


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २५ माघ । प्रधानमन्त्री कपका लागि रुपन्देहीमा भएको लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा रुपन्देही च्याम्पियन बनेको छ । फाइनल खेलमा बाँके जिल्ला क्रिकेट टीमलाई १ सय ९९ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही छनोट प्रतियोगिताको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६३ रनको बलियो योगफल बनायो। उसका लागि देब खनालले १ सय ३७ रनको शतकीय पारी खेले। यस्तै, प्रज्जवल थापाले ७४ रन जोड्दा अकाश त्रिपाठीले १४ र सन्दीप राजलीले १०…
लुम्बिनी,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले कृषि नै क्षेत्रको आर्थिक मेरुदण्ड भएकोले कृषि रुपान्तरण आवश्यक रहेको बताएका छन्। रुपन्देही–५ लाई लुम्बिनी प्रदेशकै नमुना कृषि क्षेत्र बनाउने संकल्पसहित उनले सिँचाइदेखि बजार, प्रविधिदेखि रोजगारीसम्म समेटिएको एकीकृत योजना अघि सारेका छन्। उनले किसानलाई चुनावी नाराको विषय मात्र नभई आर्थिक समृद्धिको मूल आधार बनाउने बताए । ‘किसानलाई अनुदानको लाइनमा होइन, उत्पादन र आम्दानीको केन्द्रमा राख्नुपर्छ । खेत–खेतमा पानी पुग्यो भने किसानको अनुहार आफैँ हाँस्छ’,उनले भने,‘किसानको समस्या दशकौंदेखि ज्यूँको त्यूँ छ । अब परिवर्तन हुनेछ,…
काठमाडौं,२३ माघ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गोविन्द काराखेती पार्टीका निष्कासन कारबाही गरेको छ । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकालेर पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधि गरेको भन्दै पार्टीबाट निष्कासनको कारबाही गरिएको जनाएका छन् । रास्वपालाई समर्थन गर्दै काराखेतीले उम्मेदवारी निष्क्रिय पारेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने कारवाही गरेको हो ।
लुम्बिनी, २३ माघ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकको ओइरो लाग्न नसक्नुमा चिन्ता व्यक्त गरेका छन् । ‘विश्वकै महत्वपूर्ण स्थल लुम्बिनीमा पर्यटकहरुको किन ओइरो लाग्न सकेको छैन् ? अहिलेसम्म नेताहरुले के गरे? कस्तो नीति नियम बनाए ? किन पर्यटकहरु आउन सकेका छैनन् ? यहाँ युवाहरु किन बेरोजगार छन् ? अब प्रश्न गर्नुहोस् ?’ लुम्बिनीमा आयोजित कार्यक्रममा स्थानीयहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हामीहरु भिजनका साथ आएका छौ, अन्यले नगरेपछि हामी गर्न आएका हौं।’ तीन दलले प्रधानमन्त्रीको कुर्सीलाई म्यूजिकल चेयर बनाएर ६/६ महिना प्रधानमन्त्री पदको बाँडफाँड…
काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा व्याप्त निराशाको मुख्य कारण भ्रष्टाचार रहेको बताउँदै नयाँ रुपको कांग्रेस भ्रष्टाचारविरुद्ध दृढ रुपमा उभिएको दाबी गरेका छन्। शुक्रवार कास्की कांग्रेसद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘आज नागरिकलाई नेपालको सबैभन्दा ठूलो शत्रु को हो भनेर सोध्दा जवाफ आउँछ—‘करप्सन’। भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा बनेर परिवर्तन भएको नेपाली कांग्रेस आएको छ।’ उनले कांग्रेसका नेता–कार्यकर्ता टाउकोदेखि पुच्छरसम्म भ्रष्टाचारविरुद्ध संकल्प गरेर आएको दाबी गरे। थापाले विगतमा देशलाई हिंसाको चपेटाबाट मुक्त गरिएझैँ अब भ्रष्टाचारको दलदलबाट पनि कांग्रेसले नै बाहिर निकाल्ने बताए। ‘हिजो हामीले नेपाललाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि बाहिर निकाल्छौँ,’ उनले भने।…
काठमाडौं,२३ माघ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनबाट पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सल्यान(काठमाडौं सम्पर्क मञ्चको परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको माहोल आफ्नो पक्षमा देखिए पनि अन्तिम परिणाम नआएसम्म सतर्क रहनुपर्ने बताए। ‘चुनाव जितिसकियो, अब घोषणा गर्न मात्र बाँकी छ भन्न सकिन्छ। तर, जबसम्म जनमतलाई मतपेटिकाभित्र सुरक्षित गरिँदैन र परिणाम आउँदैन, तबसम्म खेल धेरै हुन सक्छ,’उनले भने, ‘त्यसैले सबैले आफ्नो मेहेनत बढाउनु जरुरी छ।’ देश राजनीतिक र संवैधानिक संकटमा परेको बेला आफ्नो पार्टी र नेता माधव कुमार नेपाल लगायतले ठूलो मेहेनत गरेर देशलाई दुर्घटनाबाट बचाएको उनले दाबी…
काठमाडौं,२३ माघ । अगामी फागुन २१ गते हुने निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइ सकिएको छ । २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ । विवरणअनुसार, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम) , सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ। यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ। ६० जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको तर, प्याकिङको काम भने बाँकी रहेको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको…
काठमाडौं,२३ माघ । आईतबारदेखि आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट सुरु हुने भएको छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल र इंग्ल्यान्डबीच हुनेछ । मुम्बईको वानखडे रंगशालामा हुने प्रतियोगितामा नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ। नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेलेको थियो। २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग शानदार खेल प्रदर्शन गर्दै आफ्नो क्षमतालाई विश्वमञ्चमा देखाएको थियो। विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा एक रनको अन्तरले हार र जीतको नजिक पुगेको त्यो खेल नेपाली क्रिकेटप्रेमीको स्मरणीय क्षण बनेको थियो। यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। समूहमा नेपालसँगै दुईपटकको विजेता…
काठमाडौं,२३ माघ। प्रहरीले राजनीतिक दलका उम्मेदवारका लागि सामाजिक संजालमा मत मागेपछि उक्त प्रहरीमाथी कारवाहीको डण्डा चलाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको युनिटमा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेल सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत मागेपछि प्रहरी आचरण विपरीतको कार्य अन्र्तगत उनी माथी कारबाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए । उनका अनुसार पटेलले फेसबुक मार्फत मत मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको छ ।
काठमाडौं,२३ माघ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ गरेको छ । पक्राउ पर्दै र रिहा हुँदै आएका प्रसाईँलाई शुक्रबार प्हरीले काठमाडौंको दक्षिणकाली क्षेत्रबाट नियन्त्रणमा लिएको हो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईँलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ। प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। यसअघि पनि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति पश्चात पोखराबाट पक्राउ परेका प्रसाईँ धरौटी बुझाएर रिहा…