Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२३ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षद्धारा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। उक्त पक्षले बुधबार पत्रकार सम्मेलन गरेर पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने जनाएको छ । विधानको धारा १७ (२) मा स्पष्ट बाध्यकारी व्यवस्था छ-, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्छ।’  ‘यसअनुसार २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ। विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन। यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो। अतः विधानको यही मर्म र भावनालाई…

Read More

काठमाडौं,२३ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको बताएका हुन्। बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा रहेको बताए। आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार संप्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे।

Read More

काठमाडौं,२३ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी तालमेल गरेर निर्वाचनमा होमिने भएका छन्। बुधवार कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरु तालमेल गरेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो। जसमा नेपाली कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए। नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि कांग्रेस र एमाले अघि बढेको बताए।

Read More

हृदयराम गुप्तामर्चवार,२३ पुस । रुपन्देहीको कोटहीमाई गाउँपालिका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक सुधार तथा सुशासनतर्फ लम्किँदै गएको छ । गाउँपालिका कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादनको समिक्षा गर्दै पालिका प्रगतितर्फ लम्किएको तथ्यांक प्रस्तुत गरेको छ । भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सूचना प्रविधि र आर्थिक प्रशासनसम्म फैलिएका कार्यक्रमहरुले पालिकाको समग्र विकास यात्रा प्रगतितर्फ रहेको सरोकारावालाहरुको भनाई छ । गाउँपालिका कार्यालयको योजना शाखाका प्रमुख फडेन्द्र प्रसाद बगालेका अनुसार गत आर्थिक वर्षमा ३ सय ७० वटा योजना तथा कार्यक्रम मध्ये ३ सय ५५ वटा सम्पन्न भएका छन् । उक्त अवधिमा वडा स्तरबाट १ सय ४ वटा योजना तथा १…

Read More

काठमाडौं,२१ पुस । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथी लगाएको स्थान हद फुकुवा गरेको छ । आयोगले ओलीको बयान लिएसँगै उनीमाथी लगाइएको स्थान हद फुकुवाको निर्णय गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा त्यसताका भएका घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख छ । हेर्नुहोस् विज्ञप्ति:

Read More

काठमाडौं,२१ पुस। मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये ८ वटा निर्णयहरु सार्वजिनक गरिएको छ । यस्ता छन् निर्णयहरु: १) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ। २) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ। ३) जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ । ४) नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने…

Read More

काठमाडौं,२१ पुस। नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साढे तीन महिनासम्म रिक्त रहेको उक्त पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो। विभागका तत्कालिन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको अवकाशपछि एआईजी टेकेन्द्र कार्कीलाई प्रमुखमा बढुवा गरिएको थियो । जसपश्चात उक्त एआईजी पद रिक्त भएको थियो । सोही पदमा पहिलो दाबेदार रहेका खड्का एआईजी बनेका छन् ।

Read More

काठमाडौं,२१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचार सम्बन्धि मुद्दाको अनुसन्धानमा तिव्रता दिएको छ । जससँगै विशेष अदालतमा पनि मुद्दा दायर हुने क्रम बढेको छ । जेनजी आन्दोलन पश्चात पालिकामा हुने अनियमिततामा समेत निगरानी बढाउँदै आयोगले पछिल्लो समयमा विभिन्न पालिकामा कार्यरत ११ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थविरुद्ध भ्रष्टाचार मुद्दा दायर…

Read More

काठमाडौं,२१ पुस। कोरियाले मुलुकमा अवैध रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुका लागि विशेष स्वेच्छिक प्रस्थान प्रणाली लागू गरेको छ। कोरियाको न्याय मन्त्रालयले लागु गरेको विशेष स्वेच्छिक प्रस्थान प्रणाली अनुसार, अवैध रुपमा मुलुकमा बसोबास गरिरहेका विदेशी नागरिकले २८ फेब्रुअरी २०२६ सम्म स्वेच्छिक रुपमा फिर्ती भए जरिवाना तथा पुनःप्रवेश प्रतिबन्धमा छुट दिइनेछ । जससम्बन्धमा सोमबार सिओलस्थित नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यस प्रणालीबारे जानकारी गराएको छ । दूतावासका अनुसार यो सुविधा अवैधरुपमा दक्षिण कोरिया प्रवेश गरेका,नक्कली राहदानी प्रयोग गर्ने,आपराधिक गतिविधिमा संलग्न,डिपोर्टेशन आदेश पालना नगर्ने तथा सन् २०२५ डिसेम्बर १ पछि अवैध बनेका व्यक्तिहरुलाई भने लागू हुने छैन। स्वेच्छिक रुपमा नेपाल फर्किन…

Read More

भैरहवा, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), रुपन्देही जिल्लाको तीन वटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रविकुमार रौनियारका अनुसार रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, ४ बाट सर्वेन्द्रनाथ शुक्ला र ५ बाट मोहम्मद इस्लामको एकल नाम सिफारिस गरिएको छ । उनीहरुको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिएको लोसपा रुपन्देहीले जनाएको छ । रुपन्देही-४ बाट एकल उम्मेदवारमा सिफारिस भएका शुक्लाको रुपन्देही-३ बाट सिफारिस भएका यादव र ५ बाट सिफारिस भएका इस्लाम जिल्लामा विश्वासपात्रको रुपमा मानिन्छन् । ०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रमोद कुमार…

Read More