


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भारत,३१ बैशाख । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । आन्तिरक बजारमा चिनीको मूल्य नियन्त्रण गर्न तथा आपूर्ति सुनिश्चित गर्न तत्काल प्रभावबाट चिनी निर्यातमा प्रतिबन्ध लगाएको भारतीय संचारमाध्यमले जनाएका छन् । द टाइम्स अफ इन्डियाका अनुसार, भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी) ले बुधबार सूचना जारी गर्दै कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात नीति ‘रिस्ट्रिक्टेड’ बाट ‘प्रोहिबिटेड’ मा परिवर्तन गरेको जनाएको हो। यो प्रतिबन्ध आगामी सेप्टेम्बर ३०, २०२६ सम्म वा अर्को आदेश नआएसम्म लागू रहने बताइएको छ। सरकारले आन्तिरक उत्पादन घट्ने चिन्ता तथा स्थानीय बजारमा मूल्य वृद्धि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो…
भैरहवा, ३१ बैशाख। नेपाल सेनाको भैरहवास्थित श्री काली भक्ति गणमा कार्यरत कर्मचारीहरुलाई सडक सुरक्षा ट्राफिक नियमको पालना एवं दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ । बिहीवार आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एवं प्रहरी निरीक्षक प्रतिमा कार्कीले त्यहाँ कार्यरत ७० जनालाई प्रशिक्षण दिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी साधन सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो ।
भैरहवा,३१ बैशाख। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । प्रहरीका अनुसार, जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छलेर भित्राइएको ५ लाख ६३ हजार बढी मूल्य बराबरको कपडा, कुखुरा, खाद्यन्न लगायत सामग्री बरामद भएको हो । सिद्धार्थनगर नगरपालिका, रोहिणी र मायादेवी गाउँपालिकाको विभिन्न स्थानबाट बरामद भएको उक्त सामग्री आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा, ३० वैशाख। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले चैत महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ अवार्ड जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा कार्यरत प्रहरी जवान नैना चौधरीलाई प्रदान गरेको छ । बुधवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्रीले प्रहरी जवान चौधरीलाई कदरपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रहरी जवान चौधरीले हराएका व्यक्तिहरुको खोजतलास गरी आफन्तको जिम्मा लगाउने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने घरेलु हिंसा नियन्त्रणमा उत्कृष्ट सेवा प्रदान गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा समसामयिक प्रहरी चुनौती, कार्यक्षेत्रका अनुभव, सेवा प्रवाहलाई प्रभावकारी बनाउने…
भैरहवा। भैरहवास्थित साई ग्लोबल एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए ल्याएका दुई जनासहित अन्यविद्यार्थीहरुलाई पनि सम्मान गरेको छ। विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीहरुमा प्रशान्त पाण्डे र शिवांश मिश्रा रहेका छन्। यस वर्ष विद्यालयबाट ६७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी सम्मान गरेको थियो । ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले एसईई उत्तीर्ण विद्यार्थीहरु भविष्यमा देशका महत्वपूर्ण स्थानमा पुग्ने विश्वास…
भैरहवा,२९ बैशाख । रुपन्देही प्रहरीले कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बुटवल उपमहानगरपालिका-८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेको सूचनाका आधारमा बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जका ४१ वर्षीय शंकर सुनारलाई एक थान कछुवासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएको सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि मंगलबार डिभिजन वन कार्यालय भैरहवामा बुझाइएको छ ।
भैरहवा,२९ बैशाख। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपथ्यले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६९ रनको योगफल खडा गर्यो। जसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४, मौसम ढकाल र विकल अधिकारीले समान १०–१० रन बनाए। बलिङमा जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २–२ तथा विशाल भुसालले १ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको जेआरले ४७ ओभरमा सबै विकेट…
हृदयराम गुप्ता मर्चवार,२९ बैशाख । स्वच्छ र शुद्ध पानी पिउन पाउने प्रत्येक नागरिकको आधारभूत संवैधानिक अधिकार हो । तर, रुपन्देहीको मर्चवारमा भने स्थानीय र प्रदेश सरकारबीचको समन्वय अभावले नागरिकहरु स्वच्छ र शुद्ध पानी पिउनबाट बञ्चित भएका छन्। लुम्बिनी प्रदेश सरकारको करिब ३० लाख रुपैयाँ लगानीमा मर्चवारमा जडान गरिएको ‘वाटर एटिएम’ (भेन्डिङ मेसिन) कतै संचालनमै आएको छैन भने धेरै स्थानमा उद्घाटनको केही दिनमै बन्द हुन पुगेको छ। इलाका प्रशासन कार्यालय, प्रभु बैंक, विद्युत् प्राधिकरण र आँखा अस्पतालमा आउने हजारौँ सेवाग्राहीलाई लक्षित गरी मझगावाँस्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको परिसरमा जडान गरिएको ‘वाटर एटिएम’ दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयहरुले…
भैरहवा । भैरहवाको साई ग्लोबल एकेडेमीले पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित भइसकेका पूर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष दिनेश मान अमात्यले संस्थाको थप विकास र गुणस्तरीय शिक्षाका लागि पूर्वविद्यार्थीहरुको रचनात्मक सुझाव आवश्यक रहेको बताए। उनले साई ग्लोबलको स्थापना र विकास यात्राबारे चर्चा गर्दै पूर्वविद्यार्थीहरुको सक्रिय उपस्थितिले उत्साहित बनाएको उल्लेख गरे । विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले साई ग्लोबलबाट अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा सफल भएको बताउँदै संस्थाप्रतिको उनीहरुको लगाव नै विद्यालयको ठूलो उपलब्धि भएको धारणा राखे। उनले साई ग्लोबल अनुशासित र गुणस्तरीय…
भैरहवा, २९ वैशाख। रुपन्देही प्रहरीले जिल्लाको ७ वटा स्थानीय तहका विभिन्न स्थानबाट भन्सार छलेर भित्राइएको सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छलेर ल्याइएको २३ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ । उक्त मूल्य बराबरको सामग्रीहरु सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, सियारी, मायादेवी, रोहिणी, गैडहवा र कोटहीमाई गाउँपालिकाको विभिन्न स्थानबाट बरामद भएको हो । तस्करी गरेर भित्राइएको कपडा, कुखुरा, कस्मेटिक सामग्री, खाद्यन्न लगायतका सामग्री नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय तथा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।