


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२१ फागुन। गृहमन्त्री रमेश लेखकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनकामा भुमिका खेल्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्। बुधबार बिहान गृहमन्त्री लेखकले मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववियू निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिए। उनले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियू निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह गरे। ‘प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिम समेत गठन गर्न निर्देश गरेको छु’,गृहमन्त्री लेखकले भने,‘निर्वाचन हुने जिल्लामा आवश्यक समन्वयका लागि क्याम्पस प्रशासनलाई प्रमुख जिल्ला…
काठमाडौ, २१ फागुन । विभिन्न मुलुक अवैध रुपमा बसेका नेपालीहरु डिपोर्ट भएर फर्किने क्रम बढ्दै गएको छ । सन् २०२१ देखि २०२४ सम्म विभिन्न देशबाट ४ हजार ९ सय ९६ जना निष्कासन भएर फिर्ता भएका छन्। सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा मात्रै ४ सय ५० जना डिपोर्ट भएको तथ्यांक छ । अध्यागमन विभागका अधिकृत विवेक बिडारीका अनुसार पछिल्लो दुई महिनामा विभिन्न बहानामा अमेरिका पुगेका २९ नेपाली डिपोर्ट भएका छन्। यस्तै, कोरिया, जापान, थाइल्यान्डलगायत अन्य देशबाट पनि नेपाली डिपोर्ट भएर फिर्ता भएका छन्। अध्यागमन विभागका अनुसार सन् २०२१ मा विभिन्न देश पुगेका ८ सय ८० जना नेपाली डिपोर्ट भएर…
चितवन, २१ फागुन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्युजन्तुको आक्रमणका घटना बढ्न थालेको हो । चालु आर्थिक वर्षमा गैँडा, हात्ती र बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको हो । चालु आर्थिक वर्षमा जंगली जनावरका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ र घाइतेको उपचारका लागि दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम्म ९४ लाख ६१ हजार…
अर्घाखाँची, २१ फागुन। अर्घाखाँची प्रहरीले नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका-१ का १९ वर्षीय दिपक राना भन्ने यानबहादुर बस्नेत क्षेत्री रहेको प्रहरीले जनाएको छ । क्षेत्रीको साथबाट 9BR ०००१२६ २००० (दो हजार रुमाल) उल्लेखित नौ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं जगन्नाथ मरासिनीले जनाए । उनका अनुसार शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरोस्थित गोरुसिंगे सन्धिखर्क सडकखण्डबाट पक्राउ गरिएको हो। पक्राउ परेका क्षेत्रीलाई मुलुकी आचारसंहिता २०७४ को मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप…
काठमाडौ, २१ फागुन। अमेरिकामा अवैध रुपमा बस्दै आएका नेपाली नागरिकलाई अमेरिकाले काठमाण्डौं ल्याएर छाडेको छ । अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर विमानमार्फत उनीहरुलाई बिहान करिब दश बजे काठमाडौं विमानस्थलमा ल्याइएको हो । निष्कासित भएकाहरुमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रुपमा काम गरिरहेका बेला पक्राउ परेका थिए। अमेरिकाले पहिलो पटक अवैध आप्रवासी नेपालीहरुलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो। यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरुमा आठ नेपाली रहेका छन्।…
लुम्बिनी, २० फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेका हुन् । क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उनले केही सातामै भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिए । विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेशनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । सोही सेन्टरबाट छोटो…
भैरहवा, २० फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र नेपाल ट्रेजर कार्बन लिमिटेडबीच नगरका ग्रामीण तथा परम्परागत चुलो प्रयोग गर्दै आएका घरपरिवारमा सुधारिएको चुलो वितरण गर्न सम्झौता भएको छ । कार्बन कम उत्सर्जन कम गरी जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यले स्थापना भएको यो संस्थाले खाना पकाउँदा दाउरा तथा गुईठा प्रयोग कम गर्न सुधारिएको चुलो वितरण गर्छ । नगरपालिकामा पनि त्यस्ता घरपरिवारको एकिन गरी सुधारिएको चुलो वितरण गर्न मंगलबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र ट्रेजर कार्बन लिमिटेड नेपालका प्रमुख स्टेभेनले सम्झौतापत्रमा दस्तखत गरेका छन्। सम्झौतापछि उक्त संस्थाले नगरपालिकाको सहयोगमा सुरुमा परम्परागत चुलो प्रयोग गर्ने घर परिवारको छनौट गर्नेछ।…
कञ्चनपुर, २० फागुन। कञ्चनपुरमा अजिङ्गर सर्पको संख्या बढ्न थालेको छ। सिमसार क्षेत्र संरक्षण हुन थालेसँगै जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन्। स्थानीयहरुका अनुसार वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने थालेका छन् । पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ वटाभन्दा बढी अजिङ्गरको उद्दार गरी सुरक्षित रुपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए। चालु आर्थिक वर्षको साउन देखि यता नौ वटा अजिङ्गरको उद्दार गरी सुरक्षित रुपमा छाडिएको छ। उद्दार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म र तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ। उनले…
काठमाडौ, २० फागुन । दक्षिणी बोलिभियाको पोटोसी शहरस्थित ओरुरो क्षेत्रमा ट्रक र बस एक आपसमा ठोक्किँदा ३१ जनाको मृत्यु भएको छ। राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। जसमा ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव निकाल्ने प्रयास भइरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। यस्तै, दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएको रोयटर्सले जनाएको छ। घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताएको छ भने दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ। सोही क्षेत्रमा केही दिनअघि दुई बस…
भैरहवा, २० फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गृहमन्त्री रमेश लेखकले निरीक्षण गरेका छन् । मंगलबार बिहान उनले विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं’,गृहमन्त्री लेखकले भने, ‘त्यहाँको अध्यागमनको अवस्था, आवातजावतको स्थिति, सरसुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ ? हेरेका छौं ।’ उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भइरहेको खुशी व्यक्त गरे । ‘अहिले मलाई बडो खुसी लागेको छ’उनले भने ‘एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवातजावत पनि बढेको छ ।’