


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ५ फागुन । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी पिप्रहवाबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका ६ बन्जारा टोलबाट वेवारिसे अवस्थामा राखिएको साढे ६ लाख मूल्य बराबरको विभिन्न लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, बरामद सामग्रीहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको छ ।
भैरहवा, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले युवालाई लक्षित गर्दै आफ्नो संकल्पसहित मतदाताको घरदैलामा पुगिरहेका छन् । घरदैलो अभियानका क्रममा उनले ‘युवा देश छाड्नुपर्ने बाध्यता होइन, देशमै भविष्य देखून्’ भन्ने नारालाई प्राथमिकतामा राख्दै रोजगारी सिर्जना र अवसर विस्तार आफ्नो एजेन्डा रहेको बताएका छन्। ‘राजनीति सेवा होस्, सत्ताको खेल होइन,’ बोहराले मतदातासँगको भेटघाटमा भने, ‘अबको राजनीति जनताको भरोसा जित्ने माध्यम बन्नुपर्छ, सत्ताको प्रतिस्पर्धा मात्रै होइन।’ उनले देशबाट बढ्दो युवा पलायन रोक्न राज्यले स्वदेशमै रोजगारी, उद्यमशीलता र सीप विकासका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। बोहराले स्थानीय स्रोत र…
भैरहवा,५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । क्षेत्रका विभिन्न टोल–बस्तीमा चुनावी एजेण्डासहित मतदाताहरुसँग प्रत्यक्ष भेटघाट तथा संवादमा समेत गरिरहेको रुपन्देही-३ नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ । घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीयका समस्या, अपेक्षा र सुझाव सुन्दै विकास, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुशासन र पारदर्शितालाई आफ्नो मूल मन्त्र भएको बताउँदै उनले भने, ‘जनताको करको सही सदुपयोग गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिने प्रतिबद्धता व्यक्त गर्दछु। स्थानीय नै भएकोले निर्वाचनपछि पनि…
भैरहवा, ५ फागुन । रुपन्देहीको भैरहवास्थित दुई छुट्टाछुट्टै स्थानमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको क्रममा सिद्धार्थनगर नगरपालिका-८ स्थित लुम्बिनी गेट र सिद्धार्थनगर नगरपालिका-९ अंचलपुरमा बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार, लुम्बिनी गेट नजिक फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्दा बियरको बोतलभित्र माटो, ढुङ्गा राखिएको र अंचलपुरमा फेला परेको शंकास्पद वस्तु रंगको सानो बाल्टिन (डब्बा) मा पराल पाईएको छ। बन्दको दिन शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाउन खोजिएको प्रहरीले बताएको छ। बन्दको आह्वानका कारण शिक्षण संस्थाहरुमा…
भैरहवा, ४ फागुन । भैरहवास्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र जुत्ता वितरण गरिएको छ । भैरहवाको पुरानो मध्यको एक यो विद्यालय व्यवस्थापन समितिमा व्यवसायी तथा युवा समाजसेवी अमित गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि विद्यालयमा परिवर्तन देखिन थालेको छ। विद्यालयका समस्याहरु समाधानका लागि यो कार्यसमिति योजना बनाएर अघि बढेको छ । अध्यक्ष गुप्ताको पहलमा स्थानीय ठाकुर बराईली, गुञ्जा बराईली दम्पत्ति र दीपेन्द्र जलान्धरले विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्कूल झोला र जुत्ता वितरण गरेका हुन् । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिका-६ का बराईली दम्पत्तिले विद्यालयको कक्षा १ देखि ५ सम्मका अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ५०…
भैरहवा, ४ फागुन । भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा मानसिक रोग र पेट तथा कलेजो रोग उपचार सेवा सुरु गरिएको छ । अस्पतालले पत्रकर सम्मेलनको आयोजना गरी अस्पतालको विभिन्न सेवासँगै सोमबारदेखि मानसिक रोग र पेट तथा कलेजो रोग उपचार सेवा सुरु गरिएको जनाएको छ । स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ विभाग सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए। ‘स्वास्थ्य क्षेत्रमा पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो अवस्थामा देखिएको छ’, उनले भने, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले यो उपचार सेवा गरेका हौं । अब सामान्य समस्याका लागि पनि बाहिर जानुपर्ने बाध्यता हट्ने हाम्रो विश्वास छ।’ अस्पतालका अनुसार मानसिक…
भैरहवा,४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालका अनुसार, जिल्लाको ५ वटै निर्वाचनको १५५ वटै वडामा मतदाता शिक्षाका लागि स्वयंसेवकहरु खटाइएको हो । उनीहरुले मतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा बताउँनेछन्। उनले मतदाता शिक्षाका लागि जिल्लाको प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय तहमा एक जना अनुगमनकर्ता खटाइएको बताइन् । महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बालशिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षाका लागि खटाइएको छ। मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा…
भैरहवा, ४ फागुन। जनता समाजवादी पार्टी (जसपा), नेपालको जनसम्पर्क एवं क्षेत्र नम्बर १ रुपन्देहीको पार्टी तथा सम्पर्क कार्यालय स्थापना गरिएको छ । रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद असलम खानले रोहिणी गाउँपालिका–३ स्थित धकधईमा पार्टी तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आफूहरुको लडाई पहिचान, अधिकारको रहेको बताए। देशमा भएको बेरोजगारी अन्त्य गर्न क्षेत्र नम्बर १ को विकासका लागि आफनो उम्मेदवारी भएकोले निर्वाचनमा जिताउन उनले आग्रह गरे। उनले अन्य पार्टीका व्यक्ति पटकपटक विजयी हुँदा पनि यस क्षेत्रको विकासका लागि कुनै काम नगरेकोले आफूले जनताको समस्या संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा ठोस…
काठमाडौं,४ फागुन । नेपालको स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ किनबेच भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँ घटेर चार हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं,४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । बाँकी रहेका पाँच लाख मतपत्र पनि आज छापेर सकिने बताइएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार, प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र आजै सकिनेछ। छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ। छपाइ सम्पन्न भएका १० लाख नमूना मतपत्र विभिन्न स्थानमा पुर्याइसकिएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न गरी…