


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
लुम्बिनी,८ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले कृषि, पर्यटन र व्यापारको सम्भावना बोकेको यस क्षेत्रलाई पाँच वर्षभित्र लुम्बिनी प्रदेशमा सुविधायुक्त र व्यवस्थित क्षेत्र बनाउने बताएका छन् । ‘समृद्ध क्षेत्र नं. ५ को बलियो आधार’ नारासहित तयार पारिएको योजनामा सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ। हुलाकी राजमार्गको बाँकी खण्ड तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने, लुम्बिनी–गैडहवा–रुद्रपुर–सैनामैना जोड्ने उत्तर–दक्षिण सडकलाई चार लेनमा विस्तार गर्ने तथा पाँच वर्षभित्र सबै मुख्य टोल–बस्तीका सडक कालोपत्रे वा आरसीसी गर्ने आफ्नो योजना उनले सुनाए । ‘जनताले वर्षौंदेखि धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण समस्या भोगिरहेका छन् ।…
भैरहवा, ८ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल बोहराले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखिएको बताएका छन् । सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उनले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने, अधिकार सम्पन्न स्थानीय सरकारको अवधारणा कार्यान्वयनमा जोड दिने तथा ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्ने उल्लेख गरेका छन्। ‘जनताले सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न डिजिटल प्रणाली अनिवार्य गरिनेछ,’ उनले भने, ‘सार्वजनिक सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको प्रयोग बढाइनेछ।’ उनले स्थानीय तहलाई अधिकार सम्पन्न र जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता पनि जनाए। ‘संविधानले दिएको अधिकार व्यवहारमा लागू हुन सकेको…
भैरहवा, ८ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले किसानलाई आवश्यक मलखाद र उन्नत बीउबिजन समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। खेतीपातीको मुख्य सिजनमै मल अभाव र गुणस्तरीय बीउ नपाउँदा किसानले वर्षेनी समस्या झेल्दै आएको उल्लेख गर्दै उनले राज्यको आपूर्ति प्रणाली प्रभावकारी बनाउने बताए। ‘किसानले लाइन बस्ने, कालोबजारीको मार खेप्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘आवश्यक मलखाद र उन्नत बीउ समयमै र सहुलियत दरमा उपलब्ध गराउन पहल गर्नेछु।’ उनका अनुसार कृषि सामग्रीको आपूर्ति प्रणाली पारदर्शी र व्यवस्थित बनाउँदै स्थानीय तह र सहकारीमार्फत वितरण संयन्त्र बलियो पारिनेछ। ‘रुपन्देही कृषि सम्भावनाले…
भैरहवा,८ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य समयमै सम्पन्न गराउन सम्बन्धित निकायमाथि आवश्यक दवाव सिर्जना गर्ने बताए। ‘भैरहवाको समृद्धि र लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनै पर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान नियमित र प्रभावकारी बनाउन म पहल र समन्वय दुवै गर्नेछु।’ उनका अनुसार विमानस्थल सञ्चालन सुस्त हुँदा पर्यटन, व्यापार तथा रोजगारीमा अपेक्षित लाभ लिन सकिएको छैन। ‘राज्यले अर्बौं लगानी गरेको संरचना खालीजस्तै अवस्थामा…
भैरहवा, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित भैरहवामा शनिवार आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’ स्थगित भएको छ । केन्द्रबाट चुनावी सभा स्थगित गर्ने निर्देशन प्राप्त भएकोले सभा स्थगित भएको रास्वपा रुपन्देहीका नेता विनोद खरेलले बताए । पार्टीका उपसभापति एवं संघीय निर्वाचन सम्पादनका संयोजक डोलप्रसाद अर्यालले संघीय निर्वाचन सम्पादन समितिको प्रदेश समन्वयका सचिव अर्जनु अधिकारीलाई पठाएको पत्रमा भनिएको छ, ‘भैरहवामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउँदछु ।’ भोली शनिवार भैरहवाको अंचलपुरमा तयारी थालिएकोसभामा पार्टी सभापति…
रौतहट, ७ फागुन। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने घोषणा गरेका छन्। बिहीबार रौतहटको गौरमा पत्रकारसँग कुराकानी गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको उनले बताए। अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने र यो नै आफ्नो अन्तिम चुनाव भएको उनको भनाई थियो । पूर्वप्रधानमन्त्री समेत रहेका उनले अब अध्ययन, लेखन, भ्रमण र सामाजिक सेवामा समय दिने योजना सुनाए। साथै, पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै केपी शर्मा ओलीले सिँध्याउने उद्देश्यले षड्यन्त्र गरेको आरोप लगाए। हाल नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा…
काठमाडौं,७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने र भत्काउने शक्तिबीचको जनमत संग्रह भएको टिप्पणी गरेका छन्। बिहीबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए। उनले देश निर्माणका लागि युवाको ऊर्जा र अनुभवी पुस्ताको मार्गदर्शन दुवै आवश्यक रहेको उल्लेख गर्दै सबै पुस्तालाई जोड्ने राजनीति एमालेको विशेषता भएको दाबी गरे। उनले राजनीतिक अस्थिरता समृद्धि र सुखी नेपालीको बाटोमा मुख्य बाधा रहेको उल्लेख गर्दै एमाले सधैं निर्माण, सहकार्य र स्वाधीनताको पक्षमा रहेको बताए। देश, लोकतन्त्र, संविधान र स्वाभिमान एमालेको पहिलो प्राथमिकता भएको उनको भनाइ थियो। एमालेको प्राथमिकता देश पहिले भएको बताउँदै…
काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले चैतको पहिलो हप्ता कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। काठमाडौंमा बिहीबार पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले टिम नेपाल बनाउने र त्यसले कांग्रेसको प्रतिज्ञा पत्रअनुसार प्रतिबद्धता पूरा गर्न सबै दललाई साथमा लिएर अगाडि बढ्ने बताए । उनले सांसदको संख्या घटाउने प्रतिबद्धता व्यक्त गरे। संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गर्दै उनले अब सरकार नियुक्तिमा दल नभई अब्बल व्यक्ति खोजिने बताए। प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने उनले जनाए । उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक…
काठमाडौं,७ फागुन। निर्वाचनको प्रचारका क्रममा उम्मेदवारहरुले छत खुला ‘रुफटप भेहिकल’ प्रयोग गर्ने विषयमा केन्द्रीय सुरक्षा समितिले रोक लगाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरु तथा भर्चुअल माध्यमबाट प्रदेश र जिल्ला सुरक्षा समितिका अधिकारीहरु सहभागी थिए। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार, उम्मेदवारहरुको सुरक्षालाई मध्यनजर गर्दै त्यस्ता गाडीको प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय भएको हो । हाल देशभर छत खुला गाडीबाट प्रचार गर्ने चलन बढेकाले सुरक्षा जोखिम हुन सक्ने निष्कर्ष निकालिएको बताइएको छ। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी…
काठमाडौं, ७ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली : राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारासहितको घोषणापत्र सार्वजनिक गरे। एमाले नेतृत्वको सरकार गठन भएमा पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयनमा लैजाने गरी ११ वटा मुख्य प्राथमिकता निर्धारण गरिएका छन्। यस्ता छन् ११ वटा मुख्य प्राथमिकता १) युवालाई निःशुल्क डेटा : १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म मासिक १० जीबी इन्टरनेट डेटा निःशुल्क उपलब्ध गराइने। २) स्टार्टअपलाई डलर कार्ड : युवा उद्यमीलाई अन्तर्राष्ट्रिय…