Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २७ मंसिर । राजनीतिकरण हुँदा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित तीन स्थानीय तहको फोहोरमैला व्यवस्थापनमा चुनौती भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । हाउजिङ्ग एण्ड टेनेन्ट्स अर्गनाइजेसन नेपालको आयोजना तथा सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाको सहकार्यमा भैरहवामा भएको फोहोरमैला व्यवस्थापन–चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले केही राजनीतिज्ञहरुले जनता उचाल्दा फोहोरमैला व्यवस्थापनमा समस्या सिर्जना भएको गुनासो गरेका हुन् । कार्यक्रममा प्यानल डिस्कसन भएको थियो । प्यानल डिस्कसनमा तीनवटा स्थानीय तह (सिद्धार्थनगर नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकाको प्रमुखहरु) बीच फोहोरमैला व्यवस्थापनको विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जग्गा खोजेर फोहोरमैलाको व्यवस्थापनको लागि प्रयास…

Read More

भैरहवा, २७ मंसिर । जुम्लाको मार्सी चालम, सिमीको दाल, मुस्ताङको स्याउका परिकार, पाल्पाको ढाका, दैलेखको अल्लोको कपडा, रुपन्देही र दाङमा उत्पादित मह, अचार लगायतका खाद्यवस्तु । यी सबै स्वदेशी खाद्यवस्तु तथा कपडालाई एकै ठाउँमा जमघट गराएको छ– भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवले । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि भैरहवास्थित अंचलपुरमा जारी महोत्सवले धेरै उपभोक्तालाई आकर्षित गराएको छ । एउटै ठाउँमा तराई, हिमाल र पहाडको उत्पादन खरिद गर्न पाउने भएपछि महोत्सव भर्न जाने दर्शक खुशी छन् । महोत्सवमा रहेका कृषि स्टलमा नेपालको कर्णालीदेखि मुस्ताङसम्मका नेपाली उत्पादन हेर्न, किन्न र यसका विशेषताबारे बुझ्न सकिन्छ । भैरहवाकी…

Read More

भैरहवा, २६ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो, टेम्पो तथा ई-रिक्सा (तीनपांग्रे) सवारीसाधन व्यवस्थापनको लागि नियमन सुरु गरेको छ । सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो, टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित गर्न नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापदण्ड अनुसार सिद्धार्थनगरमा बढीमा ५ सय अटो तथा ई–रिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ । त्यसको लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई–रिक्सा दर्ता गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा दर्ता भएका ई–रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनको लागि नियमन सुरु…

Read More

भैरहवा, २६ मंसिर । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । बुधबार भएका दुई खेलमा जेसिसले होराइजन जीबीएसलाई १ विकेट र युनिक होम्सले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई ५ विकेटले पराजित गर्दै जीत हात पारेका हुन् । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १६ रन बनायो । उसका लागि चन्दनकुमार राजपुतले ४५ र विप्लब केसीले २५ रन बनाए । बलिङमा जेसिसका गौतम यादवले २ तथा अमित यादव, शिशिर घिमिरे र अफजल हुसेनले…

Read More

भैरहवा, २६ मंसिर । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संग्लन आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन् । भैरहवा विमानस्थलमा सुन तस्करी संग्लन आरोपमा प्रहरी र विमानस्थलका कर्मचारी नै पक्राउ परेको यो पहिलो घटना हो । गत मंसिर २३ गते दुबईबाट फ्लाई दुबईको विमानमा भैरहवा आएको एक यात्रुले ल्याएको एक सय पचास ग्राम सुनसहित संग्लन आरोपमा प्रहरी जवानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार अधिकृत पवित्रा ज्ञवालीले जानकारी दिइन् । पक्राउ परेका आरोपीहरुको नाम विमानस्थल भन्सार कार्यालयले खुलाउन चाहेन । तर, स्रोतका अनुसार पक्राउ पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल वि.क., विमानस्थल…

Read More

बर्दिया, २६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्राचीन सिर्जनशिल आदिवासी समाज रेडियो गुर्वावा एफएमले निर्माण गरेको सांस्कृतिक भवनको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सिमान्तकृत तथा पिछडिएको वर्गको हरेक क्षेत्रमा समान पहुँचका लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुलाई समावेशी बनाएको बताए । प्रदेश निजामती सेवामा थारु समुदाय तथा अन्य समुदायलाई केन्द्रित गरेर आरक्षणको व्यवस्था गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । ‘प्रदेश सरकारले बनाएका कानुनहरुले सिमान्कृत तथा पिछडिएको वर्गको समावेशी…

Read More

भैरहवा, २६ मंसिर । पश्चिम नेपाल बस व्यवसायी समितिद्धारा संचालित रोयल स्टार कम्पनीले बेलहिया–काठमाडौं–बेलहिया एसी बस सेवा सुरु गरेको छ । विगत एक वर्षदेखि बेलहिया बेलहिया–काठमाडौं–बेलहिया रात्रीकालिन सेवा दिदै आएको कम्पनीले मंगलबारदेखि सोही रुटमा दिवासेवा पनि सुरु गरेको हो । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यसको प्रवेशद्धारको रुपमा रहेको भैरहवालाई काठमाडौंसँग जोड्नका लागि उक्त रुटमा एसी बस सेवा गरिएको कम्पनीका संचालक सितल घर्तीले बताए । ‘सबै पर्यटक हवाई यात्रा पनि गदैनन् र यो दुवै पर्यटकीय स्थल पनि हो’,उनले भने, ‘भैरहवा–लुम्बिनीका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि हामीले रात्री र बिहानको सेवा थालेका हौं ।’ यसले यस क्षेत्रको पर्यटन…

Read More

भैरहवा, २५ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्धारा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परिक्षण गर्न सुरु गरिएको छ । महोत्सवस्थलमा मंसिर २७ गतेसम्म निःशुल्क माटो परिक्षण हुने बताइएको छ । हाल खेतबारीमा बढ्दो रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । जसकारण कृषि उब्जनीसँगै विभिन्न समस्याबाट कृषकहरु ग्रसित छन् । ‘कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगले उब्जनीको कमीले किसानहरुले चाहेको जति उब्जनी बढाउन सकेका छैनन्’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब के गर्ने? कसरी गर्ने? भन्ने विषयको पनि केहीलाई जानकारी छैन । जसकारण पनि हामीले महोत्सवमा माटो परीक्षण शिविर संचालनमा ल्याएका हौँ ।’ सबै किसानहरुको…

Read More

भैरहवा, २५ मंसिर । नेपाली कांग्रेस रुपन्देहीले सय दिने विषेश राष्ट्रिय अभियानका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाएको छ । जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वडा सभापति तथा कार्यसमितिसँग समन्वय र परामर्श गरी प्रतिवेदन तयार पार्न प्रतिनिधि खटाउने निर्देशन बमोजिम जिल्लामा पनि प्रतिनिधि खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार आगामी पुस ७ गते भित्र प्रतिवेदन ल्याउने गरी जिल्लाका १ सय ५५ बटै वडामा प्रतिनिधि खटाइएको छ । महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र जिल्ला सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए । प्रतिनिधिहरुले…

Read More

भैरहवा, २५ मंसिर । भैरहवाको पक्लिहवास्थित पक्लिहवा कृषि क्याम्पसमा ‘युवा रेडक्रस सर्कल’ को साधरणसभा तथा अधिवेश सम्पन्न भएको छ । सर्कलको साधरणसभा तथा अधिवेशनबाट सूचना थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा रणसिंह सुवेदी, सचिवमा भुवन ओढ, सह-सचिवमा कस्मिला राना, कोषाध्यक्षमा दिपक कुमार कान्दु, सह–कोषाध्यक्षमा सुदिप कुमार चौधरी र सदस्यहरुमा अस्मिता के.सी., शान्ति बोगटी, रामचन्द्र पन्त, तृप्ती भण्डारी र अपेक्षा प्रधान रहेका भएका छन् । ‘युवा रेडक्रस सर्कल’ पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी…

Read More