


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, २० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरु उत्पादनमा नजोडिँदासम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरु अनिवार्य रुपमा जोडिनुपर्ने बताएका हुन् । ‘जुन लक्ष्य र उद्देश्य बोकेर सहकारीहरु निर्माण भएका छन्। जसरी उत्पादनसँग जोडिनुपथ्र्यो। त्यसरी नजोडिएको देखेको छु’उनले भने– ‘सहकारी संस्थाको माध्यमबाट स्थानीय उत्पादन बढाउन सकिन्छ । किसानको उत्पादन बजारसम्म पुर्याउन सकिन्छ। आयआर्जन बढाउन सकिन्छ। किसानको जीवनस्तरमाथि उठाउन सकिन्छ।’ सबै सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा उनको जोड छ। समाजवादको आधारशिला सहकारी भएको र प्रदेश सरकारले…
सलमान खानभैरहवा । राजनीतिमा पाका र दुरदर्शी नेताको रुपमा स्थापित दीपक बोहराको पहलकदमीले रुपन्देही क्षेत्रमा भएका विकास सम्झनामा रहने भएका छन्। दरबार र जनताको रोजाइमा परिरहने बोहरा व्यवस्था बदलिएसँगै आफुलाई पनि परिवर्तन गरेर नागरिकसँग हातेमालो गर्दै विकासका लागि अघि बढे। पञ्चायत, बहुदल देखि गणतन्त्रसम्म गरेका विकासका कार्यहरु यस क्षेत्रका पुराना पुस्ता र उनका समकक्षीहरुको सम्झनामा छ। राजनीतिका पुराना पुस्ताका मध्ये नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सांसद देवीप्रसाद चौधरी उनलाई सम्झिदैं भन्छन्– ‘बोहराले पञ्चायतकालमा धेरै काम गर्नु भएको छ । अस्वथ्य भएको बेला काम गर्ने कुरा हुँदैन । उहाँको निधनले यस क्षेत्रलाई क्षति पुगेको छ।’ यस क्षेत्रमा विकासका ठूला आयोजनाहरुलाई अगाडी बढाउन…
काठमाडौं,२० चैत। भाटभटेनी सुपरमार्केटले राजावादीहरुले गत शुक्रवार (चैत १५ गते) प्रर्दशन गरेको दिन कोटेश्वरस्थित सुपरमार्केटमा तोडफोड र लुटपाट गर्नेहरुलाई धपाउने सुरक्षागार्डहरुलाई पुरस्कारसहित सम्मान गरेको छ। लुटेराहरुले सुपरमार्केटमा रहेका सामग्रीहरु लुटपाट र तोडफोड गर्न थालेपछि सुरक्षागार्ड दुलप्रसाद पराजुलीले एक्लैले प्रतिकार गर्दै उनीहरुलाई धपाएका थिए। उनले लुटेराहरुलाई पिट्दै धपाएको भीडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भाटभटेनीका संचालक मीनबहादुर गुरुङले पराजुलीलाई दुबोको माला लगाएर सम्मान गरे। उनको योगदान साहसलाई उच्च कदर गर्दै बुधवार ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित उनलाई सम्मान गरिएको भाटभटेनी सुपरमार्केटले जनाएको छ। भाटभटेनीका अनुसार अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर…
उदयपुर, २० चैत। उदयपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी नगरपालिका ७ का २९ वर्षीय हरिबहादुर तामाङ, वडा नं ८ का १९ वर्षीय भक्तबहादुर तामाङ, २५ वर्षीय सोमकृष्ण राई, वडा नं ४ का २३ वर्षीय अनमोल मगर, २० वर्षीया आरती राउत, २३ वर्षीय शरदकुमार सुनुवार र १९ वर्षीय बिक्रम साशंकार रहेको प्रहरीले जनाएको छ। लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनीहरुलाई १० हजार ४ सय ६३ वटा ट्याबलेट लागुऔषध र एक सय ग्राम गाँजासहित उनीहरुलाई कान्छी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङले बताए।…
भैरहवा, २० चैत। रुपन्देहीको रोहिणी गाउँपालिकाले बुधबार (आज) शोक विदा दिएको छ। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा गाउँपालिकाले विदा दिएको हो। बोहराको निधनले रोहिणी गाउँपालिका परिवार अत्यन्तै मर्माहित र दुःखित भएको गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा उनले समवेदना प्रकट गरे। उनका अनुसार आज रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, सो मातहतको वडा कार्यालयहरु, आधारभूत स्वास्थ्य केन्द्रहरु, सामूदायिक तथा संस्थागत विद्यालयहरुको सेवा प्रवाह र पठनपठन स्थगित गरिएको छ । पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरु यथावत सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार…
भैरहवा, १९ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं वरिष्ठ नेता दीपक बोहराको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको बैठकले बोहोराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाए। उनका अनुसार बैठकले तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ। सांसद बोहराको मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। बोहराको निधनबाट पार्टीलाई र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको जनाएको छ।
भैरहवा, १९ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले सांसद दीपक बोहोराको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका बोहराको मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सांसद बोहराको निधनबाट आफू स्तब्ध भएको भन्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन्। मंगलबार खाणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।’ एमालेसँग गठबन्धन गरेर रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका उम्मेदवार बोहरा प्रतिनिधिसभामा निर्वाचित भएका थिए। दुवै जना रुपन्देहीका नेता हुन् ।
हृदयराम गुप्ता लुम्बिनी, १९ चैत। काठमाडौंको तीनकुनेमा गत शुक्रवार राजावादीको आन्दोलनमा भएको आगजनी घटनामा ज्यान गुमाएका एभीन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ वटा दीप प्रज्वलन गरिएको छ। मधेशी पत्रकार समाज र मर्चवार प्रेस क्लब रुपन्देहीको संयुक्त आयोजनामा गरिएको दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानलाई सम्मान व्यक्त गरिएको छ। मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको जिकिर गरे। उनले भने,‘एक सत्यनिष्ठ, मेहनती र निर्भीक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति…
भैरहवा, १९ चैत। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको पार्थीव शरीरलाई उनको गृहनगर भैरहवाबाट पुनः काठमाडौं लगिएको छ। मंगलबार काठमाडौको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएपछि श्रद्धान्जली अर्पणका लागि उनको पार्थीव शरीर गृहनगर भैरहवा ल्याइएको थियो। हेलकिोप्टरमार्फत् भैरहवा ल्याइएका बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर नगरपालिका(३ स्थित उनको निवासमा श्रद्धाञ्जलीका अर्पण गरिएको थियो । रुपन्देहीमा भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ (भैलूभूज) परियोजनाको सुरुवात गरेर रुपन्देहीको विकास ल्याएका बोहराको निधनले अपुरणीय क्षति पुगेका यस क्षेत्रका बासिन्दाहरु बताउँछन्। बोहरालाई श्रद्धाञ्जली दिन राप्रपाका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा,…
भैरहवा, १९ चैत। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीर उनको गृहनगर भैरहवामा ल्याइएको छ। राप्रपा वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो। हेलकिोप्टरमार्फत् भैरहवा ल्याइएका बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर–३ उनको निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ। निवासमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधरण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। नागरिक अगुवा, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, समाजसेवी लगायतले बोहराको निधनले रुपन्देहीका साथै राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताएका छन्। श्रद्धाञ्जली अर्पण पश्चात गृहनगरबाट उनको पार्थीव…