


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २९ साउन । रुपन्देही प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-३ धकधईका २० वर्षीय शिवनाथ गौतम, भैरहवा-४ (परिवर्तित नाम), भैरहवा-७ (परिवर्तित नाम) रहेका छन् । आरोपी दुई जना नाबालक रहेकोले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरिएको छैन । मोटरसाईकल चोरी भएपछि सवारीधनीहरुले दिएको उजुरीको आधारमा आवश्यक अनुसन्धान र खोजतलास गर्ने क्रममा चोरिएका तीन वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । उनले पक्राउ परेकाहरुको साथबाट लु ५० प ७६५, लु ३५ प ६३८८ र लु ४९…
त्रिवेणी (नवलपरासी), २९ साउन । पूर्व-पश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको दाउन्ने खण्डमा भाँसिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबार वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सडक भाँसिएपछि मर्मतका लागि यातायात संचालनमा रोक लगाउनु परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार बिहानदेखि भाँसिएको सडक मर्मत थालिएको र दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा आउन सक्ने सम्भावना रहेको छ । अहिले सडकमा एकतर्फी मात्रै सवारी संचालन भइरहेको छ । सडक मर्मतमा समय लाग्ने भएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै उक्त सडक खण्डमा हतारिएर यात्रा…
भैरहवा, २८ साउन । नेपालमा टेलिकम सेवा प्रदायक एनसेलका सेवाहरु प्रभावित भएको छ । एनसेलले प्रदान गर्ने कल, एसएमस र इन्टरनेट सेवा सोमबार ३ः४८ बजे देखि प्रभावित भएको हो । प्रवाह हुनेमा सेवा अवरुद्ध भएपछि एनसेलले फेसबुकमा एक सूचना जारी गर्दै प्राविधिक समस्याका कारण अचानक अवरुद्ध सेवा सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जनाएको छ ।
काठमाडौं, २८ साउन । नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नेपाल आएका उनले सोही दिन प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेट गरेका थिए । अफ्नो भ्रमण पुरा गरेर उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
भैरहवा, २८ साउन । रुपन्देहीको बेलबासमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकित पाठकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ४३ वर्षीया उनको आमा गौमुखी पाठक गम्भिर घाइते भएको उनले बताए । साथै, दुर्घटनामा मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगाका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले…
झापा, २८ साउन । झापा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर रहेको प्रहरीले जनाएको छ । दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट गजमेरलाई पेस्तोल र म्यागजिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार गजमेरको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल र २ थान म्यागजिन बरामद भएको छ ।
भैरहवा, २७ साउन । रुपन्देहीको तिलोत्तमामा रहेको यशोदा फुड्स प्रालिले बढी बुझाइएको रकम अग्रीम दाखिला रकममा कायम गरिदिन भन्दै नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । प्रा.लि.ले आइतबार दाखिला भएको रकम आगामी दाखिला गर्नुपर्ने महसुल रकममा हिसाब मिलान गर्नेगरी अग्रीम दाखिला रकममा कायम गरिदिन प्राधिकरणलाई पत्राचारमार्फत अनुरोध गरेको छ । कम्पनीले नेपाल विधुत प्राधिकरण नयाँमिल वितरण केन्द्र मणीग्राम, रुपन्देहीलाई पत्राचार गर्दै प्राधिकरणसगँ कहिले पनि ट्रंक/डेडिकेटेड लाइन माग नै नगरेकोमा अवस्थामा पनि लाइन लिएको भनी विशेष दर लगाई छुट प्रिमियम महसुल रकम माग गरी पत्राचार गरेकोमा असन्तुष्टि जनाएको छ । ‘…पत्राचार प्रति उद्योगलाई चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र सिफारिस बमोजिम…
भैरहवा, २७ साउन । रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको अध्यक्ष आकाश पौडेल निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न क्लबको तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा वर्ष २०२४–२०२५ का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल लामो समयदेखि विभिन्न समाजिक क्षेत्रमा क्रियाशील छन् । उनले विभिन्न संघसंस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । जसले गर्दा उनलाई रोट्रयाक्ट क्लबको पनि नेतृत्व गर्ने अवसर मिलेको हो । निर्वाचन समितिका अनुसार क्लबको उपाध्यक्षहरुमा अर्जुन प्रधान, रेश्मीराज पंगेनी, आशिष पन्थी, सचिवमा निर्वीक ढुंगाना, कोषाध्यक्षमा अंकित कान्दु र सहसचिवमा सचिन गुरुङ सर्वसम्मत चयन भएका छन् । यस्तै, क्लबका सदस्यहरुमा विज्रेश बानियाँ, ईश्वर हिताङ, राज वर्नवाल,…
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीसहितको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता गरेको हो। भेटका क्रममा दुई पक्षीय हित र पारस्परिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल,नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायत उच्च अधिकारीहरू सहभागी थिए। विदेश सचिव मिश्री परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा आज काठमाडौं आएका हुन्। दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्रीले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भैरहवा, २७ साउन । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज’ (शवलाई सुरक्षित राख्ने फ्रिज) सेवा शुल्कको दर घटाएको छ । यस अघि एक हजार रुपैयाँ सेवा शुल्क लिदै आएको अस्पतालले दर घटाएर पाँच सय रुपैयाँ कायम गरेको हो । नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझावअनुसार अस्पताल विकास समिति बैठकले सेवा शुल्कमा पाँच सय रुपैयाँ घटाएको अस्पतालको प्रमुख एवं मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले बताइन् । ‘हामीले सकेसम्म मर्चुरी फ्रिज सेवालाई निःशुल्क रुपमा उपलब्ध गराउने प्रयास गरेका हौं’, उनले भनिन्, ‘तर विद्युत, मर्मतसम्भार लगायत खर्चका कारण तथा अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी पाँच सय रुपैयाँ कायम गरेका हौँ…