Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

दाङ,१५ असार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री आचार्यले ‘जलवायूमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनको प्रमुख आधार धान खेती भएकाले यसलाई आधुनिक, व्यवसायिक तथा जलवायूमैत्री बनाउनु समयको आवश्यकता भएको उल्लख गरेका छन्। बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी…

Read More

परासी,१५ असार। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीले आफूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले काङ्ग्रेसबाट निर्वाचित अन्सारी अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराए पश्वात् आयोगको असार ८ गतेको बैठकले उपाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको थियो। जसपश्चात आयोगले असार ९ गते उपाध्यक्ष पद रिक्त भएको सूचना जारी गरेको थियो। आयोगको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै उनले उक्त निर्णय बदर गरी उपाध्यक्षकै हैसियतमा काम गर्न दिनका लागि सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेकी हुन्। रिटमाथि आज न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा…

Read More

भारत, असार। भारतको तामिलनाडु सरकारले राज्यको सरकारी अस्पतालहरुमा जन्मने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिने घोषणा गरेको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले थाइमामन थङ्गा मोथिरा थिट्टम (मामाको सुनको औंठी योजना) अन्तर्गत उक्त कार्यक्रम ल्याएको हो। तमिल संस्कृतिमा नवजात शिशुलाई मामाको तर्फबाट सुन उपहार दिएर स्वागत गर्ने थाइमामन सिर परम्परा रहेको छ। सोही सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै अब सरकारले नै राज्यका प्रत्येक शिशुको मामाुको भूमिका निभाउँदै सुनको औंठी उपहार दिन लागेको जारी विज्ञप्तिमा उल्लेख छ। यस योजनाका लागि सरकारले वार्षिक ७५५.८३ करोड भारु बजेट छुट्याएको छ। यो योजना औपचारिक रुपमा आगामी सेप्टेम्बर १५ (पूर्व मुख्यमन्त्री…

Read More

काठमाडौं,१४ असार। गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन्। उनले आफूलाई गृहमन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा सेटिङ मिलाउन खोजेको प्रहरीको भनाइ छ । कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएका सिंहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

दाङ,१४ असार। लुम्बिनी प्रदेशमा वृक्षारोपण अभियान सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियान सुरु गरिएको हो। प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको र सरकारी, निजी तथा सार्वजनिक स्थानको ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा गाउँपालिका २ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए। उनले हरेक वर्ष लाखौं बिरुवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको…

Read More

भैरहवा,असार। औषधि व्यवस्था विभागले रुपन्देहीको ग्रेस फार्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट औषधि गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उत्पादन निर्धारण गुणस्तर मापदण्डअनुसार नरहेको विभागले जनाएको छ। विभागका अनुसार, राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा ब्याच नम्बर टीएलएमएस-००६ को लिनारेस एम ८५० ट्याब्लेट न्यून गुणस्तर भएको पाइएको छ। औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याच नम्बरको औषधिको बिक्री–वितरण तत्काल रोक्का गरी बजारबाट फिर्ता गर्न विभागले निर्देशन समेत दिएको छ। साथै सम्बन्धित उद्योग तथा त्यसका प्रतिनिधिलाई बजारबाट फिर्ता गरिएको औषधिको विवरण विभागमा पेश गर्न विभागद्वारा जारी सूचनामा…

Read More

कपिलवस्तु,१४ असार। लागुऔषध मुद्दामा सजाय भुक्तानका क्रममा दाङको तुल्सीपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४, देवपुराका ३३ वर्षीय बब्लु भन्ने बुधई यादव रहेको प्रहरीले जनाएको छ। उनलाई कपिलवस्तुको विजयनगर गाउँपालिका–४ स्थित जुलाही चोकबाट पक्राउ गरिएको हो नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, यादव जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तुल्सीपुर कारागारबाट फरार भएका थिए। लागुऔषध मुद्दामा १० वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय पाएका उनी कारागारमा सजाए भुक्तान गरिरहेका थिए।

Read More

काठमाडौं,१४ असार। प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए। प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे।

Read More

काठमाडौं,१४ असार। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पेट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरुको मूल्य पनि घटने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय बजारमा उक्त बस्तुको मूल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे। केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको उनको भनाई थियो। आफू अर्थमन्त्री भए पश्चात इन्धनको मूल्य घटाउनका लागि पहल गरिरहेको उनले दाबी गरे ।

Read More

भैरहवा,१४ असार। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको करिब २४ लाख मूल्य बराबरको सेलफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्तीका अनुसार, इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका-४ बालापुरमा लु ५३ प ३३९८ नम्बरको स्कुटर चेकजाँचको क्रममा २३ लाख ९० हजार मूल्य बराबरको ३८ थान सेलफोन बरामद गरेको हो। बरामद सबै सेलफोन एप्पल कम्पनीका विभिन्न मोडेलका आइफोन हुन्। बरामद सेलफोन र स्कुटर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

Read More