


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,५ जेठ। गृह मन्त्रालयले ६ जना सहसचिव र २ जना उपसचिवहरुको सरुवा गरेको छ। पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न जिल्लामा खटाइएको छ । त्यस्तै २ जना उपसचिवमध्ये एक जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। सरुवासूची अनुसार, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई करिब ७ महिनामै कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ। पछिल्लो समयमा रुपन्देहीका सीडीओहरुलाई कार्यकाल अवधि पुरा नहुँदै हटाउने गरिएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङका सीडीओ विश्वप्रकाश अर्याललाई रुपन्देही सीडीओको जिम्मेवारी दिइएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयमा कार्यरत निश्चलराज पाण्डेलाई दाङको सीडीओ बनाइएको छ । को–कहाँ पुगे ? हेर्नुहोस् सूची :
भैरहवा, ५ जेठ । नेपाली कांग्रेसको रुपन्देहीका नेता/कार्यकर्ताले सामुहिक रुपमा पार्टीबाट राजीनामा दिएका छन्। मंगलबार पार्टी परित्याग गर्दै उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । कांग्रेसका सिद्धार्थनगर सभापति कोसिसबहादुर खड्का, केन्द्रीय महाधिवेश प्रतिनिधि तथा नेपाल तरुण दल सिद्धार्थनगरका अध्यक्ष दीपेन्द्र बुढाप्रिति, कांग्रेस सिद्धार्थनगरका उपसभापति किरण केसी, सिद्धार्थनगर सहसचिव कृष्ण साहानी चाई, नेपाल विद्यार्थी संघ रुपन्देहीका उपसभापति आकाश पौडेल लगायतले सामुहिक राजीनामा दिएका हुन्। राजीनामा पत्रमा नेपाल विद्यार्थी संघ सिद्धार्थनगरका सभापति प्रतिक भण्डारीको नाम उल्लेख रहेपनि उनको दस्तखत भने छैन। पार्टीबाट सामुहिक राजीनामा दिदैं उनीहरुले भनेका छन्– ‘जरा अभियान गराउँदै गर्दा तथा पार्टीलाई एक ढिक्का गर्ने नाममा पुरानै…
भैरहवा,५ जेठ । नेपाली कांग्रेस रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)का सभापति कोसिस बहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी परित्याग गर्दै उनी मंगलबार रास्वपामा प्रवेश गरेका हुन् । पार्टीबाट राजीनामा दिदैं उनले भनेका छन्– ‘जरा अभियान गराउँदै गर्दा तथा पार्टीलाई एक ढिक्का गर्ने नाममा पुरानै कार्यशैलीमा पुरानै र अनपेक्षित व्यक्तिहरुलाई पोषण गर्ने देखिएको र पार्टीभित्र विकसित कार्यशैली, सिद्धान्त र व्यवहारबीच देखिएको असन्तुलन, आन्तरिक लोकतन्त्रको कमजोर अवस्था तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको विषयप्रति गम्भीर असहमति रहेको र पटकपटक आफ्ना धारणा र सुझाव जिल्ला प्रदेश तथा केन्द्रीय स्तरमा राख्दा पनि अपेक्षित सुधार र आत्मसमीक्षा हुन नसकेको…
वीरगन्ज,५ जेठ। वीरगन्जबाट सोमबार पक्राउ परेका दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्नका लागि प्रहरीले पर्सा जिल्ला अदालतबाट तीन दिनको अनुमति पाएको छ । मंगलबारका लागि तय भएको कार्यक्रममा सहभागी हुनका लागि वीरगन्ज पुगेका प्रसाईँलाई प्रहरीले राति एक होटलबाट पक्राउ गरेर आज अदालतमा उपस्थित गराएको थियो । जसपश्चात जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ। प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं,५ जेठ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से १.०३ अंकले घटेको थियो। सो दिन २ अर्ब ४५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३४६ वटा स्क्रिप्सको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटेपनि कारोबार रकम सोमबारको तुलनामा वृद्धि भएको हो। कारोबारमा सहभागीमध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटाको घटेको छ भने १२ वटाको मूल्य स्थिर रहेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशतले बढेको छ।…
काठमाडौं,५ जेठ। प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानी (पासपोर्ट) सहित एक जनालाई एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१३ का ३८ वर्षीय अजित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं एसपी राजकुमार सिलवालका अनुसार, आधिकारिक स्वीकृति एवं पत्रबिना ३७ थान राहदानीका साथ नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनले पक्राउ परेका श्रेष्ठले रोमानियाको भिसा प्रक्रियाका लागि उक्त राहदानीहरु लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको…
काठमाडौं,५जेठ। संसदको सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। मंगलबार बसेको समितिको बैठकले उनीविरुद्ध दर्ता भएका उजुरीमाथि छलफल तथा सुनुवाइपछि अनुमोदन गर्ने निर्णय गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार समितिबाट शर्माको नाम सर्वसम्मतले अनुमोदन भएको हो। अब संवैधानिक प्रक्रिया अनुसार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्। शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए। ती उजुरीबारे छलफल र स्पष्टिकरण लिएपछि समितिले उनको नाम अनुमोदन गरेको जनाएको छ। यसअघि संवैधानिक परिषद्ले वैशाख २४ गते चौथो वरियतामा रहेका डा.शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको…
भैरहवा,४ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। ऋण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको दावीसहित आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको हो। अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले गत बैशाख ४ गते खाम्चालाई २ लाख रुपैयाँ घुससहित भैरहवाबाट नियन्त्रणमा लिएको थियो। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गर्दै बिगो दुई लाख कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबी गरेको जनाएको छ। अनुसन्धानमा घुस…
झापा,४ जेठ। सशस्त्र प्रहरीले झापाको काँकडभिट्टा सीमानाकाबाट सुन र विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कोलकाताका ३९ वर्षीय परम पाठक रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार, पक्राउ परेका पाठकको साथबाट भारतबाट अवैध रुपमा ल्याएको एक करोड ७६ लाख मूल्य बराबरको ५ सय ७० ग्राम सुन, २० हजार अमेरिकी डलर (३० लाख ६५ हजार ने.रु) र ८५ हजार ४ सय १० भारतीय रुपैयाँ बरामद भएको हो। यस्तै सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कागजात, सिमकार्ड, मोबाइल फोन र चेकसमेत फेला पारेको छ । बरामद सुन, मुद्रा र पाठकलाई थप…
वीरगन्ज,४जेठ। प्रहरीले मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ। प्रसाईंलाई वीरगन्जको आदर्शनगरस्थित दियालो होटलबाट फेरि सोमबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले अफवाह फैल्याएको आरोपमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो । मंगलबार हुने एक कार्यक्रममा सहभागी हुन प्रसाईं वीरगन्ज पुगेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। पटक पटक पक्राउ पर्दै आएका उनी अदालतबाट छुट्दै आएका छन् ।