


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको बताएको छ । जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत इन्धन लिने गरिएको विषयमा मन्त्री निशा मेहताले छानबिन गर्न निर्देशन दिएकी हुन्। जसपश्चात गत वैशाख १५ गत छानबिन समिति गठन गरिएको थियो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरणलगायत सम्बन्धित कागजातको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको जानकारी दिए ।
काठमाडौं,२२ बैशाख। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र इन्धनको तीव्र मूल्यवृद्धिका कारण आयोजनाहरु प्रभावित भएको भन्दै सरकारलाई एक साताभित्र आवश्यक नीतिगत निर्णय र मूल्य समायोजन गर्न आग्रह गरेको छ। यदि उक्त अवधिमा माग सम्बोधन नभए निर्माण कार्य स्वतः बन्द हुने चेतावनी महासंघले दिएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले मूल्य समायोजनको मार्ग निर्देशिका वा परिपत्र तत्काल जारी गर्न र सबै अवधिका ठेक्को हकमा मूल्य समायोजनको व्यवस्था गरि निर्माण व्यवसायीहरुलाई तत्काल राहत दिन माग गरेको छ। वर्तमान परिस्थितिका कारण निर्माण आयोजनाहरु पूर्व निर्धारित समयमा नै सम्पन्न हुने कुनै सम्भावना नरहेकाले बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्तिसहित सबै आयोजनाहरुको म्याद…
काठमाडौं,२२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। आइतबार राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरेको सोही अध्यादेश सोमबार बसेको मन्त्रीपरिषद बैठकले पुनः दोस्रोपटक सिफारिस गरी राष्ट्रपतिसमक्ष पठाएको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले आज अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको उल्लेख छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुन्छ। परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभा…
काठमाडौं,२२ वैशाख। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई पक्राउ गरेको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट ४५ वर्षीय जोशीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले जनाए । स्मार्ट टेलिकमले नवीकरण नगरेकोले ०८० वैशाख ३ गते अनुमति पत्र स्वतःरद्द भएपछि बन्द रहेको छ । बन्द भएपछि टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका जोशीमाथी सोही सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरी ठगी तथा अपराधिक विश्वासघात गरेको आरोप छ ।
भैरहवा, २२ वैशाख। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) लुम्बिनी प्रदेशमा र मधेश प्रदेशका केही जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी प्रदेशका रुपन्देही,बाँके, दाङ, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको छ । त्यस्तै राति रुपन्देही, कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । महाशाखाले हावाहुरीबाट जोगिने उपायहरु अपनाउन अनुरोध समेत गरेको छ ।
काठमाडौं,२१ बैशाख । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश पुन: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। आइतबार राष्ट्रपति पौडेलले पुनरविचारका लागि भन्दै उक्त अध्यादेश सरकारलाई फिर्ता पठाएका थिए।
पोखरा,२१ बैशाख । प्रहरीले एक युवतीलाई फेरी चोरीको कसुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–३ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१० राम बजारमा बस्दै आएको २५ वर्षीया अम्बिका पुलामी मगरलाई पक्राउ गरिएको हो। पोखरा महानगरपालिका–२५ हेम्जास्थित रामचोककी ६ वर्षीया बालिकाले कानमा लगाएको २८ लालको सुनको मुन्द्रा चोरीको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार सुन चोरी गर्नका लागि पक्राउ परेकी युवतीले ‘म तिम्रो ममीको साथी हुँ’ भन्दै विश्वासमा लिएर जुस, आइसक्रिम जस्ता खानेकुरा खान दिएर फकाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उक्त युवतीले घटनाका…
काठमाडौं,२१ बैशाख । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरीको मनोबल बढाउँदै परिणाममुखी कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले संगठनलाई थप उचाइमा पुर्याउनका लागि समेत आफूले काम गर्ने बताए। सरकारको सय बुँदे शासकीय सुधारको कार्ययोजना अनुसार सशस्त्र प्रहरी बलले गर्नुपर्ने कार्यहरुलाई पुरा गर्न योजना तयार गर्दै अघि बढ्ने उनको भनाइ छ । संगठनको आधुनिकीकरण र समयसापेक्ष मार्गनिर्देशनका लागी सकारात्मक एवं रचनात्मक सहयोग हुने उनको विश्वास छ। पौडेलले विभिन्न सुरक्षा चुनौतीहरुको सामना गर्न सूचना प्रविधिमा आधारित वैज्ञानिक, द्रुत परिचालनलाई ध्यान दिइने उल्लेख गरे। त्यस्तै गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी…
काठमाडौं,२१ बैशाख। प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्। सुकुम्बासीको उठिबास लगाएको भन्दै सरकारको आलोचना भएपछि सामाजिक संजाल फेसबुकमार्फत उनले नियोजित रुपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका हुन्। ‘सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ’ ,उनले भनेका छन्,‘कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।’ दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रुपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरु अध्यादेशमार्फत खारेज गरिएको उनको दाबी छ। कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरुको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा…
काठमाडौं,२१ बैशाख । नेपालको स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १०० पुगेको थियो। यस्तै चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। महासंघका अनुसार आज २० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।