


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१८जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत गएका हुन्। रास्वपाका प्रवक्ता मनीष झाका अनुसार, भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरुसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवं सांसद विपिन आचार्य, सचिवालय सदस्य एवं सांसद् दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्। भारत भ्रमणका क्रममा टोलीले त्यहाँ बसोबास गरिरहेका नेपाली समुदायका सदस्य तथा पार्टीका शुभेच्छुकहरुसँग पनि…
काठमाडौं,१७ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्। उनले आफु प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको दाबी गरे। आज बसेको संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’उनले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’ नेपालका प्रधानमन्त्रीले संसद्मा आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएको सम्भवतः पहिलोपटक हो।
काठमाडौं, १७ जेठ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन आफू तयार रहेको बताएका छन्। बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीअनुसार सदनका कामकारबाही अघि बढाइरहेका बेला प्रधानमन्त्री शाहले बोल्नका लागि हात उठाएका थिए। प्रारम्भमा सभामुखले उनलाई बोल्ने अनुमति नदिए पनि केही समयपछि प्रधानमन्त्रीले बोल्न इच्छा व्यक्त गरेको जानकारी गराउँदै रोष्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए। सभामुख अर्यालले,‘प्रधानमन्त्रीज्यूले हात उठाउनुभएकोले उहाँलाई रोष्ट्रम प्रयोग गर्न अनुमति दिएको छु,’ भन्दै बोल्न समय उपलब्ध गराएका थिए। रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले लामो समयदेखि सांसदहरुले लामो समयदेखि प्रश्न सोध्न चाहेको उल्लेख गर्दै त्यसका लागि समय उपलब्ध गराउन आफू तयार रहेको…
काठमाडौं, १७ जेठ। प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ। सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी कसुरमा उनलाई थाइल्यान्डबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो। सोही आधारमा उनलाई थाइल्यान्डमा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल ल्याइएको हो। अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा उनीसहित १० जना प्रतिवादी रहेका छन्। तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै ‘ब्ल्याकमेल’ गरेको आरोप छ। पीडित…
डडेल्धुरा, १७ जेठ। सशस्त्र प्रहरीका एक जना जवानसहित दुई जना दुई दिनदेखि बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना नातामा मामा(भान्जा पर्ने बताइएको छ। महाकाली नदी किनारमा उनीहरुले प्रयोग गरेको ट्युब फेला परेको र उनीहरुको खोजी भइरहेको डीएसपी भएको बरुणबहादुर सिंहले बताए ।
भारत (गोरखपुर) ,१७ जेठ। हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको अवसरमा भारतको गोरखपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल र भारतका सञ्चारकर्मीहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। मान्यता प्राप्त प्रेस क्लब, गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरुप, खोज पत्रकारिता, सीमापार सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई सञ्चार माध्यममार्फत थप सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा आजतक टेलिभिजनका प्रतिनिधि गजेन्द्र त्रिपाठीले नेपाल र भारतबीच रहेका साझा समस्या, सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औंल्याए। पत्रकारिताले दुई…
भैरहवा,१७ जेठ। रुपन्देही प्रहरीले अपहरण तथा ज्यान मार्ने उद्योगसम्बन्धी घटनामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार, लुम्बिनी रोडमा गत जेठ १० गते मोटरसाइकल सवारमा २ जनाले कोटहीमाई गाउँपालिका-३ का १९ वर्षीय इन्द्रकेश यादवको कपडा समातेर घिसारिरहेको सीसीटीभी फुटेजसहितको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा घटनामा संग्लन रहेका व्यक्तिहरुमध्ये मायादेवी गाउँपालिका-६ का २० वर्षीय अभिषेक पासीलाई गत जेठ ११ गते पक्राउ गरिएको र अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ परेका व्यक्ति उपर अपहरण तथा ज्यना मार्ने उद्योग मुद्दामा…
काठमाडौं,१७ जेठ । नेपालको स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। सरकारले सुनको भन्सार दर बढाएपछि आइतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको हो। सुनको भन्सार महशुल दर १० प्रतिशत रहेकोमा सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमा बढाएर २० प्रतिशत पुर्याएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनप्रति तोला ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार ५ हजार ४० रुपैयाँ प्रतितोला चाँदी आज ५ हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
भैरहवा, १६ जेठ । भारतमा अलपत्र परेका ४ सय ५३ जना नेपाली नागरिकहरुको उद्दार गरेर भैरहवा ल्याइएको छ। रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर जिल्लामा अलपत्रमा परेका उनीहलाई भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीको समन्वयमा उद्दार गरी शनिवार भैरहवा ल्याइएको प्रहरीले जनाएको छ । उद्दार गरिएका ल्याइएका नेपाली नागरिकहरु विभिन्न जिल्लाका हुन् । प्रहरीका अनुसार, उद्दार गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका उनीहरुलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ । नेटवर्किंङ व्यवसायमा राम्रो आम्दानीको प्रलोभनमा उनीहरु भारत पुगेका थिए ।
काठमाडौं,१३ जेठ। राष्ट्रिय मानवअधिकार आयोगले ०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न सिफारिस गरेको छ। ‘गत २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३ जेठ १२ गतेको बैठकले निर्णयरसिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ,’ आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कानुनी दायित्व पूरा नगरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ…