


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१३ फागुन । नेपालको स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १४ हजार ८०० कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला सोही मूल्यमा खरिदबिक्री भएको थियो। सुनको मूल्य स्थिर रहे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार १२० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
भैरहवा, १३ फागुन। प्रतिनिधिसभा सभा सदस्यको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकास आम नागरिकले अपेक्षा राखेको बताएका छन् । उनले नागरिकका उक्त अपेक्षा पूरा गर्न आफूले डटेर नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे। एमाले रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगर नगरपालिका–६ को निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै घिमिरेले यो क्षेत्रसँग जोडिएका समग्र कामहरुको नेतृत्व गर्ने बताए। यस क्षेत्रका नागरिकले भोगेका तमामा समस्या संसद्मा लगेर मुखारित गर्ने कुराको नेतृत्व गर्ने उनको भनाई छ। नेकपा (एमाले) ले लिएको लक्ष्य, नीतिले देशको विकास हुने भएकाले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई…
लुम्बिनी, १३ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तौफिक अहमद खानले महिला, दलित, मधेसी र अल्पसंख्यक समुदायलाई पूर्णरुपमा समावेश गर्दै समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनका अनुसार, प्रत्येक नागरिकले राज्यको सेवा पहुँच गर्न पाउनु र आफ्नो पहिचानप्रति गर्व गर्नु नै विकासको वास्तविक मापदण्ड हो। ‘रुपन्देही–५ को विकास तब मात्र पूर्ण हुन्छ जब यहाँका महिला, दलित र अल्पसंख्यकले गर्वका साथ ‘यो मेरो पनि सरकार हो’ भन्न सक्छन्’,मतदाता भेटघाटका क्रममा उनले भने,‘जात, धर्म र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गर्नु पनि मेरो लक्ष्य हो।’ उनका अनुसार, सामाजिक न्याय र समावेशी उत्थान…
काठमाडौं,१३ फागुन। भारतले ‘केरल’ राज्यको नाम फेरिएको छ । भारतको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले केरलको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति गरेको छ। निर्णयसँगै अब यो राज्यले आफ्नो भाषा र सांस्कृतिक पहिचानलाई आधिकारिक रुपमा पुनः स्थापित गर्नेछ। केरल विधानसभाले नाम परिवर्तन गर्नका लागि पहिलो पटक अगस्ट २०२३ मा सर्वसम्मतिले राज्यको नाम ‘केरलम’ राख्न केन्द्र सरकारलाई आग्रह गर्दै प्रस्ताव पारित गरेको थियो। तर, केही प्राविधिक र प्रक्रियागत त्रुटिका कारण केन्द्र सरकारले यसलाई फिर्ता पठाएको थियो। विधानसभामा नाम परिवर्तनका लागि दोस्रो पटक ल्याइएको प्रस्ताव सबै दलको समर्थनमा संविधानको पहिलो अनुसूचीमा संशोधन गर्ने गरी स्पष्ट प्रस्ताव केन्द्रमा पठाइएको थियो। सोही प्रस्तावको आधारमा केन्द्रीय…
भैरहवा,१२ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा विकासको परम्परागत ढाँचा कि आधुनिक रुपान्तरण भन्ने बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले अघि सारेका योजनाहरु र घरदैलो अभियानले यो बहसलाई थप तार्किक र आशावादी बनाएको पार्टीले जनाएको छ । गत फागुन ४ गतेदेखि सुरु भएको उनको चुनावी अभियान मंगलबार मायादेवी गाउँपालिका–८ तथा तिलोत्तमा नगरपालिका १४ र १५ मा पुगेको छ। पार्टीका अनुसार, क्षेत्रका ३६ वडामध्ये २९ वडामा पुगेर उनले आफ्नो एजेन्डा र समृद्धिको खाका मतदातामाझ प्रस्तुत गरिसकेका छन्। उनी मत माग्न मात्र नभई क्षेत्रको भूगोल, सम्भावना र समस्याको अध्ययनसहित स्पष्ट ‘ब्लुप्रिन्ट’ लिएर जनताको आँगनमा…
काठमाडौं,१२ फागुन । निर्वाचन आयोगले शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन कडा निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले यस्तो निर्देशन दिएको हो। आयोगद्वारा जारी विज्ञप्तिमा केही प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचार–प्रसारमा सक्रिय रहेको भन्ने उजुरी प्राप्त भएको उल्लेख छ। यस्ता गतिविधि कानुन विपरीत रहेको जनाउँदै आयोगले आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ। शिक्षा ऐन, २०२८ को दफा १६ ङ उपदफा (५) को खण्ड (छ) अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ। साथै, निर्वाचन आचारसंहिताका…
धकधई, १२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा नेपालका उम्मेदवार मोहम्मद असलम खाँले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । रुपन्देही–१ अन्तर्गतका विभिन्न गाउँ तथा टोलहरुमा पुगेर उम्मेदवार खाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। घरदैलो कार्यक्रमका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनका अनुसार स्थानीय समस्या पहिचान गरेर समाधानमुखी योजना अघि बढाउने मुख्य लक्ष्य रहेको छ। ‘जनताको चाहना र आवश्यकता बुझेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले घरदैलोका क्रममा भने। घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
बुटवल,१२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-२ बाट नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई जेनजी २.० ले समर्थन गर्ने घोषणा गरेको छ। यसअघि जेनजी २.० ले सर्लाहीमा कांग्रेसका सभापति एवं उम्मेदवार गगनकुमार थापा, चितवनमा नेकपाको उम्मेदवार रेणु दाहाललाई समर्थनको घोषणा गरेको थियो । देशव्यापी युवाहरुको संगठन बनाएको समूहले उम्मेदारको क्षमताको आधारमा विभिन्न जिल्लामा विभिन्न दलका उम्मेदारहरुलाई साथ दिने रणनीतिअनुसार रुपन्देहीमा पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई समर्थनको घोषणा गरेको हो । बुटवलमा पत्रकार सम्मेलन गरेर समूहका प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवाहरुको पृष्ठभूमि र क्षमताको आधारमा समर्थन र सहयोग गर्ने नीति अनुसार रुपन्देही-२ मा विष्णु पौडेललाई समर्थन गरेको बताए । रुपन्देहीमा…
काठमाडौं,१२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, मतदान सकिए पश्चात मतपेटिका सङ्कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ। मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने योजना रहेको उनले बताए । समानुपातिकतर्फको मतपरिणाम एकदुई दिन लाग्न सक्ने बताइएको छ। आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको र हाल कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जनाएको छ।
लुम्बिनी,१२ फागुन। रुपन्देही–५ का युवाहरुलाई वैदेशिक रोजगारीको बाध्यता हटाउँदै आफ्नै माटोमा उद्यम सुरु गर्न प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले योजनाहरु बनाइएको बताएका छन्। उनका अनुसार, आगामी पाँच वर्षभित्र कम्तीमा पाँच हजार युवालाई प्रत्यक्ष स्वरोजगारमा जोड्ने लक्ष्य राखिएको छ। उद्यमशीलता र स्वरोजगार गुरुयोजना अन्र्तगत सक्षम युवा, स्वावलम्बी क्षेत्र बनाइने उनले बताए । उनले निर्वाचित भएमा क्षेत्रलाई जागिर खोज्ने नभई जागिर दिनेको क्षेत्र बनाउने भन्दै युवाहरु रोजगारी पाउनुका साथै आफ्नै व्यवसाय सुरु गर्न सकिने योजना बनाइएको बताए । ‘क्षेत्रका युवाहरु रोजगारीको लागि खाडी मुलुक जानुपर्ने बाध्यात्मक अवस्था छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको क्षेत्रका…