


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
धकधई,१७ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहराले कृषि र खाद्य सुरक्षालाई प्राथमिकता दिइने प्रतिवद्धता जनाएका छन्। उनले व्यावसायिक कृषि प्रवर्द्धन, किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार र आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन्। घरदैलो कार्यक्रम तथा चुनावी भेटघाटका क्रममा बोहराले कृषि क्षेत्रको आधुनिकीकरणबिना ग्रामीण अर्थतन्त्र बलियो बन्न नसक्ने बताएका छन्। ‘रुपन्देही १ कृषि उत्पादनमा सम्भावनायुक्त क्षेत्र हो। तर किसानले अझै पनि उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,’ उनले भने,‘किसानलाई बजारको ग्यारेन्टी र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ।’ उनले…
काठमाडौं,१५ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ। उनेपाका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गर्ने घोषणा गरेका हुन्। ०६४ सालदेखि उक्त स्थानबाट शर्माले चुनाव जित्दै आएका छन् । रुकुम पश्चिमबाट एमालेबाट नन्दराम देवकोटा, कांग्रेसबाट राजु केसी, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मानबहादुर शाहीलगायतले उम्मेदवारी दिएका छन् ।
भैरहवा, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा विक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ । सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म फागुन १५ (शुक्रवार) देखि जिल्लामा मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको बताए । हेर्नुहोस् सूचना:
भैरहवा, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका भैरहवाका अजय कुमार गुप्ता फेरी राप्रपामा फर्किएका छन् । बिहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा राप्रपाको रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतले स्वागत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा राप्रपाले बोकेको एजेण्डा राजसंस्था र हिन्दु राष्ट्र आफ्नो पनि एजेण्डा भएकोले आफु पुन: पार्टीमा फर्किएको बताए । राप्रपा जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा फरक मत राख्ने कुरालाई अन्यथा लिन नहुने बताए।…
बुटवल, १४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित नेपाली कांग्रेसले शुक्रवार बुटवलमा चुनावी सभा आयोजना गरेको छ। रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा आयोजना गरिने कार्यक्रम तय भएको पार्टीले जनाएको छ । सभालाई पार्टीका सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रुपान्तरणका विषयमा पार्टीको धारणा राख्ने बताइएको छ,। रुपन्देहीमा कांग्रेसको पक्षमा जनलहर देखिएको नेपाली कांग्रेस रुपन्देही(२ का सभापति प्रजापाल गिरीको दावी छ। भोलीको सभाले त्यसको स्पष्ट सन्देश दिने उनको भनाई छ। सभामा जिल्लाभरबाट नेता(कार्यकर्ता, शुभेच्छुक…
भैरहवा, १४ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले चुनावी घरदैलोलाई तीव्रता दिएका छन् । बिहीबार सिद्धार्थनगर नगरपालिका वडा नं. ७ र ९ का विभिन्न टोल–बस्तीमा पुगेर उनले मतदाताका समस्या, अपेक्षा र सुझाव सुन्दै आफू निर्वाचित भए कानुन, नीति निर्माण तथा विकासका कार्यहरु कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदाताले सडक स्तरोन्नति, मलखाद–बिउबिजन, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीका विषय उठाएका थिए। घरदैलोका क्रममा घिमिरेले ज्येष्ठ नागरिकसँग आशीर्वाद लिनुका साथै युवा, किसान र व्यवसायीसँग छलफल गरेका छन्। मतदाताले तिलोत्तमा नगरपालिकाको प्रमुख र संघीय सांसदका रुपमा गरेका कामको स्मरण गर्दै घिमिरे परीक्षण भइसकेको,…
धकधई,१४ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले व्यवसायिक कृषि प्रवर्द्धनदेखि किसानलाई उचित मूल्य र बजार सुनिश्चिततासम्मका विषयलाई प्रतिवद्धताको केन्द्रमा राखेका छन्। बोहराले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने योजना अघि सारेका छन्। ‘अब कृषिलाई निर्वाहमुखी होइन, आम्दानीमुखी बनाउनु पर्छ,’उनले भने,‘व्यवसायिक कृषि प्रवर्द्धनमार्फत युवालाई समेत खेतबारीमै आकर्षित गर्ने वातावरण मैले बनाउँछु।’ उनका अनुसार किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य नपाउने समस्या दीर्घकालीन समस्या बनेको छ। त्यसलाई समाधान गर्न स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गरी स्थायी बजार संरचना विकास गरिने उनले बताए। ‘किसानले उत्पादन गर्यो, तर बजार…
भैरहवा, १४ फागुन। नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गरेको छ। सबै क्षेत्रमा उम्मेदवारहरु निर्वाचित हुने पूर्णआत्मविश्वासका साथ मैदानमा खटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको अनुगमन टोली निश्र्कष छ। सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदवारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो। जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदवारहरुसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा…
भैरहवा,१४ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यही बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा क्षेत्रका विभिन्न स्थानमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएका छन् । पार्टी निर्वाचन परिचालन समितिका अनुसार,पछिल्ला केही दिनयता उनी गाउँ–टोल केन्द्रित कार्यक्रममा व्यस्त छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा रहेको बताएका छन्। ‘राजनीति परिणाममुखी हुनुपर्छ, जनताको दैनिक जीवनमा परिवर्तन देखिनुपर्छ,’ उम्मेदवार थापाले भने, ‘वर्षौंदेखि दोहोरिँदै आएको आश्वासन होइन, अब काम देखिने नेतृत्व आवश्यक छ, जसका लागि म सँग स्पष्ट खाका छ।’ रास्वपाले यस क्षेत्रमा नयाँ पुस्तालाई लक्षित…
भैरहवा, १४ फागुन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शुक्रवार सार्वजनिक विदा दिएको छ । ४४ औं मगर एकता दिवसको अवसरमा नगरपालिकाले शुक्रवार विदा दिएको हो। नगरप्रमुख इश्तियाक अहमद खाँका अनुसार, दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरु, आधारभूत, शहरी स्वास्थ्य केन्द्र तथा सामूदाियक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा फागुन १५ गते (शुक्रबार) बिदा दिइएको हो ।