


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ९ भदौ । नेकपा एमालेको सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटमा रोक लगाउनका लागि आग्रह गरेकी छिन् ।आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले जग्गा कित्ताकाट नरोकिए अगामी ५–१० वर्षमा खाली जग्गा पाउन कठिन हुने बताइन् । उनले प्रत्येक १०–१० वर्षमा गर्नुपर्ने जग्गाको नापी अहिलेसम्म हुन नसकेको बताउँदै यदि नापी नहुने हो भने अहिलेसम्म जोगाएर राखेका सार्वजनिक जग्गा बचाउन कठिन हुने उल्लेख गरिन् । यस्तै उनले ७७ वटै जिल्लामा सुकुम्वासी समस्या समाधान आयोग बनाउन हतार नगर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरिन् ।उनले भनिन, ‘जहाँ सुकुम्वासीसगँ समबन्धित बढी समस्या छ त्यहाँ…
काठमाडौं, ९ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान ९डीडीसी०लाई थप ६० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार मन्त्रालयद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा किसानहरुको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने बताएका हुन् । मन्त्रालयका अनुसार डीडीसीले किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । किसानलाई दसैं अघि नै भुक्तानी हुने गरी रकम निकासा हुने बताइएको छ । उनले किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको जनाए ।
काठमाडौं, ९ भदौ । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलका लागि नेपालले आफ्नो स्थान सुनिश्चित गरेको छ । आइतबार काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल र भुटानबीच भएको फुटबल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै फाइनल खेलका लागि आफ्नो स्थान सुनिश्चित गरेको हो । त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
महोत्तरी ९ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाअध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेका छन् । जलेश्वर-बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित आइतबार बिहान उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं सन्तुलाल जयसवारले जानकारी दिए । लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा छ । ‘मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ’, उनले भने, ‘तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान भइरहेको छ ।’
कपिलवस्तु, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) को कपिलवस्तुको अध्यक्षमा ईरफान खाँ चयन भएका छन् । शनिवार कपिलवस्तुको जिल्ला कार्यसमिति घोषणा सभामा खाँ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष खाँको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा घोषणा गरिएको छ । समितको सदस्यहरुमा उदयभान यादव, कबुतारा कहार, सहाबुद्दीन मुसलमान, परशुराम यादव, ईन्द्रराम यादव, बृजराज चौधरी, बिजय सिंह चौहान, अब्दुल कलाम खाँ, सुनिता तेली र जगमोहन बरई रहेका छन । यस्तै नसिम पठान, ज्ञानमति भर, नारायण चौधरी, साजन ठाकुर, रिजवान खाँ, बिनय चौबे, झगरु थारु, बिसाल यादव, हेम बहादुर असलमी मगर र बिन्देश्वरी यादव सदस्यमा सर्वसम्मत चयन भएको…
पाल्पा, ८ भदौ । पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी संचालनमा आएको छ । शनिवार दिउँसो ठूला ढुंंगासहितको सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जसकारण सवारी साधन आवगमन रोकिन पुगेको थियो । प्रहरीका अनुसार पहिरो पन्छाएर सडक एकतर्फी खुलेको हो। सुरुङ मार्ग बनाइरहेको ठेकेदार कम्पनीले पहिरो पूर्ण रुपमा हटाउने काम गरिरहेको छ।
भैरहवा, ८ भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ मा रहेको युथ क्लब अफ पडसरीले डेंगु रोगविरुद्ध अभियान संचालन गरेको छ । क्लबले पडसरी स्वास्थ्य चौकीको सहकार्यमा संचालन गरेको अभियान अन्र्तगत गाउँटोलहरुमा पुगेर विभिन्न वस्तुमा जम्मा भएको पानी फाल्ने देखि लिएर सर्वसाधरणलाई डेंगुरोग र त्यसबाट जोगिने उपायहरुबारे जानकारी गराउने गरेको छ । अभियान अन्र्तगत क्लबले शनिवार ओमसतिया- २ को पडसरी, केवटलिया, कर्वलहा, कर्मडाँडा, तेनुहवा, विरनगर, बर्दिहवा र जितपुर गाउँमा मोटरसाइकल र्याली निकालेर सर्वसाधरणहरुलाई डेंगुरोग र त्यसबाट जोगिने उपायहरुबारे जानकारी गराइएको युथ क्लब अफ पडसरीका अध्यक्ष सुरज मिश्राले बताए । ‘अझै पनि सर्वसाधरणहरु डेंगुरोगबाट बच्ने उपायहरुबारे जानकार नहुदाँ समाजकै विकासका लागि स्थापना भएको…
भैरहवा, ८ भदौ । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भित्राइएको आशंकामा ९ लाख बढी मूल्य बराबरको चिनी र कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । शनिवार भन्सार कार्यालयले सशस्त्र प्रहरीको सहकार्यमा एकाबिहानै २ बजेदेखि ५ बजेसम्म चलाएको अपरेशनमा चिनी र कपडा बरामद भएको जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार भैरहवा लुम्बिनी सडकखण्डको रमवापुरबाट ७ लाख २० हजार रुपैयाँ बराबरको दुई सय चालिस बोरा चिनी र दुई लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो । चिनी ढुवानीका लागि प्रयोग गरिएको ग २ ख १२९० नम्बरको ट्रक समेत नियन्त्रणमा लिइएको उनले जनाए । चिनी ट्रकमा लोड गरेर ढुवानी…
पाल्पा, ८ भदौ । पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जसकारण दुवै तर्फ सवारीसाधनको आवगमन रोकिन पुगेको छ । पहिरो हटाउन सुरु गरिएपनि ठूला ढुंगासहित पहिरो खसेकोले केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । स-साना ढुङ्गा खस्ने क्रम जारी रहेको पहिरो हटाउन समस्या भइरहेको बताइएको छ ।
तनहुँ, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारा नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रवार पोखराबाट काठमाण्डौँतर्फ जादै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो । चालक दलबाहेक बसमा सवार सबै भारतको महाराष्ट्र प्रदेशका हुन् । उनीहरु नेपाल भ्रमणका लागि बसको आठ दिनको भन्सार गराएर भदौ ४ गते भैरहवा नाका हुदै मुलुकमा प्रवेश गरेका थिए । बसमा ४३ जना सवार थिए । ४३ जनामध्ये २७ जनाको मृत्यु भएको र १६ जना गम्भिर घाइतेहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए । नेपालस्थित भारतीय दूतावासले शुक्रवार…