थियो । ।
अमेरिका,९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरुबाट मुलुकमा आयात हुने सामग्रीहरुमा १० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाएका छन्। जसका लागि उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो पोस्टमार्फत सबै देशहरुलाई ट्यारिफ लगाइएको जानकारी दिएका छन् । यो तत्काल लागू हुने उनले बताएका छन् । शुक्रबार नै ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग हुने कानूनअन्तर्गत लगाइएका केही ट्यारिफहरुलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको भन्दै ती स्थानमा १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने आदेशमा हस्ताक्षर गर्ने बताएका थिए । समाचार ब्रिफिङमा बोल्दै ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि कडा टिप्पणी गरे । उनले अदालत विदेशी हितबाट प्रभावित भएको आरोप…
चितवन,९ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा हार व्यहोर्ने निष्कर्षले चुनावमा भाँड्ने प्रयासमा रहेको आरोप लगाएका छन्। भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने नभए बाँड्ने पक्षमा देखिएको आरोप लगाए। निर्वाचन बलजफती गर्ने कुरा नभएको बताउँदै अध्यक्ष ओलीले चुनाव ऐन, कानुनभित्र रहेर स्वच्छ र स्वस्थ प्रतिष्पर्धासहित शान्तिपूर्ण वातावरणमा निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए। उनले मतदाताले भयरहित वातावरणमा गएर आफ्नो स्वेच्छाको मत निर्वाध दिन पाउनु पर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचनको प्रक्रिया र परिणाम पारदर्शी, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्ने बताउँदै भने, ‘तर, अहिले निर्वाचनको…
भैरहवा, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले रुपन्देहीको बुटवलमा पुगेर लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे छलफल गरेकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार,शनिबार निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले निर्वाचन तयारीबारे छलफलका साथै सुरक्षा लगायतबारे ब्रिफिङ लिएकी छन् । सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरुले प्रधानमन्त्री कार्कीलाई ब्रिफ गरेका थिए । पछिल्लो समयमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशहरुमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिइरहेकी छिन्।
धकधई, ९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले पूर्वाधार विकास प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सडक सञ्जाल विस्तारदेखि रोहिणी नदी संरक्षण, देवदह–लुम्बिनी पर्यटन जोड्ने योजनासम्मका कार्यक्रम उनले अघि सारेका छन्। क्षेत्रका सबै पालिकालाई आपसमा जोड्ने गरी स्तरीय सडक सञ्जाल निर्माण गर्ने उनले आफ्नो योजना सुनाए। ‘क्षेत्रभित्र विकासको पहिलो खुड्किलो नै सडक पूर्वाधार हो,’उनले भने, ‘सबै पालिका जोड्ने सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकता दिनेछु ।’ रोहिणी नदी संरक्षणसँगै जलाशययुक्त बाँध निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड्ने योजना पनि उनले अघि सारेका छन। मैनीहवामा रोहिणी नदीमाथि पक्की पुल निर्माण…
भैरहवा, ९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले विभिन्न वडा र भित्री बजारहरुमा नगरबस संचालनको योजना अघि सारेका छन्। विभिन्न वडा र भित्री बजारहरुसम्म संचालनका लागि पहल गर्ने सार्वजनिक बस सेवाले विशेष गरी छात्र–छात्रा, ज्येष्ठ नागरिक र दैनिक यात्रुहरुलाई ठूलो सुविधा पुग्ने उनले विश्वास व्यक्त गरे । उनले भने,‘सस्तो, सुरक्षित र भरपर्दो सार्वजनिक यातायातका लागि पहल गर्ने हाम्रो प्रतिवद्धता हो।’ नेपाली कांग्रेसका अन्य नेताहरुले पनि यस योजनालाई स्वागत गर्दै नगरबस सेवा विस्तारले नागरिकको जीवनलाई धेरै सहज बनाउनेभन्ने टिप्पणी गरेका छन्। ‘म यहीको स्थानीय हो । निर्वाचन परिणाम जस्तो आएपनि म…
भैरहवा,९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। क्षेत्रका युवाहरुको वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र स्थानीय स्तरमै अवसरको अभावलाई मुख्य चुनौतीका रुपमा उल्लेख गर्दै उनले उद्यमशीलतामुखी कार्यक्रम अघि सार्ने बताएका हुन्। क्षेत्रका धेरै युवा सीप र क्षमता हुँदाहुँदै पनि आवश्यक पूँजी, तालिम र बजार पहुँच नपाउँदा विदेशिन बाध्य भएकोले त्यसको अन्त्यको लागि आफुले कार्य गर्ने उनको भनाई छ । यही अवस्थालाई परिवर्तन गर्न स्वरोजगार र साना उद्यम प्रवर्द्धनमा जोड दिने बोहराले बताए। ‘रोजगारी…
महोत्तरी,८ फागुन । प्रहरीले स्रोत नखुलेको साढे ११ लाख बढी रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका-७ का गौतम साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको टोलीले मनराशिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँ सहित साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई रकमसहित नियन्त्रणमा लिइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
काठमाडौं,८ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाच लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले सिर्जनात्मक भिडियो बनाउन आह्वान गरेको हो। आयोगका अनुसार सहभागीले निर्वाचनको आवश्यकता र महत्व, मतदाता अधिकार, सही मतदान प्रक्रिया तथा आफ्नो मौलिक विचार समेटेर भिडियो तयार गर्नुपर्नेछ। तयार भिडियो आगामी फागुन २९ गतेसम्म आयोगको आधिकारिक टिकटक खाता र इमेलमार्फत पठाउन सकिनेछ। प्रतियोगितामा उत्कृष्ट हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो र तेस्रोलाई क्रमश: ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ। हेर्नुहोस् सूचना:
दाङ,८ फागुन। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले एमालेको झण्डा जलाएको घटनापछि नेकपा एमालेले कडा प्रतिक्रिया जनाएको छ। उक्त घटनालाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भन्दै आपत्ति जनाएको हो। शुक्रबारका लागि रास्वपाले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न रवि लामिछाने बिहीबार सुर्खेतबाट घोराही आउने क्रममा तुलसीपुरमा स्वागतका लागि बसेका रास्वपा समर्थकले एमालेको झण्डा जलाएका थिए। घटनापछि एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्। विज्ञप्तिमार्फत उनले भनेका छन्,‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा मात्र हो।’ उनले लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना…