Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

दाङ, ७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोबीच भेटवार्ता भएको छ । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयोगको बारेमा छलफल भएको प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रको विकासमा सहयोग आवश्यक परेको बताए । ‘प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको ७ वर्ष भएको छ । प्रदेश आत्मनिर्भरताको बाटोमा छ । सबै प्रकारको साथ सहयोग जरुरी छ’उनले भने, ‘स्वीस सरकारले गर्दै आएको सहयोगलाई…

Read More

भैरहवा, ७ मंसिर । नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवा भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीद्धय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । गत कात्तिकमा उनीहरु बढुवा सिफारिसमा परेका थिए ।

Read More

भैरहवा, ६ मंसिर । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । बिहीवार नेपाल विद्यार्थी संघको क्याम्पस ईकाइ समितिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको हो । युवापुस्ता लागुऔषधको कुलत र जघन्य अपराधमा जोड्दिै गएकोले त्यसको न्यूनीकरण तथा सचेतनाका लागि क्याम्पसका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघको भैरहवा क्याम्पस ईकाइ समितिका सचिव एवं कार्यक्रम संयोजक मोहम्मद उमर बादशाहले बताए । भविष्यका कर्णधार रहेका युवाहरु अपराधमा जोडिदै जानु हाम्रो समाज मुलुकको लागि ठिक होइन उनले भने विद्यार्थी अवस्था देखि नै केही युवा अपराधको बाटोमा लाग्ने सम्भावना…

Read More

भैरहवा, ६ मंसिर । भैरहवा क्षेत्रमा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालयले उद्योग लगायत क्षेत्रमा आउने सक्ने विपद्लाई न्यूनीकरण गर्ने सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यालयले शुक्रवार सेजमा रहेका उद्योगका प्रबन्धक, कर्मचारी समेतको सहभागितामा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन अभिमुखीकरण कार्यक्रम गरेको हो ।कार्यक्रममा कर्मचारीहरुलाई विपद्को जोखिम, पूर्वतयारी, न्यूनिकरण तथा व्यवस्थापन लगायतमा विषयमा प्रशिक्षण दिइएको थियो । सेजको उद्योगहरुमा रहेका कर्मचारीलाई विपद् न्यूनीकरणका लागि अभिमुखीकरण र पूर्वतयारी गराउन आवश्यकता देखिएकोले सचेत गराउनका लागि प्रशिक्षण दिइएको विशेष आर्थिक क्षेत्र प्राधिकरण भैरहवा कार्यालयका प्रमुख सहायक निर्देशक इन्जिनियर सबुद डुम्रेले बताए । ‘उद्योग क्षेत्रमा कुनै विपद् आइहाल्यो भने के गर्ने ? कसरी व्यवस्थापन…

Read More

भैरहवा, ६ मंसिर । भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मत्यु भएको छ । १५ जना घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । दिल्लीबाट आजमगढ जाँदै गरेको बस अलिगढमा ट्रकमा ठोक्किदाँ ठोक्किदा दुर्घटना भएको हो । घाइतेहरु जेबरस्थित कैलाश अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

Read More

भैरहवा, ६ मंसिर । लुम्बिनी प्रदेशको बुटवल-गोरुसिंगे-चन्द्रौटा चार लेनको निर्माण हुने भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको दुरी ६९ किलोमिटर छ । हाल दुई लेनको उक्त सडक ३४ अर्ब लगानीमा ४ लेनको निर्माण हुने भएको हो । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी निर्माण हुन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने बताइएको छ । उक्त सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल-भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरी संग जोडिनेछ। सडक क्षेत्र भित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाईएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव…

Read More

भैरहवा, ६ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार (भोली) लुम्बिनी आउने भएका छन्। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी आउने भएका हुन् ।  लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको पूर्वराजा शाहका संवाद सचिव डा.फणीराज पाठकले जानकारी दिए।  विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरु भएको छ। मंसिर ४ गतेदेखि सुरु भएको  पूजा ८ गते सकिने बताईएको छ। 

Read More

सलमान खान भैरहवा, ६ मंसिर । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरु अन्तर्राष्ट्रिय उडान थालेपछि भैरहवासहितका क्षेत्र उत्साहित बनेको छ । गत कार्तिक १८ गते देखि विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । विमानस्थल संचालनपछि नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय थालेका थिए । तर, विविध कारणले यी एयरलाइन्सहरुले उडान स्थगित गरेका थिए । त्यसपछि यस विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, थाईल्याण्डको थाइ एयर एशिया, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई र कतारको कतार एयरवेजले नियमित उडान थालेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार,…

Read More

भैरहवा,५ मंसिर । क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले बताए । विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टिमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जित निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । आगामी जनवरी महिनामा मलेशियामा हुने विश्वकपमा नेपालको यू–१९ टिम पनि खेल्ने छ । क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही…

Read More

बुटवल, ४ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सञ्चालित सडक विस्तार लगायतका योजनाहरूको अनुगमन गरिएको छ । योजना कार्यान्वयनमा तीव्रता प्रदान गर्ने उद्देश्यले नगरप्रमुख खेलराज पाण्डेले प्रमुख बजार क्षेत्रभित्र भइरहेका सडक, नाला लगायत योजनाहरूको अनुगमन गरेका हुन्। नगरप्रमुख पाण्डेय, उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृथ मित्रमणी खनाल, भौतिक पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारसहितको टोलीले वडा नम्बर ६ स्थित निर्माणाधिन दुर्गा मन्दिर लाईन सडक र कालिकापथको मंगलबार अनुगमन गरेको हो । उक्त अवसरमा वडाअध्यक्ष लोकनाथ न्यौपानेले सडक तथा नाली निर्माणको प्रगति अवस्थाबारे जानकारी गराएका थिए । त्यस्तै योजनाको प्राविधिक अवस्थाबारे महाशाखा प्रमुख रौनियारले बताएका थिए । सो अवसरमा नगरप्रमुख पाण्डेयले निर्माणाधिन सडक…

Read More