


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
धेरै बिरामी छाती दुख्यो भने मुटुको समस्या हो कि भनेर मुटु रोग विशेषज्ञकहाँ पुग्छन् । केही छातीरोग विशेषज्ञको पनि पुग्छन् । त्यहाँ पुगेर सम्पूर्ण जाँच गर्दा पनि समस्या समाधान नभएपछि अन्तिममा पेट तथा कलेजोरोग विशेषज्ञकहाँ आइपुग्छन् । सबै छाती दुखाइ मुटुरोग तथा छातीरोगले मात्र हुँदैन । केही छाती दुखाइ ग्यास्ट्राइटिसको कारणले पनि हुन्छ । त्यसैले यी दुईको लक्षणलाई थाहा पाउन सकियो भने समस्याको समाधान छिटो हुन्छ । छाती दुखाइ मुटुकै समस्या हो कि ग्यास्ट्राइटिस कसरी छुट्याउने ? ग्यास्ट्राइटिसको दुखाइ र मुटुको दुखाइ कहिलेकाहीं छुट्याउन गाह्रो हुन्छ । कहिलेकाहीं ईसीजी नगरी केको दुखाइ हो छुट्याउन गाह्रो हुन्छ । प्रायः जस्तो मुटुको…
काठमाडौं, १५ साउन । नेपालमा मोबाइल नेटवर्क सेवाप्रदायक कम्पनी एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिबद्धता अनुसार आफ्नो ‘बिज सधैं अन’का ग्राहकहरूलाई उच्च गुणस्तरको कन्टेन्टहरू प्रदान गर्ने उद्देश्यसहित लायन्स्गेट प्लेसँग सहकार्य गरेको छ । लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । उक्त प्लेटफर्म दर्शकहरूलाई बाँधी राख्ने खालका फ्रेन्चाइजी, प्रिमियर कन्टेन्टहरूको ठूलो लाइब्रेरी रहेको हो। बिज सधैं अनको सदस्यताका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामग्रीहरूमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि र ग्राहक संलग्नता तथा सन्तुष्टि बढाउने उद्देश्यले लायन्स्गेट प्लेसँग सहकार्य गरिएको एनसेलले जनाएको छ । एनसेलका अनुसार ‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकहरूको…
भैरहवा, १५ साउन । रुपन्देही प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–६ का मोइल भन्ने मुवारक मिर मुसलमान रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका मुसलमानलाई सर्वोच्च अदालतले ०६६ फागुन ११ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै दश वर्ष कैद सजाएको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई प्रहरी चौकी पिप्रहवाबाट खटिएको टोलीले सोमबार पक्राउ गरी जिल्ला अदालतमा रुपन्देहीमा कैद भुक्तानका लागि पेश गरीएको उनले बताइन् ।
भैरहवा, १४ साउन । पश्चिम नवलपरासीमा एक युवकको हत्या भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका-५ हर्दीका २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्यकुमार बढईको आइतबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । गएराति बढई आफ्नो घरमा सुतेको अवस्थामा अज्ञात समूहले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रराम्भिक अनुसन्धानमा पाइएको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिए । उक्त समूह घटना घटाएर फरार भएकाले खोजी भइरहेको उनले बताए । घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा पठाइएको नवलपरासी प्रहरीले जनाएको छ ।
काठमाण्डौँ, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डौँमा पार्टीका जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । अगामी साउन १७ र १८ गते हुने भेलाको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले साउन १७ गते धुम्बाराहीमा भेलाको उदघाटन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङ्ले बताए । उनका अनुसार भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समिक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिनेछ । त्यस्तै पार्टीको केन्द्रीय…
पोखरा, १४ साउन । पोखरामा सवारी दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ र २८ जना घाइते भएका छन्। मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कूलको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र ५ वर्षीय प्रिन्स विक रहेको कास्की प्रहरीले जनाएको छ । मृतक दुवै आमा-छोरा हुन् । दुवै जनाकाे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार बिहान पोखरा महानगरपालिका-२१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको स्कूल बस दुर्घटना भएको हो। उक्त बस सडकबाट ५० मिटर तल खसेको थियो। घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पश्चिमाञ्चल…
काठमाडौं, १४ साउन । सोमबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख ४५ हजार ७ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सुनसँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार दिन प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवाको विषयमा प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्म्कि समयमा लिएर बोल्दै सांसद ढकालले डीआईजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् । उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण ? के उद्देश्यका लागी सरुवा गरिएको हो । यसको गृहमन्त्रीले उत्तर दिनुपर्ने हुन्छ ।’गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरिएको छ भने प्रतिष्ठानका डीआईजी राजन…
भैरहवा, १३ साउन । लुम्बिनी प्रदेशमा सरकारका लागि मन्त्री चयन विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ‘विवाद’ देखिएको छ । जसकारण हालसम्म पनि पार्टीले मन्त्रीको टुंगो लगाउन सकेको छैन । साना दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयको भागबन्डा समेत रोकेर राखेका छन् । सोहीकारण प्रदेशमा काँग्रेस र एमालेका चार/चार जना मन्त्री नियुक्त भएपनि उनीहरुलाई विना विभागीयकै रुपमा राखिएको छ । लोसपा लगायत साना दलले मन्त्रीको टुंगो नलगाउँदा मन्त्रालयको भागबन्डा र मन्त्रिपरिषद्ले पूर्णता नपाएको प्रदेशका राजनीतिक क्याम्पहरुमा चर्चा छ । मुख्यमन्त्री आचार्यले साना दलका लागि सरकारमा मन्त्रीको तीन सिट खाली राखेका छन् । सरकारलाई लोसपा, अशोक राई…
भैरहवा, १२ साउन । नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीको सरुवा भएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ब्युरोमा ल्याइएको छ । डीआईजी केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरेका थिए र बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंका गरिएको थियो । तत्कालिन गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुवँरलाई बाईपास गरेर सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप छ । दुई महिना अघि केसीको विशेष ब्यूरोमा सरुवा भएको थियो ।