


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
ढाका, २२ साउन । बंगलादेशमा विद्यार्थीहरुको आन्दोलनका कारण राजीनामा दिएर देशका छाडेको पूर्वप्रधानमन्त्री शेख हसिना राजनीतिमा नआउने भएकी छिन्। हसिनाका छोरा एवं पूर्व आधिकारिक सल्लाहकार रहेका साजीव वाजेद रोयले सोमबार बीबीसीलाई अन्तरवार्ता दिदैँ परिवारिक दवाबले आमा (हसिना) ले आफ्नो सुरक्षाका लागि देश छाडेको र अब राजनीतिमा नआउने बताए। सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरण लिएकी छिन्। जोयका अनुसार पछिल्लो घटनाक्रमका कारण आमा निराश बनेको र आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन्। ‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनी आफ्ना नातिनातिनाहरूसँग समय बिताउनेछिन्, राजनीतिमा फर्कने छैनन्।’ जोयले भनेका छन्…
भैरहवा, २२ साउन। पछिल्लो केही दिनयता नेपालको स्थानीय बजारमा रेकर्ड तोड्दै उचाईमा पुगिरहेको सुनको मूल्यमा एकैदिन प्रतितोला दुई हजार तीन सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला चाँदीको १ हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
भैरहवा, २१ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने भएकोले सर्तकता अपनाउनका लागि अनुरोध छ । महाशाखाले सोमबार मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै भारी वर्षाका सम्भावना कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३६ जिल्लालाई मध्यम जोखिमको पूर्वानुमान गर्दै ‘डार्क यल्लो अलर्ट’ को सूचीमा राखेको छ । यस्तै गण्डकी, कर्णाली, सुदूरपश्चिमका ७ जिल्लामा निम्न जोखिमको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको ‘रेड अलर्ट’ मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम जिल्ला परेका छन्…
काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ३८ वटा विभागका प्रमुख तोक्ने तयारी गरेका छन् । उनले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा प्रमुख तोक्न तयारी गरेका हुन् । देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेको बताइएको छ । त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष…
काठमाडौं, २१ साउन ।नेपालको स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। सोमबार प्रतितोला सुन १ लाख ५० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर छ। सोमबार चाँदी प्रतितोला १ हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
भैरहवा, २१ साउन । लुम्बिनी प्रेस क्लबले अग्रज पत्रकार चेतन पन्तको निधनप्रति दुःख व्यक्त गरेको छ । क्लबले विज्ञप्ती जारी गर्दै सदस्य पन्तको निधनले कुसल अभिभावकका साथै पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ । पत्रकार पन्तको निधनले आफुहरुलाई मर्माहित बनाएको उल्लेख गर्दै क्लबको अध्यक्ष सम्झना शर्माद्धारा जारी शोक विज्ञप्तीमा भनिएको छ, ‘उहाँको दुःखद निधनले क्लबले एक कुसल अभिभावक गुमाउनुका साथै लुम्बिनीको प्रवद्र्धन एवं यस क्षेत्रको पत्रकारितामा अपूरणीय क्षति भएको छ ।’ सोमबार पन्तको भैरहवा स्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । सोही क्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीले पन्तको पार्थिव शरीरमा महासंघको झण्डा (ब्यानर) ओढाएर र मालासहित श्रद्धाञ्जली अर्पण गरेको…
भैरहवा, २० साउन । अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । लामो समय देखि विरामी रहेका पन्तको सिद्धार्थनगर नगरपालिका-६ (भैरहवा) दुर्गाकलोनीस्थित निवासमा ६६ वर्षको उमेरमा आईतबार राति ९:१० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दशकौ देखि पत्रकारिता क्षेत्रका साथै लुम्बिनीको पर्यटन प्रर्वद्धनमा समेत उनले योगदान पुर्याउँदै आएका थिए । समाचार, लेखसँगै देश-विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि अभियान नै चलाएका थिए । पत्रकारिताको माध्यमले भैरहवा,लुम्बिनी लगायत क्षेत्रको विकासका लागि लामो समय देखि कलम चलाउँदै आएका थिए । पन्तको निधनले…
काठमाडौं, १९ साउन। मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिवार गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले मिस नेपालको ताज पहिरिइन् । उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाईदिएकी थिइन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले प्राप्त गरिन् भने मिस नेपाल अर्थको उपाधी सुमन केसी भएकी छन् ।
काठमाडौं, १९ साउन । नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको प्रतिस्पर्धामा नेपालले ३-२ को सेटमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । नेपालले पहिलो पटक भारतलाई पराजित गर्न सफल भएको हो । नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। नेपालले पाँचौं सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो।पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट नेपालले १२–२५ ले सेट गुमायो। तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई…
भैरहवा, १८ साउन । लुम्बिनी प्रदेश सरकारमा विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका आठ जना मन्त्रीहरुको कार्यविभाजन गरिएको छ । उनीहरु गत साउन ९ गते मन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएपनि राजनीतिक दलबीच मन्त्रालयको भागभण्डा नमिल्दा मन्त्रीहरुको कार्यविभाजन हुन सकेको थिएन । जसका कारण प्रदेश सरकारको आलोचना भएको थियो । नेपाली काँग्रेसबाट चार र नेकपा एमालेबाट चार जना गरी मन्त्री बनेका आठ जनाका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच भएको छलफलबाट मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाइएको हो। सोही अनुसार मुख्यमन्त्री आचार्यले शुक्रवार उनीहरुको कार्यविभाजन गरेका हुन् । सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा गुल्मीका धनेन्द्र…