Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) कार्यालयले नगर क्षेत्रमा छाडा चौपाया (गाईगोरु) को नियन्त्रण तथा व्यवस्थापनका लागि दोस्रो पटक अभियान चलाएको छ । अभियान अन्र्तगत नगरमा छाडा अवस्थामा फेला परेका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ । छाडा गाईगोरुका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यकरण समेत असर परेपछि गत वर्षमा पनि पालिकाले अभियान चलाएर छाडा छाडिएका गाईगोरुको व्यवस्थापन गरेको थियो । तर, नगरवासी लगायत सचेत नहुदाँ नगर क्षेत्रमा उही समस्या पुनः दोहोरिएको छ । जसलाई निर्मूल पार्न नगरपालिका कार्यालयलाई समेत समस्या भएको छ । ‘नगर क्षेत्रबाट छाडा गाईगोरुको समस्या निर्मुल पार्ने उद्देश्य र विश्वासका साथ अभियान चलाएर…

Read More

भैरहवा, २५ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कोटहीमाई आधारभुत विद्यालय ,पडसरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । युथ क्लब अफ पडसरीद्वारा मंगलबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको क्लबका अध्यक्ष सुरेश मिश्रले बताए । कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सितल जिटी ,विद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष मातृका प्रसाद यादव , अकाश गुरुंग ,सुष्मा भूजेल लगायतको सहभागीता रहेको थियो ।

Read More

परासी, २३ पुस । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली गरी भित्राइएको औषधी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ का विवेक पोख्रेल र बागलुङ बडिगाड गाउँपालिका–५ का अभिषेक खरेल रहेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ मा प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भित्राइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सर्जिकल सामग्री र औषधी बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । बरामद भएको औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा २३ पुस । भगवान बुद्धसंग समबन्धित स्थानहरुको प्रवर्द्धन गर्ने उद्देश्य सहित भैरहवाबाट ” बुद्ध ज्ञान साइकल यात्रा”को आयोजना गरिने भएको छ । साइकल सिटी भैरहवाको आयोजनामा २०८० साल देखि हरेक वर्ष आयोजना गर्ने गरी ” बुद्ध ज्ञान साइकल यात्रा ” आयोजना गरिने संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । यस पटक यात्रामा २ सय जना साइकल चालकले भाग लिने उनले जानकारी दिए । यसमा भारत र नेपाल बाहेक साइकल यात्रीले नाम दर्ता गराइसकेको र अन्य देशका यात्रीलाइ पनि ल्याउने प्रयास भैरहेको आयोजकले बताए । माघको १२ र १३ गते भ्रमण सिद्धार्थनगर सहित रुपन्देहीको पहिचान बढाउन सहयोग गर्नुको साथसाथै…

Read More

भैरहवा, २३ पुस । रुपन्देही प्रहरीले १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्याज बरामद गरेको हो । आइतबार मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा (३ हजार २ सय ५५ केजी) प्याज स्थानीयबासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए । बरामद गरिएको प्याज आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।

Read More