Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौँ, ३१ जेठ । विशेष अदालतले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा सजाय निर्धारण गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई दोषी ठहर गर्दै ६ वर्ष कैद र ८० लाख जरिवाना सजाय निर्धारण गरेका हुन् । जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई विशेष अदालतले बिहिबार कसुर निर्धारण गरेको हो । अख्तियारले निर्माणकार्यमा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध २५ चैत २०८० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार भट्टराईले पदीय दुरुपयोग…

Read More

भैरहवा,३१ जेठ । नरेन्द्र मोदी नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाललाई नियुक्त गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारतको मन्त्रिपरिषद् बैठकले पुन पाँच वर्षको लागि डोभाललाई जुन १० गतेदेखि लागू हुनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो । उनलाई क्याबिनेट मन्त्रीको हैसियत प्रदान गरिएको छ । डोभाल राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएको यो तेस्रो पटक हो । भारतका सुरक्षा सल्लाहकार डोभाल एक प्रभावकारी सुरक्षा सल्लाहकार मानिन्छन् । उनी अन्य मुलुकसँगै नेपाल भारत सम्बन्ध र नेपाल मामिलालाई नजिकबाट नियाल्ने गरेका छन् । डोभालले मोदी सरकारको कार्यकालमा धेरै सफल अपरेशनहरुको नेतृत्व गरेका छन् ।

Read More

काठमाडौं, ३० जेठ। कुवेतमा आप्रवासी श्रमिकहरूको क्याम्पमा आगलागी हुदाँ पाँच जना नेपाली नागरिक घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार एकाबिहानै बिहान आगलागीमा परेर पाँच जना नेपाली घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसाका अनुसार आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अदान अस्पतालमा उपचार भइरहेको छ । फरवानिया अस्पतालमा उपचार पश्चात दिनेश कुमार मण्डल डिस्चार्ज भएका छन् भने जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेका छन् । उक्त घटनाबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दुतावास मार्फत जानकारी लिएका छन् ।

Read More

भैरहवा, ३० जेठ । भैरहवामा गर्मी अत्याधिक बढेको छ । दिउँसो सडकमा मानिसको हिडडुल पातलिएको छ । अस्पतालमा विरामीको चाप उस्तै बढेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी बढेसगैँ खरबुजा, काँक्रा, उखुको रस, लस्सी लगायतका पेयपदार्थहरुको व्यापार फस्टाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवारको बिहान करिब ९ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । नेपालमा मनसुन प्रणाली भित्रिएपनि पश्चिमी तराईमा सक्रिय हुन अझै केही समय लाग्ने बताइएको छ । आगामी केही दिनसम्म देशको मध्य तथा पश्चिमी तराईमा…

Read More

भैरहवा, ३० जेठ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको छ । उक्त तालिम साढे दुई महिना संचालन हुनेछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ निःशुल्क रुपमा सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको वडासदस्य विनित कुमार बेरिवालले बताए । सञ्चालित तालिमको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले कम्प्युटर शिक्षाको धेरै महत्व रहेको बताए । उनले भने, ‘बिना कम्प्युटर काम हुँदैन । आजको युगमा प्रत्येक क्षेत्रमा कम्प्युटरको जरुरी हुन्छ ।’ उनले प्राविधिक…

Read More

रुपन्देहीमा सैनामैना नगरपालिका–१० सालझण्डीमा सवारी दुर्घटना हुदाँ ४३ जना घाइते भएका छन् । दाङबाट काठमाण्डौँ जादै गरेको रा १ ख २७८३ नम्बरको तुल्सीपुर यातायात प्रा.लि.को बस मंगलबार राति करिब १२ बजे सालझण्डीमा रोकि राखेको लु २ ख ६८७ नम्बरको ट्रकमा ठोक्किदा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार घाइते भएका ४३ जनाको राति नै उद्दार गरी बुटवल स्थित चौराह अस्पताल र एडमोन सिटी अस्तालमा उपचारका लागिएको थियो । जसमध्ये १९ जना डिस्चार्ज भएका छन् । ट्रक र बस नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, २९ जेठ। ‘हाम्रो सिद्धार्थनगर’ पाठ्यपुस्तक तयार भएको छ । नगरभित्र संचालित विद्यालयहरुमा लागु गर्न थालिएको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सिद्धार्थनगर’लाई अन्तिमरुप दिन गृहकार्य भइरहेको जनाइएको छ । पालिकामा रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा कक्षा १, २, ३, ४ र ७, ८ मा पाठ्यपुस्तक पठकपाठन गराउने गरी अन्तिमरुप दिन लागिएको शिक्षा शाखा प्रमुश चेतनशील लम्सालले जानकारी दिए । पाठ्यक्रम यसअघि नै तयार पारिएको थियो । बीचमा कोरोना महामारी सुरु भएपछि केही समय पछाडि धकेलिएको थियो । यो बीचमा विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तोकेको अधिनमा रही नगरपालिकासँग सहकार्य गरेर विद्यार्थीहरुलाई स्थानीय पाठ्यपुस्तक पढाउँदै आएका थिए । नगरपालिकाले किताब छपाएर सबै विद्यालयमा…

Read More

भैरहवा, २९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले बजार क्षेत्रको देवकोटा चोक ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ।सिद्धार्थ राजमार्ग सडकखण्ड अन्र्तगत देवकोटा चोक हुदै आवतजावत गर्ने सवारीसाधन सहित सडकमा हुने क्रियाकलापहरु प्रविधीको माध्यमले निगरानी गर्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले बताए । ‘नगरमा विकासका साथै नगरवासीको सुरक्षाप्रति हामी सचेत छौँ’ उनले भने, ‘जसका लागि यो प्रणाली जडान गरिसकेका छौँ भने नगरको विभिन्न स्थानमा थप सिसिटिभी क्यामेराहरु समेत जडान गर्न लागेका छौँ ।’ नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप नगरपालिकाको कार्यालय विभिन्न कार्यहरु गर्दै आएको छ । जडान गरिएको प्रणालीले क्यामेराको…

Read More

भैरहवा, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक (एसपी) हेमन्त चौधरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकोले छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीको आधारमा अनुसन्धान हुँदा बढुवा र सुविधाका लागि एसपी चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको पेश गरेको पाइएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा (आरोप पत्र) दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए । उनका अनुसार चौधरीले भारतको मगध विश्वविद्यालय बोधगयाबाट बि.ए.उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश…

Read More

भैरहवा, २८ जेठ। नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । सरदर मितिभन्दा तीन दिन अघिनै यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । तराईमा नियमित वर्षा नहुदाँ गर्मी अत्याधिक छ ।मनसुन भित्रिएपनि पश्चिम तराईमा अझै केही दिन गर्मी हुने सम्भावना रहेको बताईएको छ । नेपालको अन्य भूभागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ। आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बढी वर्षा…

Read More