Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,९ जेठ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अरोपमा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेशका २४ वर्षीय छोटुलाल जांगिड र सोही प्रदेशका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, ललितपुर महानगपालिका–१४ खुमलटारको एक बालिकालाई फकाएर दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

लुम्बिनी,९ जेठ। बेलायतकी इन्डो–प्यासिफिक तथा इक्वालिटिज् उपमन्त्री सीमा मल्होत्राले लुम्बिनी सम्पूर्ण मानवजातिका लागि प्रेरणा, शान्ति र सद्भावको केन्द्र भएको बताएकी छन् । लुम्बिनी भ्रमणका क्रममा उनले बेलायत सरकार, युनेस्को र दुर्हाम विश्वविद्यालयको सहयोगमा लुम्बिनी तथा कपिलवस्तु क्षेत्रमा गरिएको उत्खननबाट महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्त्विक तथ्य उजागर भएको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताइन्। लुम्बिनी भ्रमणपछि उपमन्त्री मल्होत्राले प्राचीन कपिलवस्तु तिलौराकोटस्थित राजा शुद्धोधनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको ऐतिहासिक स्थलको अवलोकन गरेकी थिइन् । लुम्बिनी र कपिलवस्तुमा भएको वैज्ञानिक अध्ययन, अनुसन्धानबारेमा उनलाई त्यहाँ जानकारी गराइएको थियो। त्यस्तै शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उपमन्त्री मल्होत्राबीच…

Read More

भैरहवा, जेठ ९ । भैरहवामा भएको ‘पञ्चकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले उचालेको छ। शनिबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले उपाधि उचालेको हो । उपाधीसँगै वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेतामा लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्याे । टस जितेर ब्याटिङमा रोजेको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ८२ रन बनाउन सफल भयो। जसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रन्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष…

Read More

दाङ, ७ जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधारमार्फत अर्थतन्त्र चलायमान बनाइने बताए। उनले युवा लक्षित सीप विकास, स्वरोजगार तथा स्टार्टअप कार्यक्रममार्फत प्रदेशभित्रै रोजगारी सिर्जना गरिने जानकारी दिए। सरकारले डिजिटल शासन प्रणाली विस्तार, चालु खर्च नियन्त्रण, अधुरा आयोजनालाई प्राथमिकता तथा स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक सशक्तीकरणका कार्यक्रमलाई बजेटमा समेट्ने जनाएको छ। बुद्ध जन्मस्थल लुम्बिनीलाई आरोग्य तथा धार्मिक पर्यटन केन्द्रका रुपमा विकास…

Read More

भैरहवा, ७ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग सुझाव माग गरेको छ। नगरपालिकाले बिहीवार सूचना जारी गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, पूर्वाधार विकास लगायत सम्बन्धित विषयमा आगामी जेठ १४ गतेभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। हेर्नुहोस् सूचना :

Read More

भैरहवा,७ जेठ । रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन आईसीपी (एकीकृत चेक पोस्ट) सम्म रेल–वे कनेक्टिभिटी विस्तारमा पहल गर्न प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले सरकारसँग माग गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अग्रवालले रेल–वे कनेक्सन हुँदा व्यापार सहजीकरण हुनुका साथै ढुवानी लागत समेत घट्ने जनाइन् । ‘नाकामा निर्धाणाधीन आईसीपी सम्पन्न पछि नेपाल–भारत व्यापार, आवतजावत सहज र भन्सार व्यवस्थापन आधुनिक हुने अपेक्षा गरिएको छ । तर, आईसीपीसम्म रेल–वे कनेक्टिभिटीको पहल हुन सकेको छैन । बेलहियासम्म रेल–वे कनेक्टिभिटीले मालसामान ढुवानी सहज, छिटो र कम खर्चिलो बनाउनेछ भने नेपालका उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्रलाई पनि…

Read More

भैरहवा, ७ जेठ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने सम्भावना धेरै रहेको जनाएको छ । लुम्बिनी प्रदेशका साथै देशभर यस मनसुनको अवधिमा कम वर्षा भइ लामो समयसम्म खडेरी लाग्दा एक्कासी वर्षा भएर बाढी पहिरो आउने जोखिम पनि कायमै रहेको विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताइन् । उनका अनुसार, मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढि प्रभावकारी हुँदै गएकोले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ। यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेस प्रदेशका पूर्वी भू-भाग…

Read More

भारत । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले एक मुद्दाको सुनुवाइका क्रममा गरेको विवादास्पद टिप्पणीका कारण त्यहाँ ‘कक्रोच जनता पार्टी’ ट्रेडिङमा छ। प्रधानन्यायाधीशले देशका बेरोजगार युवाको तुलना कथित रुपमा ‘कक्रोच’ सँग गरेको भन्दै विरोधमा त्यहाँ ‘कक्रोच जनता पार्टी’ गठन गरिएको छ। शुक्रबार, प्रधानन्यायाधीश सूर्य कान्तले खुला अदालतमा सुनुवाइका क्रममा ‘परजीवीहरू’ ले प्रणालीमाथि आक्रमण गरिरहेको बताएका थिए र युवाहरूलाई ‘रोजगारी नपाउने र कुनै पेसामा स्थान नभएका’ कक्रोचसँग तुलना गरेका छन्। उनले भनेका छन्, ‘केही युवाहरू कक्रोच जस्तै छन्, जसले न त रोजगारी पाउँछन् न त कुनै पेसामा नै स्थान पाउँछन्। उनीहरूमध्ये कोही मिडियाकर्मी, कोही सामाजिक सञ्जाल प्रयोगकर्ता, कोही सूचनाको हक सम्बन्धी…

Read More

भैरहवा, ७ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराको सिमरामा रहेको डाबर नेपाल प्रालिद्वारा उत्पादित मह (हनी) गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनको क्रममा उद्योगद्वारा उत्पादित महको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको विभागले जनाएको छ विभागका अनुसार, उद्योगबाट उत्पादित ५०० ग्रामको (ब्याच नं. एनबी००४७७) ‘हनी’ परीक्षणको क्रममा न्यूनस्तरको पाइएको छ । उत्पादित मह न्यूनस्तरको पाइएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउनका साथै बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। त्यस्तै केही दिन अघि अनुगमनको क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा…

Read More

भैरहवा,६ जेठ। रुपन्देहीको एक जना व्यक्तिलाई काठमाडौंमा कुटपिट गरी ज्यानमार्ने धम्की दिएर फिरौती असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषा मिथिला नगरपालिका–८ का ४३ वर्षीय रविन कोइराला रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक गरेको घटना विवरण अनुसार, पक्राउ परेकाहरुले सोमबार काठमाडौंको पिंगलास्थानस्थित डिजिटल स्टुडियोमा संचालन गर्दै आएका रुपन्देहीको सियारी गाउँपालिका–५ का ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गरी पसलमा रहेको २ लाख रुपैयाँ लुटपाट गरेका थिए । रकमसँगै न्यौपानेलाई बागमती करिडोरस्थित निलोपुलमा लगेर आफन्तसँग फिरौती माग्दै नदिए ज्यान मार्ने धम्की दिएर थप ५०…

Read More