Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौ, १४ मंसिर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि थप ५ दिनको समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले गत मंसिर ४ गते भक्तपुरस्थित उनको निवासबाट उनलाई पक्राउ गरेको थियो ।

Read More

हृदयराम गुप्तामर्चवार, १४ मंसिर । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था तथा मर्चवार सामुदायिक वन उपभोक्ता समूहको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार कोटहीमाई ५ स्थित संस्थाको प्रांगणमा एक कार्यक्रमका बिच उक्त सभा सम्पन्न भएको हो ।मर्चवार लिफ्ट सिँचाई तर्फ आर्थिक वर्ष २०८०/०८१ को आय व्यय प्रस्तुत गर्दै वर्षभरीमा विभिन्न शिर्षकमा २४ लाख ८९ हजार ६४ रुपैया खर्च र २५ लाख ४५ हजार २ सय १९ रुपैया आम्दानी भएको संस्थाका ब्यवस्थापक विश्वनाथ आर्यले बताए । किसानहरुबाट पानी (सिँचाइ) र सदस्यता शुल्कबाट ११ लाख ४७ हजार ३० रुपैया आम्दानी भएको जानकारी गराउँदै अन्य विभिन्न शिर्षकबाट ३ लाख…

Read More

भैरहवा, १४ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रीपरिषद्को निर्णय अनुसार रथीमा पदोन्नति भएका केसीलाइ शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।

Read More

भैरहवा, १४ मंसिर। नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफरिस समितिको बैठकले उनीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । चिकित्सातर्फ डा.केदार खड्गी, डा.धन्दबहादुर बुढाथोकी, डा.पवन कुमार राय र डा.सुवर्ण कुँवर रहेका छन् । त्यस्तै सूचना प्रविधि कम्युटरतर्फका प्रहरी उपरीक्षक श्याम कुमार मण्डललाई पनि प्रहरी एसएसपीमा बढुवा गर्न सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं, १४ मंसिर। प्रहरीले नक्कली यौनजन्य औषधि उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका २ का ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका २ का वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ का ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेको रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरुको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरु र क्याप्सुलहरु देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गरी कुनै साईड ईफेक्ट नभएको, डाक्टरको…

Read More

बुटवल, १३ मंसिर। लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा बिहीवार बुटवल सिटी क्याम्पसमा आयोजना भएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए । विश्वविद्यालयले प्रत्येक वार्षिकोत्सवको अवसरमा मंसिर १३ गते रक्तदान कार्यक्रम गर्दै आएको छ।विश्वविद्यालयले २० औ वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोह मंसिर १४ गते लुम्बिनीमा गर्दैछ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लुम्बिनीको अन्तराष्ट्रिय ध्यान केन्द्रमा हुने दीक्षान्तमा एक मानार्थ विद्यावारिधि, ५ विद्यावारिधिसहित २८९ विद्यार्थी दीक्षित हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले जानकारी दिए। शिक्षामन्त्री एवं…

Read More

भैरहवा, १३ मंसिर । कृषकहरुको अहिले रासायनिक मल वितरण केन्द्र र भण्डारण केन्द्रहरुमा भीड छ । खेतमा मल हाल्नका लागि सबैकाम छाडेर उनीहरु मलको खोजीमा दौडधुपमा छन् । सरकारले प्रयाप्त मल उपलब्ध गराउन नसकेको दशकौ भयो । केहीले प्रहरीको लठ्ठी खाएर र केहीले हारगुहार गरेर लुकिछिपी मल भित्रयाउनुपर्ने बाध्यता छ । समयमा मल हाल्न नपाए अनेक समस्या झेल्नुपर्ने चिन्ताले कृषकहरुलाई सताएको छ । सरकारले उपलब्ध गराएको मल थोरै छ । माग उच्च छ । अनुदानको मल स्थानीय स्तरमा तोकिएको मल वितरण केन्द्रबाट वितरणमा पनि भेदभाव छ । वितरण केन्द्रका संचालक समितिहरुले आफ्नालाई मल वितरण गर्दा लाइनमा बसेका किसानहरु रित्तो हात…

Read More

दाङ, १३ मंसिर। प्रदेश विकास समस्या समितिको बैठकले २४ वटा समस्याको पहिचान गरेर राष्ट्रिय विकास समस्या समितिमा पठाएको छ । बिहीबार दाङमा बसेको बैठकले संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदानको रकम प्राप्त हुन नसकेको बिषय प्रमुखताका साथ उठाइएको छ । बिहीबार दाङमा बसेको बैठकले समस्या समितिमा पठाएको हो । प्रदेश सरकारले गत बर्षको झण्डै साढे दुई अर्ब दायित्व भुक्तानी गर्न बाँकी छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदानको रकम नपठाउँदा प्रदेशले आर्थिक संकट भोग्नु परेको छ । सशर्त अनुदानको रकम घटाएर वित्तीय समानीकरण अनुदानको बजेट बढाउने बिषयलाई प्रमुखताका साथ उठाइएको हो । साझा अधिकारका सूचीको कार्य बाँडफाँड र प्रहरी…

Read More

दाङ,१३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा बिशेष ध्यान दिन दिर्नेशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बिहीवार बसेको बैठकमा बोल्दै मुख्यमन्त्री आचार्यले प्रतिफल दिने खालका योजनाहरुलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । ‘जुन काममा हात हाल्छौं । त्यसबाट परिणाम आउनुपर्छ । प्रतिफल आउने योजनाहरुलाई बिशेष जोड दिएर अघि बढाऔं’, मुख्यमन्त्री आचार्यले भने, ‘५-७ लाख रुपैयाँका आयोजना छन । तर, त्यसले प्रतिफल दिँदैन भने कार्यान्वयन नगरौं । रातो कितावमा लेखिएको भएपनि त्यसले उपलब्धि दिदैन भने कार्यान्वयन गर्न जरुरी छैन ।’ प्रदेश सरकारले अघि बढाएका आयोजना समय सिमा भित्रै…

Read More

भैरहवा, १३ मंसिर। के तपाई सामाजिक संजाल टिकटकको प्रयोगले भीडियोहरु बनाएर पोस्ट् गर्ने गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईको लागि खुशीको खबर हो यो । नियममा रहेर भीडियो बनाएर टिकटकमा पोस्ट् गर्नेलाई नगदसहित आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवाको अंचलपुरमा आगामी मंसिर २० गते देखि पुस १ गतेसम्म आयोजना गरेको लुम्बिनी राष्ट्रिय महोत्सवको ‘लुम्बिनी महोत्सवमा घुम्न जाऔं’ भनेर उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई नगदसहितको पुरस्कारको व्यवस्था गरेको हो। महोत्सवको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले जानकारी दिए ।…

Read More